Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

सुगौली सन्धि रद्द गरेर नेपालले गुमेको भूमी फिर्ता पाउनुपर्छ -उपराष्ट्रपति पुन

\"uparastapani-Pun\"काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र इष्टइन्डिया कम्पनी बीचको १८१६ मा भएको सुगौली सन्धि रद्द गर्नुपर्ने बताएका छन् ।

उनले सुगौली सन्धी रद्ध गरेर नेपालले आफ्नो गुमेको भू्भाग समेत फिर्ता लिनुपर्ने बताए । यस्तै उनले भारत र बेलायतमा नेपाली सेना भर्ती गर्ने क्रम पनि रोकिनुपर्ने बताए ।

भारतीय उपराष्ट्रपतिले ब्रुनाईको सुरक्षार्थ भारतीय गोर्खा सैनिक तैनाथ गर्न गरेको प्रस्तावले नेपालको स्वाभिमान र प्रतिष्ठामा ठेस पुगेको भन्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

मोर्चाले बुझाएको ज्ञापनपत्रमा भारतीय उपराष्ट्रपतिको प्रस्तावलाई रोक्न कूटनीतिक पहल गर्न पनि पुनलाई आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझेपछि उपराष्ट्रपति पुनले सुगौली सन्धि र गोर्खा भर्ति अभिन्न रुपमा जोडिएको भन्दै दुवै नेपालका लागि हितकर नभएको धारणा राखे ।

उनले भने, ‘म पनि तपाईंहरु जस्तै ग्रेटर नेपालको पक्षमा छु । हिजो अंग्रेजसँगको युद्धपछि सुगौली सन्धिमार्फत हामीले आफ्नो ठूलो भुभाग गुमायौं । राणाहरुको कमजोरीका कारण गुमेका भूभाग फिर्ता लिन चुक्यौं । यसबारे आजका दिनमा कुटनीतिक तवरबाट के(कस्ता कदम चाल्न सकिन्छ, हामीले चाल्नुपर्छ ।’

नेपाल र भारतबीच भएको सन्धि सम्झौताको पुनरावलोकनका लागि प्रबुद्ध व्यक्तिहरुको समूह गठन भएको उल्लेख गर्दै उनले १९५० को विभेदकारी सन्धि पुनरावलोकन गर्न समूहलाई सचेत बनाउनुपर्ने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending