Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

कांग्रेस सभापतिका प्रत्यासी देउवा–पौडेल को कति पानीमा ?

\"deuba-poudel-1\" काठमाडौं । नेपाली कांग्रेसका नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेल प्रतिष्पर्धी छन् । आइतबार भएको मतदानबाट सभापतिका अर्का प्रतिष्पर्धी कृष्णप्रसाद सिटौला आउट भएपछि पौडेल र देउवाबीच प्रतिष्पर्धा हुँदैछ । पौडेल आफूलाई संस्थापन पक्षको रुपमा खडा भएका छन् भने देउवाले आफूलाई प्रजातान्त्रिक पार्टीकै रुपमा उभ्याउने गरेका छन् । कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस बनाएका देउवाले पुनः पार्टीमा एकता गरे पनि पार्टीमा आफूलाई अलग धारका रुपमा उभ्याउने गरेका छन् । पार्टी फुटाउँदा आफूसँगै भएका नेता कार्यकर्तालाई एकतापछि पनि आफ्नै गुटमा प्रतिवद्ध बनाएका छन् । त्यसैले उनी पार्टी एकतापछि पनि ६०/४० को भागबण्डालाई कायमै राख्ने गरेका छन् । देउवाको राजनीतिक यात्रा डडेलधुराको रुवाखोला असिग्राम—५ मा जन्मिएका देउवा वि.सं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट नेपाली राजनीतिमा प्रवेश गरेका हुन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसङ्घका प्रथम सभापतिसमेत हुन् । ०४६ सालको प्रजातन्त्रको पुनस्र्थापनापछि नेता देउवा २०४८ सालको आम निर्वाचनमा संसदीय निर्वाचनमा जितेका थिए । डडेलधुराबाट चुनाव जितेर राष्ट्रिय राजनीतिमा प्रवेश गरेका उनले गृह जिल्लाको विकासमा मात्रै ध्यान दिए । त्यसैले उनले सधैं नै आफ्नो गृहजिल्लालाई भोट बैंक बनाए । २०५१ र २०५६ का संसदीय निर्वाचन तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा पनि डडेलधुराबाट विजयी भए । गृहमन्त्री हुँदै पटक पटक प्रधानमन्त्री भइसकेका देउवा कांग्रेस विभाजित गरेपछि प्रजातान्त्रिक कांग्रेसबाट सभापति हुनुबाहेक एकतापछिको कांग्रेसमा पार्टी नेतृत्वमा पुग्न सकेका छैनन् । विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी काँग्रेसको संसदीय दलको नेतृत्व गर्दै माओवादीले जनयुद्ध थालनी गरेको बेला वि.सं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए । वि.सं २०५९ मा पनि उनी प्रधानमन्त्री भए भने त्यसको दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री हुने सौभाग्य पाएका थिए । काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को एकतापछि देउवा नेपाली काँग्रेसको वरिष्ठ नेता भएका हुन् । देउवाको अध्ययन तथा भ्रमण डडेल्धुरामा जन्मिएका देउवा हाल काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएका छन् । त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च गरेका हुन् । काठमाडौंमा रहँदा राणा परिवारसँग वैवाहिक सम्बन्ध कायम गर्दै आफूलाई अब्बल दर्जाको रुपमा उभ्एका छन् । उनकी धर्मपत्नी आरजु राणा पनि अहिले व्यवस्थापिका–सांसद् छिन् । देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीटजरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया लगायत मुलुकको भ्रमण गरेका छन् । माओवादी जनयुद्धका बेला तत्कालिन माओवादी नेता डा.बाबुराम भट्टराईले ४० बुँदे ज्ञापनपत्रलाई बेवास्ता गरेकै कारण जनयुद्धको थालनी भएको थियो भने विरेन्द्रको बंशनाशपछि प्रजातन्त्र राजाको हातमा सुम्पिएका तिनै देउवा विसं २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष समेत थिए । रामचन्द्र पौडेलको राजनीतिक जीवन तनहुँको रिस्ती गाविसमा जम्निएका काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा प्रवेश गरेका हुन् । विसं २०१७ पुस १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरिएपछि उनी प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ राजनीतिमा होमिएका हुन् । निरङ्कुश राजतन्त्रविरुद्ध लड्ने क्रममा २०१९ देखि २०४६ सालसम्म पटक पटक गरी १३ वर्ष पौडेलले जेलजीवन विताए । नेपाली काँग्रेसले २०१८ सालमा सञ्चालन गरेको सशस्त्र क्रान्तिमा पनि पौडेलले सहभागिता जनाएका थिए । वि.सं २०१९ को स्वतन्त्र विद्यार्थी आन्दोलनमा अभियानकर्मीका रूपमा उनले भूमिका निभाए । विसं २०२३ मा सरस्वती कलेज विद्यार्थी युनियनको सभापति निर्वाचित भएका पौडेलले सोही वर्ष संस्थापक सभापति भई गण्डकी विद्यार्थी समितिको स्थापनामा नेतृत्वदायी भूमिका खेलेका थिए । विसं २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगको निर्वाचित महासचिव भएका पौडेलले २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घको स्थापनामा पनि महत्पूर्ण भूमिका निभाए । नेपाली काँग्रेस तनहुँ जिल्ला कार्य समितिका सदस्य पदमा २०३४ सालमा निर्वाचित भएका पौडेल २०३६ सालमा जिल्ला उपसभापति र जनमतसङ्ग्रहका समयमा सर्वदलीय प्रचार अभियानको अध्यक्ष समेत भएका थिए । वि.सं.२०४० सालमा काँग्रेस केन्द्रीय प्रचार समितिको संयोजक र २०४४ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए । पञ्चायत व्यवस्थाविरुद्ध ३० वर्ष सङ्घर्ष गरी २०४६ सालमा प्रजातन्त्र स्थापनापछि २०४८ सालको संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट संसद् सदस्यमा निर्वाचित भएका उनी २०४९ सालमा कृषि मन्त्रालयको थप जिम्मेवारी पाएका थिए । विसं २०५१ को मध्यावधि निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट संसद् सदस्यमा निर्वाचित भएपछि उनले पाँच वर्षसम्म सभामुखको भूमिका निर्वाह गरे । आफ्नो गृह जिल्ला तनहुँलाई आफ्नो भोट बैंक बनाएका पौडेलले आफ्नो क्षेत्रको विकासमा मात्रै ध्यान दिएका कारण जित सुरक्षित गर्ने गरेका छन् । २०५७ सालमा उपप्रधानमन्त्री भएका पौडेल गृह एवम् सञ्चारमन्त्रीको समेत कार्यभार सम्हालेका थिए । विसं २०६२ मा काँग्रेसको महामन्त्री हुनुभएका नेता पौडेलले २०६३ सालमा पुनःस्थापित संसद्को सदस्य भए । माओवादी जनयुद्धका बेला भएको घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गर्ने जिम्मेवारीका साथ त्यतिबेला उनले शान्ति सचिवालयको संयोजक बनाइएका थिए । तर त्यसतर्फ भने उनले उल्लेखनीय काम गर्न सकेनन् । माओवादी समेत संलग्न भई २०६३ सालमा गठन भएको सरकारमा नवगठित शान्ति तथा पुनःनिर्माण मन्त्रालयको पहिलो नेतृत्व पनि पौडेलले नै पाएका थिए । विसं २०६४ मा काँग्रेस उपसभापति भएका पौडेल २०६४ सालको संविधानसभा निर्वाचनमा आफ्नो गृह क्षेत्रबाट चौथो पटक सभासद्मा निर्वाचित भएका थिए । विसं २०६५ मा काँग्रेस संसदीय दलको नेतामा निर्वाचित पौडेल २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि पुरानै क्षेत्रबाट विजयी भएका थिए । पछिल्लो पटक भने उनको प्रधानमन्त्री बन्ने चाहना धेरै पटक असफल भएको छ । प्रधानमन्त्री चयनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको प्रतिष्पर्धामा पौडेल १७ पटक पराजित भएका थिए । पौडेलको शिक्षा त्रिभुवन विश्वविद्यालयबाट पौडेलले नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्मको अध्ययन पूरा गरेका छन् । उनले समसामयिक राजनीतिसम्बन्धी पुस्तकहरु प्नि प्रकाशन गरेका छन् । पौडेलका ‘प्रजातान्त्रिक समाजवाद ः एक अध्ययन’ २०४६, ‘नेपाली काँग्रेस के भन्छ ?’ २०४८ र ‘नयाँ सन्दर्भमा समाजवाद’ २०५२ लगायतका कृति प्रकाशित छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: