Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

भुकम्पपछि घटे विद्यार्थी, शिक्षा कार्यालयले कुनै पहल गरेन

\"sindhupalchok_district\"सिन्धुपाल्चोक । बैशाख १२को विनाशाकारी भुकम्प पश्चात तातोपानी गाविस लगाएत जिल्लाका अधिकांश सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या घटेको छ । भुकम्पको कारण सेवा क्षेत्र विस्थापित भएकोले उपयुक्त रुपमा कक्षा सञ्चालन नहुने भएकाले विद्यार्थीहरु विद्यालय आउन छाडेका हुन् । लामो समय बितिसक्दा पनि विद्यार्थीहरु विद्यालय नफकर्दा समेत जिल्ला शिक्षा कार्यालयले विद्याथीलाई विद्यालय फकाउनको लागी कुनै पनि पहल कदमीहरु नचलाइको सोहि क्षेत्रमा कार्यरत शिक्षकहरु बताउछन् । भौगोलिक रुपमा जोखिम देखिएका क्षेत्रहरुमा बस्ती विस्तापित हुनु र विद्यालय पनि क्षत विक्षत भएको कारण विद्यार्थी कम भएको बताउछिन भैरवकुण्ड प्रावि तातोपानीका प्रध्यानाध्यापक गोपिनी घतानी । सो विद्यालयमा भुकम्प अघि ४४ जना अध्यायन गर्थे भने अहिले मुस्किलले २५ जना उपस्थित हुने गरेका छन । भुकम्प पश्चात कक्षा ४ र ५ मा दुई जना मात्र आउने गरेको प्रध्यानाध्यापक घतानी वताउछिन । कक्षकोठाको अभावको कारण एउटै कोठामा राखेर पढाउने गरिएको छ । हुनत भुकम्प पश्चात कक्षाकोठाको अभावको कारण एउटै कोठामा राखेर पढाउने त्यस भेगका धेरै विद्यालय छन । तातोपानी गाविस कै सेती देवि प्रावि नादुङमा पनि एउटै कोठामा कक्षा ४ र ५ लाई पढाउने गरिएको छ । भुकम्पले भवन क्षती भएको कारण एउटै कक्षामा पढाउन वाध्य भएको वताउँछिन सोही विद्यालयको प्रध्यानाध्यापक विन्दा कुमारी पौडेल । उनि भन्छीन, ‘ एकै ठाँउमा राखेर पढाउँदा अतिनै कठिन हुने गरेको छ । सो विद्यालयमा पनि भुकम्प पश्चात आधा भन्दा बढी विद्यार्थीले विद्यालय छाडेका छन । प्रध्यानाध्यापक पौडेल भन्छिन भुकम्प अघि ५६ जना विद्यार्थी अध्यायन गर्थे भने अहिले मुस्किलले २७ जना उपस्थित हुने गरेका छन । यी विद्यालयहरु त उदाहरण मात्र हुन । यस्ता समस्या त धेरै ठाँउका विद्यालयमा छ । भुकम्पको कारण धेरै विद्यार्थीहरुले विद्यालय छाडेका छन । तर उनीहरुलाई विद्यालय ल्याउन कोसिस गरिएको छैन । भुकम्प गएको यति लामो समय वितिसक्दा पनि स्कुल बाहिर रहेका विद्याथीहरु विद्यालय फर्काउन शिक्षा कार्यलयले कुनै कार्यक्रम संचालन गरेको छैन । जसले गर्दा विद्यार्थीहरु विद्यालय नआउँदा उनिहरुको पढाईमा नराम्रो असर परेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending