Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

महिलाको योग्यता र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्छ :अाेली

\"Kp-oli1\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय र समानतापूर्ण समाज भएमा मात्र समृद्ध नेपाल बन्ने बताएका छन् । एक सय छैटौँ अन्तर्रा्ष्ट्रिय महिला दिवसका अवसरमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयद्वारा काठमाडौमा आज आयोजित मूल समारोहमा प्रधानमन्त्री ओलीले अवसर पाएमा महिला पनि अगाडि बढ्न सक्छन् भन्दै महिलाको योग्यता र क्षमता अभिवृद्धि कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । “नेपालमा राष्ट्रपति पदमा महिला पुग्नु लामो सङ्घर्षको उपलब्धि हो”, उनले भने– “संविधानसभामा गरेको सङ्घर्षका कारण नै विश्वमा कमै मात्र हुने उपलब्धि नेपालले हासिल गरेको छ ।” महिला आरक्षणका कुरा केही ठाउँ र तहसम्मका लागि मात्र भएको बताउँदै प्रधानमन्त्रीले महिलाका लागि अनिवार्य शिक्षा, आर्थिक सशक्तीकरणजस्ता योजनामा बढी लगानी गर्नुपर्ने औँल्याए । उपप्रधानमन्त्री सिपी मैनालीले घरेलु श्रमलाई औपचारिक मान्यता दिई सामाजिक श्रमका रुपमा स्थापना गर्न सके महिलालाई आर्थिक रुपमा सशक्त बनाउन सकिने बताए । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले नेपालले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गरे पनि लैङ्गिक समानता अपेक्षाकृत रुपमा हुन नसकेको स्वीकार गरे । मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले राज्यका सबै निकायमा महिलाको सार्थक सहभागिताका लागि आरक्षणको व्यवस्था गरिएको बताए । राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष मनु हुमागाईंले नेपाली महिला आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्रीको योगदानको स्मरण गर्दै महिलाका अधिकार स्थापित गर्न र न्याय दिलाउन आयोगले गरेका कामकारबाहीबारे जानकारी दिए । महिला अधिकारकर्मी चाँदनी जोशीले महिलाको चौतर्फी विकासका लागि राज्यले लगानी गर्नुपर्ने र राष्ट्रिय योजना बनाएर कार्यक्रम लैजानुपर्नेमा जोड दिइन । ‘लैङ्गिक समानताका लागि पाइला हाराहारी ः सन् २०३० सम्म हिस्सा बराबरी’ भन्ने नाराका साथ आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको पनि उपस्थिति रहेको बताईएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending