Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

दृष्टिविहीनलाई बोल्ने घडी वितरण

\"Talking-Watches-With-Alarm\"पर्वत । जनताधन उच्च माध्यमिक विद्यालयका शिक्षक विद्यार्थीलाई बोल्ने घडी वितरण गरिएको छ । बाग्लुङ्गको नारायणस्थान गाविसमा अवस्थित उच्च माध्यमिक विद्यालयका दृष्टिविहिन शिक्षक विद्यार्थीलाई आईतबार रोट्रयाक्ट क्लव अफ पर्वतले बोल्ने घडी (टल्किङ्ग वाच) वितरण गरेको हो ।

दृष्टिविहिनलाई हस्तान्तरण गरिएको घडीले बटन दबाएमा आवाज मार्फत समय बताउने गर्दछ । विद्यालयका तीन शिक्षक र २३ जना विद्यार्थीलाई यो घडी वितरण गरिएको हो ।

रोट्रयाक्ट क्लव अफ पर्वतले सप्ताहव्यापी कार्यक्रमको दोश्रो दिन विद्यालयमै पुगेर घडी वितरण गरेको हो । विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै क्लवले दृष्टिविहिनलाई २४ सै घण्टाको समयबारे जानकारी दिनका लागि घडी वितरण गरिएको बताएको छ ।

घडी वितरण पश्चात बोल्दै क्लवका अध्यक्ष सन्तोषराज पौडेलले क्लवको साप्ताहिक कार्यक्रममा दृष्टिविहिनलाई समयको जानकार बनाएर फरक कार्यक्रम गरेको बताए । आगामी वर्षका कार्यक्रमहरुमा पनि फरक किसिमका दृष्टिविहिनलाई आवश्यक सहयोग उपलब्ध गराउने उनले बताए ।

घडी पाएपछि खुसी भएका कक्षा नौ का दृष्टिविहिन छात्र दिपक अधिकारीले क्लवले अन्धाहरुलाई पनि घण्टैपिच्छे समयको अवगत गराउने सामाग्री उपलब्ध गराएकोमा क्लवको प्रगतिको कामना गर्दै धन्यवाद ज्ञापन गरे ।

दृष्टिविहिनका लागि बाग्लुङ्गकै नमुना उक्त विद्यालयमा हाल स्रोत कक्षा देखि १० कक्षासम्म २३ जना विद्यार्थीले अध्ययन गर्दै आईरहेका छन् । उनीहरुलाई अस्थायी एक र राहतका दुई शिक्षकले अध्यापन गराउँदै आईरहेका छन् ।

विद्यालयमा बाग्लुङ्ग र पर्वतका अलावा गोरखा जिल्लाका विद्यार्थीले समेत अध्ययन गर्दै आईरहेको दृष्टिविहिन शिक्षक विवेक क्षेत्रीले बताए ।

विद्यालयमा आँखा नदेख्ने विद्यार्थीलाई सुरुमा दृष्टिविहीन शिक्षकले ६ महिनादेखि एक वर्षसम्म ब्रेललिपी पढ्न र लेख्न सिकाउँछन् । ब्रेललिपि सिकेपछि दृष्टिविहीनलाई अन्य विद्यार्थीसँगै राखेर पढ्ने व्यवस्था विद्यालयले मिलाएको छ । दृष्टिविहीनले स्टाइलस, स्लेट, थम्पिनजस्ता कलमले कागजमा लेख्ने गर्छन् ।

आवासीय सुविधासहितको यो विद्यालयमा दृष्टिविहीनलाई निःशुल्क अध्यापन गराईने विद्यालयले जनाएको छ । चार जना दृष्टिविहिन विद्यार्थीले यस वर्ष एसएलसी परिक्षा दिनेछन् ।

क्लवले वितरण गरेको बोल्ने घडी पर्वत सदरमुकाम कुश्मा स्थित नमुना अङ्ग्रेजी आवासीय उच्च माध्यमिक विद्यालयले सौजन्य स्वरुप उपलब्ध गराएको हो ।

– विशन क्षेत्री, पर्वत 

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending