Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

भारतको समर्थन देउवालाई, यसरी सुनिश्चित गरेका थिए देउवाले आफ्नो जित

\"deuba-poudel-sitaula\"काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका बलिया दावेदार मानिएका कांग्रेस नेता शेर बहादुर देउवालाई ११ मत नपुगेपछि पून निर्बाचन हुने भएको छ । तर देउवा स्रोतका अनुसार पहिलो निर्बाचनै जित्नेमा उनी ढुक्क थिए । कांग्रेसमा लामो समयसम्म प्रतिधुर्वका राजनीति गर्दै आईरहेका देउवालाई कांग्रेसभित्रका अति हिन्दुवादीहरुको समर्थन र भारतीय अतिहिन्दुवादी संस्था आरएसएसको सबै प्रकारको सहयोग रहेको स्रोत बताउँछ । यसअघि जस्तै नेपाली राजनीतिको हरेक आन्तरिक मामलामा हात हाल्दै आईरहेको भारतीय गुप्तचर संस्था ‘र’ र सत्ताधारी पार्टी विजेपीको माउ संस्थाजस्तै अतिहिन्दुवादी संस्था आरएसएसले कांग्रेस महाधिवेशनमा सक्रियतापूर्वक चलखेल गरेको स्रोत बताउँछ । संविधान निर्माणको मुखैमा भारत भ्रमणमा पुगेका नेता देउवाले विजेपीका नेताहरुसँग ‘पार्टी सभापतिमा आफुलाई सहयोग गरे नेपालमा हिन्दु राष्ट्र बनाउने सन्दर्भमा आफु सहयोग गर्न तयार रहेको’ बताएर फकिएका थिए । उसो कांग्रेस महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रिमा लडेका भ्रष्ट नेता खुम बहादुर खड्काको आरएसएससँग चर्को उठबस छँदै थिए । स्रोत भन्छ–देउवाले भारतीय प्रधामन्त्री मोदीलाई विश्वस्त गरेपछि संविधान निर्माण लगत्तैदेखि आरएसएस माफृत मोदीले देउवाको पक्षमा लबिङ गराएका थिए । भारतीय गुप्तचर संस्था ‘र’को समर्थन रामचन्द्र पौडेललाई भएपनि आरएसएसका नेता तथा विजेपीका पूर्व उपाध्यक्ष भगवतसिंह कुशवारीसँगै आएका अन्य सहकर्मीहरुले कांग्रेस महाधिवेशनमा काठमाडौंमै रहेर हस्तक्षेप गरेका थिए । साम, दाम, दण्ड, भेदका चारै नीति अख्तियार गरेको आरएसएसले नै देउवाको सुनिश्चितताका लागी कृष्ण सिटौंलाको नेतृत्वमा संस्थापनलाई फुटाएको स्रोत बताउँछ । संस्थापनलाई फुटाउँदा पौडेलको मत काटिने र देउवाको जित सुनिश्चित हुनेमा आरएसएसका योजनाकर्ताहरु विश्वास्त थिए । हुनपनि निर्बाचन परिणाम त्यस्तै देखियो । परिणाम अनुसार देउवाको १५६४ मत आएको छ भने पौडेलको ११६० र सिटौलाको मत ३२४ आएको छ । सिटौलाले ल्याएको मत कांग्रेसभित्रको संस्थापन पक्षकै मत हो । पौडेलको र सिटौलाको मत जोड्दा १४८४ हुन्छ । देउवाको भन्दा संस्थापनको मत यहि परिणाम अनुसार नै पनि ८० मत मात्रै कम हुन्छ । तर सिटौलाको उम्मेदवारी नपरेको हुन्थ्यो भने मतदाताहरुमा पौडेलले हार्ने र देउवाले जित्ने मनोबैज्ञानिक असर पर्दैनथ्यो र स्वतन्त्र मत पौडेलतिर खस्ने अवस्था आउँथ्यो । देउवा र भारतीय अतिवादीहरुले यहि बस्तुगत अवस्थाको पहिचान गरेर नै सिटौलाको प्यानल तयार गरेको विस्वस्त स्रोतको दावी छ । किन रोजाईमा परे देउवा ? पछिल्लो समय भारतीय अतिहिन्दुवादी नेपालमा हिन्दुवादी तथा भारतीय शाषकहरु नेपालमा आफ्ना बफादार नेताको खोजीमा छ । नेपालको पहिलो राजनीतिक पार्टीमै आफु पक्षधरहरु हावी गराउन भारतीयहरु चाहन्थे । यसअघि अमेरिकी खेमाका भनेर चिनिएका देउवा र पाकिस्तानी खेमाका भनेर चिनिएका दिवंगत कांग्रेस नेता सुशिल कोईरालालाई भारतीय संस्थापन पक्षले पुरै विश्वास गरेको अवस्था थिएन । देउवाको पछिल्लो भारत भ्रमण र खुम बहादुर खड्का मार्फत भारत र देउवाको सम्बन्धमा सुधार आएको खड्काले कार्यकर्तामाझ खुलेआम बताउने गरेका छन् । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादीका नेताहरुलाई आफ्नो प्रधावमा पार्न नसकेको विजेपीले कांग्रेस र कांग्रेसकै कुनै नेतालाई ‘खल्ती’को मान्छे बनाउन जरुरी थियो । सिटौलाको समर्थन देउवालाई बाहिर खुल्छन् या खुल्दैनन् । तर सभापतिका पराजित उम्मेदवार सिटौलाको अव समर्थन देउवाले रहने स्रोतले बतायो । उनी खासमा हिजै देउवाको पक्षमा थिए र महाधिवेशनको मुखसम्म मौन बसे । खुलेर देउवालाई समर्थन गर्नुभन्दा आफै उम्मेदवारी दिदाँ संस्थापनको मत तान्न सकिने अवस्थामा उठाइएको सिटौलाले देउवालाई खुलेरै समर्थन गर्नसक्ने सम्भावना जति छ त्याति नै संसदिय दलको नेतामा देउवाले सिटौलालाई समर्थन गर्ने शर्त पनि उत्तिकै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending