Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

सार्वजनिक पद धारण गर्न नमिल्ने खुमबहादुर कांग्रेसको ‘लोकप्रिय’

\"congresh_khum काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का अहिले पार्टीका सबैभन्दा बढी लोकप्रिय नेता बन्न पुगेका छन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका खड्काले सबैभन्दा बढी मत प्राप्त गरे । २०४८ सालको संसदीय निर्वाचनबाट निर्वाचित भएका खड्का कांग्रेसका निकै शक्तिशाली नेतामा पनि पर्दछन् । पटक पटक मन्त्री भएका खड्का राजनीतिक रुपमा जति शक्तिशाली छन्, नैतिक हिसाबले भने खराब ठहरिएका ब्यक्ति हुन् । खड्कालाई सर्वोच्च अदालतबाट भ्रष्टाचार ठहर भई एक वर्ष कैद सजायँसमेत भुक्तान गरेर आएका ब्यक्ति हुन् । उनलाई भ्रष्टाचार ठहर गर्दै डेढ वर्षको कैद सजायँ तथा ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ १३ पैसा जरिवाना तथा स्रोत पुष्टि हुन नसकेको उक्त सम्पत्ति र दफा ४७ वमोजिम सोबाट बढे बढाएको सम्पत्ति समेत जफत हुने फैसला सुनाइएको थियो । उनी समयमा हाजिर हुन आएको भन्दै अदालतले ६ महिनाको जेल सजाय छुट गरिदिएको थियो । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खुमबहादुर खड्कालाई भ्रष्टाचार ठहर गरेको थियो । तिनै न्यायाधीस श्रेष्ठ अहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीस छन् । यस्तो थियो सर्वोच्चको फैसला प्रतिवादी तथा निजको परिवारका सदस्यका नाममा रहेका सम्पत्तिमध्ये प्रतिवादी खुमबहादुर खडकाका नाममा दर्ता रहेको बा.२.च.९५५५, खरीद मूल्य रु.२४,५०,०००। को मित्सुविसी प्राडो गाडी, आरोपपत्रको तालिका नं. ८ मा उल्लिखित तत्कालीन मूल्य रु.३,७५,१३५।११ बराबरको ३३ तोला सुन र २.९३ किलो चाँदी, प्रतिबादी शीला शर्मा खडकाको नामको ल.पु.ल.पु.उ.म.पा. वडा नं.२(क) कि.नं.२४९, क्षे.फ.१–६–१–१ लिखत मूल्य रु.२०,९२,०००। को जग्गा, निजैका नामको एभरेष्ट बैंक लि.नयाँ बानेश्वरको खाता नं. ८५८० ‘ए’ खातामा मौज्दात रहेको निक्षेप रु. २५,००,०००।, र निजैका नामको ल.पु.उ.म.पा.वडा नंं.२(क) कि.नं.१०७ को १–६–०–० र कि.नं.१८६ को क्षे.फ.०–१–१–० जग्गामध्ये घरबाहेक रु.२०,५६,९८७।०२ को स्रोत पुष्टि भएको देखिएन सोबाहेक अन्य सम्पत्तिको स्रोत पुष्टि हुने देखिएकोले थप विश्लेषण गरिरहन परेन । ... प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिएको विशेष अदालतको फैसला मिलेको नदेखिँदा सो फैसला उल्टी भई प्रतिवादी खुमबहादुर खडकाले स्रोत पुष्टि गर्न नसकेको रु.९४,७४,१२२।१३ बराबरको चलअचल सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (१) अन्तर्गतको कसूर गरेको ठहर्छ । सो ठहर्नाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) अनुसार विगो र कसूरको मात्रा विचार गरी एक वर्ष कैद र विगो वमोजिम रु.९४,७४,१२२।१३ जरिवाना तथा स्रोत पुष्टि हुन नसकेको उक्त सम्पत्ति र दफा ४७ वमोजिम सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत भई प्रतिवादीले मन्त्री र सांसदको पदमा रहेको समयमा कसूर गरेको भन्ने देखिँदा दफा २४ बमोजिम थप छ महिना कैद हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु । सार्वजनिक पदमा बस्न नमिल्ने सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गरी जेल सजाय भुक्तान गरी मुक्त भएका खड्का नेपालको कानून अनुसार कुनै पनि सार्वजनिक पदमा बस्न पाउँदैनन् । कानूननः खड्का चुनाव उठ्नसमेत पाउँदैनन् भने उनी मन्त्री, प्रधानमन्त्रीजस्ता पदमा समेत बस्न अयोग्य मानिन्छन् । सार्वजनिक पदमा बस्न नमिल्ने खड्कालाई नेपाली कांग्रेसले उच्च सम्मानका साथ केन्द्रीय सदस्यमा मात्र निर्वाचित गर्दैछैन, उनलाई लोकप्रिय मतसमेत प्रदान गरिएको छ । ‘जेल पवित्र घर, कांग्रेस मेरो राजनीति’ सर्वोच्च अदालतद्वारा भ्रष्ट ठहर गरी सदरखोर डिल्लीबजारमा १२ महिनाको कैद सजाय भुक्तान गरेका नेपाली कांग्रेसका लोकप्रिय नेता था पूर्वमन्त्री खुमबहादुर खड्काले जेल जाँदै गर्दा जेल आफ्नो पवित्र घर भएको बताएका थिए । पञ्चायतकालमा पनि आफूले जेलजीवन ब्यतित गरेको उनले स्मरण गरेका थिए । तर उनले राजनीतिक आस्थाका आधारमा भएको जेलजीवन र भ्रष्टाचारको अभियोगको जेलजीवनलाई एकै किसिमले ब्याख्या गरे । जेल जाँदै गर्दा उनले आफू जेलमुक्त भएपछि नेपाली काँग्रेसमै रही सक्रिय राजनीतिमा फर्कने र आफ्नो पक्षमा व्यापक जनमत जुट्ने दाबीसमेत गरेका थिए । जेलमुक्त हुँदै गर्दा कांग्रेस कार्यकर्ताले हाइहाइ मात्र गरेनन्, बीपीको तस्विर अंकित टिसर्ट छापेर बीपीको मानहानी गरिएको समेत कांग्रेसवृत्तमै चर्चा चलेको थियो । उनले भनेजस्तै, जेलबाट छुटेको दिन हाइहाइ मात्र भएन, १३ औं महाधिवेशनबाट कांग्रेसका सबैभन्दा लोकप्रिय ब्यक्ति बन्न पुगेका छन् । जेल जाँदै गर्दा आफूमाथि अन्याय भएको बताएका खड्कालाई कांग्रेसजनले त न्याय दिएका छन् तर भ्रष्टाचार ठहर गरी जेल पठाउने अहिलेका प्रधानन्यायाधीस श्रेष्ठले सजायँसमेत भुक्तान गरेका खड्कालाई पुनः सफाइ देलान् त ? वर्तमान संविधानमा पनि  नैतिक पतन भएको फौजदारी कसुरमा सजायँ पाएको ब्यक्ति कुनै सार्वजनिक पद धारण गर्न अयोग्य ठहरिने उल्लेख छ । कांग्रेसमै फरक धार भ्रष्टाचार ठहर भई सजायँ भोगेका खड्काले आफूलाई पछिल्लो समय कांग्रेसमै पनि फरक धारका रुपमा उभ्याएका छन् । आफ्नै पार्टी नेपाली कांग्रेसले धर्म निरपेक्षताको निर्णय गर्दै गर्दा खड्का सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक भएका थिए । हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक भइ खड्काले हिन्दु राष्ट्रका पक्षका सडकमै कार्यकर्तामात्र उतारेनन्, हिन्दु राष्ट्रका पक्षमा कमल थापासँगै मिलेर कांग्रेसकै निर्णय विरुद्धमा सडकमा उत्रिएका थिए । आफ्नै पार्टीेले हस्ताक्षर गरेको चार दलको १६ बुँदे सहमतिअनुसार तयार भएको संविधानको प्रारम्भिक मस्यौदा संविधानसभामा पारित भएसँगै तत्कालिन सभामुख सुवासचन्द्र नेम्वाङ्गलाई मुलुक पुनः विश्वकै एकमात्र हिन्दू राष्ट्र बन्नुपर्ने भन्दै ज्ञापनपत्रसमेत बुझाएका थिए । हिन्दु राष्ट्र कायम नगरिए चारवटा पार्टी मिलेरमात्र संविधान जारी भयो भने त्यो संविधान टिकाउ नहुने बताएका थिए । कांग्रेस प्रजातन्त्रमा विश्वास गर्ने पार्टी भएकाले हिन्दु राष्ट्र कायम गर्ने नगर्नेबारेमा जनमत संग्रहमा जानुपर्ने उनले मत राख्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending