Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

मधेसी महिलाको सहभागिता स्थानीयस्तरबाटै सुरु गर्नुपर्छ

\"NepalKathmanduDistrictmap\"काठमाडौं। विभिन्न राजनीतिक दलका महिला नेत्रीहरूले नेतृत्व विकाससँगै राज्यका हरेक संरचनामा मधेसी महिलाको समान सहभागिता हुनुपर्ने माग गरेका छन् । सङ्कल्प–शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जालद्वारा सोमबार काठमाडौ आयोजित ‘मधेसी महिलाका सवालमा राष्ट्रिय परामर्श गोष्ठीमा महिला नेत्रीहरूले मेधसी महिलाको नीति निर्माण तहमा सहभागिताका लागि नीतिगत व्यवस्थासँगै त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीकी कार्य सम्पादन समिति सदस्य प्रतिभा राणाले मधेसी महिलाको सवालमा संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्दै थप अधिकारका निम्ति अगाडि बढ््नुपर्नेमा जोड दिए । नेकपा (एमाले)की नेत्री निरुदेवी पालले संविधान सबैभन्दा बढी महिला, मधेसी, दलित, मुस्लिम तथा उत्पीडित समुदायलाई आवश्यता भएको हुँदा कार्यान्वयनका लागि त्यो समुदाय नै सबैभन्दा बढी सक्रिय रूपमा लाग्नुपर्ने बताईन । पूर्व सभासद् करिमा बेगमले लामो समयसम्म तराईका जिल्लामा भएको आन्दोलनका क्रममा सबैभन्दा बढी महिलामाथि हिंसा भएको भन्दै गुनासो गरीन् । सङ्कल्प–शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जालले गरेको एक अध्ययनअनुसार पछिल्लोपटकको मधेस आन्दोलनका क्रममा प्रहरी प्रशासनले महिला आन्दोलनकारीमाथि यौन दुव्र्यवहार भएको पाइएको छ । आन्दोलनका क्रममा तीनजना मधेसी महिलाको मृत्यु भएको थियो । सोही अवसरमा एकीकृत नेकपा (माओवादी) वाइसिएलकी उपाध्यक्ष लीला शर्मा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)की नेत्री प्रमिला गच्छदारले नेतृत्व तहमा मधेसी महिलाको सहभागिताका निम्ति स्थानीयस्तरबाटै सुरु गर्नुपर्ने धारणा राखिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending