Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

देउवा–पौडेलको खतरनाक खेल, अब झन हुदैछ झेलैझेल

\"deuba-poudel\"काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिका प्रत्यासी तीनै जना उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि नेताहरुको खतरनाक खेल शुरु भएको छ । पहिलो मतदानमा शेरबहादुर देउवालाई ५१ प्रतिशतका लागि मात्र ११ मत नपुगेपछि देउवा समूहले मतगणनास्थलमै हंगामा मच्चाएको थियो । पहिलो मतदानबाट आफ्नो भोट नेता कृष्ण सिटौलाले काट्ने भएपछि रामचन्द्र पौडेल समूहले कसैको पनि ५१ प्रतिशत मत नआएमा दोस्रो मतदानबाट आफ्नो जित सुनिश्चित हुने ठानेको थियो । पौडेलले ठानेजस्तै ५१ प्रतिशत कसैको पनि आउन सकेन । तर पहिलो परिणामअनुसार कृष्ण सिटौलाको मत जोड्दा समेत देउवा नै बहुमतमा देखिएपछि चलखेल शुरु भएको हो । देउवा र पौडेल दुवैको मतका लागि आफू निर्णायक भएको भन्दै सिटौलाले कसलाई समर्थन गर्ने भने निर्णय गरिसकेका छैनन् । उनले आफूलाई संसदीय दलको नेता बनाउने प्रतिवद्धता जनाउनेलाई मात्र समर्थन गर्ने बताएको स्रोतको भनाइ छ । त्यसका लागि सिटौलाले दुवै जनासँग बार्गेनिङ गरिरहेका छन् । पुननिर्वाचनबाट पौडेलले आफूलाई बहुमत ल्याउन ठूलै मेहनत गर्नुपर्ने देखिएको छ । पहिलो मतदानमा देउवालाई गएको मत अब आफूलाई ल्याउन सकेमा मात्रै पौडेलको जित हुनेछ । अन्यथा पहिलो परिणामअनुसारकै मत खसेमा देउवाको जित निश्चित छ । पहिलो निर्वाचनबाट नै आफ्नो भोटको हिसाबकिताव प्रष्ट भएपछि देउवा–पौडेल खतरनाक खेल खेल्न थालेको स्रोतको भनाइ छ । उनीहरुलाई आफ्नो पक्षमा भोट तान्न प्रतिनिधिहरुको किनबेच रातीदेखि नै शुरु भएको छ । पुनर्निर्वाचन २ बजेदेखि शुरु काँग्रेसको १३औँ महाधिवेशनमा सभापति पदका लागि हुने पुनर्निर्वाचन दिउसो २ बजेदेखि मात्र शुरु गरिने भएको छ । नेताहरुको रणनीतिक छलफलका लागि पुनर्निर्वाचन पनि ढिला गरिएको छ । दिउँसो २ देखि ५ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने निर्वाचन समितिले जनाएको छ । आइतबार भएको मतदानमा सभापतिका तीनवटै उम्मेदवारले बहुमत प्राप्त नगरेपछि पुनः मतदान हुन लागेको हो । सभापतिको दोस्रो निर्वाचनमा कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुनेछ । पहिलो मतदानमा देउवाले १ हजार ५ सय ६४ मत प्राप्त गरेका थिए भने पौडेलले १ हजार १ सय ६०मत प्राप्त गरे । सभापतिका अर्का प्रत्यासी सिटौलाले भने मात्र ३ सय २४ मत ल्याएका थिए । निर्वाचनमा १ सय मत बदर भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending