Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

निर्णय अरुले गरिदेला र हात थापौँला भन्ने अबस्थामा छौं: लक्की शेर्पा

एकीकृत नेकपा माओवादीकी महिला नेतृ लक्की शेर्पाले ठूलो राजनीतिक परिवर्तनपछि पनि नेताहरु नै पितृसत्तावादी भएको बताउँछिन् । परिवर्तनको एजेण्डा बोकेको मुख्य पार्टी एकीकृत नेकपा माओवादीकै नेताहरुमासमेत अझै पितृसत्तावादी सोंच रहेका उनले बताइन् । परिवर्तनपछि महिला नेतृत्वको भूमिकाको बारेमा गरिएको कुराकानीमा उनले महिलाहरुमा पनि निर्णय क्षमता कमजोर देखिएको बताइन् । महिलाहरु पनि निर्णय गर्न पुरुषकै मुख ताक्ने गरेको उनले बताइन् । नेपालको राजनीतिमा महिलाहरुलाई गाह्रो हुनुमा आर्थिक पाटो भएको उनको भनाइ छ । यो नेपालमा मात्र नभएर दक्षिण एसियाकै समस्या भएको उनले बताइन् । हिजो जनयुद्धकालमा ५० प्रतिशत महिलाहरु छन् भनेर हाँक दिने माओवादीलाई समेत अहिले ५० प्रतिशत नचाहिएको भन्दै उनले आक्रोश ब्यक्त गरिन् । एमाओवादी नेतृ लक्की शेर्पासँग महिला अधिकारका सवालमा जानुका पराजुलीले गरेको संक्षिप्त कुराकानी । \"lakki-sherpa\"नेपालको राजनीतिमा महिलाहरुको भूमिका कस्तो रहेको पाउनु भएको छ ? नेपालको हरेक राजनीतिक आन्दोलनमा महिलाहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको मैले पाएको छु । इतिहासलाई फर्किएर हेर्ने हो भने २००७ सालको राणा शासनविरुद्धको आन्दोलन होस् वा २०४६ सालको जनआन्दोलन त्यसैगरी नेकपा माओवादीको नेतृत्वमा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्धसँगै २०६२/०६३ सालको जनआन्दोलन हरेक राजनीतिक तथा सामाजिक परिवर्तनको आन्दोलनमा महिलाहरुको निकै सक्रिय, सशक्त साथै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । सशस्त्र जनयुुद्धको क्रममा महिलाहरुको जुन खालको सहभागिता र उच्च खालको भूमिका रह्यो, त्यो नेपालको इतिहासमा अत्यन्त सह्रानीय छ । त्यसपछिका दिनहरुमा पनि त्यहि खालको उत्साहजनक सहभागिता र महिला नेतृत्वको विकास निरन्तर रुपमा हुनु जरुरी थियो, त्यो अपेक्षा गरे जसरी हुन सकेको छैन, त्यो दुखद पक्ष हो ।   नेपालको राजनीतिक आन्दोलनलाई नियाल्ने हो भने आन्दोलन र संघर्षको समयमा महिलाहरु निकै अगाडि हुन्छन् तर उपलब्धि लिने अर्थात सत्ताको उपभोग गर्ने सन्दर्भमा निकै पछाडि हुने गरेको पाइन्छ नी ? नेपालमा राजनीतिक परिवर्तन भयो तर आम नेपाली महिलाहरुले जुन खालको परिवर्तन खोजेका हुन् त्यो परिवर्तनको अनुभूति नेपाली महिलाहरुले अझै पनि गर्न पाएका छैनन् । जुन वर्गका महिलाका लागि नेपाली महिलाहरुले आवाज उठाए ती वर्गका महिला अझै पनि पछाडि छन्, अझैपनि दुःख पाइरहेका छन् । अझै पनि विभिन्न प्रकारको हिंसाको शिकार भएका छन् । तर परिवर्तन हुँदै नभएको भन्ने पनि होइन । केही राजनीतिक परिवर्तनहरु भएका छन् । संविधानमा महिलाहरुको ३३ प्रतिशत सहभागितालाई संविधानले सुरक्षित गरिदिएको छ । त्यति मात्रै नभएर सभामुख जस्तो प्रतिष्ठित पदमा महिला हुनुहुन्छ । देशकै सबैभन्दा विशिष्ट र सम्मानित पद राष्ट्रपतिमा अहिले महिला हुनुुहुन्छ । यो सबै आन्दोलनकै उपलव्धी हो । आन्दोलन र महिलाहरुको सक्रियताबिना यस्ता खालका उपलव्धि प्राप्त गर्न सकिँदैनथ्यो । मुख्यतः राजनीतिमा अगाडि आउनका लागि महिलाहरुको सशक्तिकरण आवश्यक छ । जसका कारण महिलाहरु आफ्नो लागि निर्णय आफै गर्न सकुन् । जस्तै अहिले महिलाहरुले कुनै पनि निर्णय गर्नका लागि पुरुषहरुको मुख ताक्नु पर्ने अवस्था छ । चाहे एमाले होस्, चाहे कांग्रेस होस् वा एमाओवादी होस् जुनसुकै पार्टी होस् । महिलाहरु पार्टीको नीति निर्माण गर्ने तहमा अझै पनि आवश्यक मात्रामा पुग्न सकेका छैनन् । निर्णय अरुले गरिदेला र हात थापौँला भन्ने अवस्थामा नै छन् महिलाहरु । यसले गर्दा पनि हामीले भनेको जस्तो परिवर्तनको अनुभूति नेपाली महिलाहरुले गर्न पाएका छैनन् । पहिलो संविधानसभाको चुनावमा महिलाहरुको उपस्थिति ३३ प्रतिशत थियो तर पछिल्लोमा झन् घट्न पुग्यो, यसको कारण के हो ? पहिलो संविधानसभामा अन्तरिम संविधानले ३३ प्रतिशत महिला प्रतिनिधित्वको ग्यारेण्टी गरेको थियो, जसका कारण महिलाहरुको सहभागिता बढ्यो । जनयुद्धबाट शान्ति प्रक्रियमा भर्खरै प्रवेश गरेको माओवादीले धरै महिला उम्मेदवारहरुलाई संविधानसभाको उम्मेदवार बनायो । जसको प्रभाव एमाले, कांग्रेस लगायतमा पार्टीहरुमा पनि पर्यो र उनीहरुले पनि महिला उम्मेदवारहरुको संख्या बढाउन बाध्य भए जसले गर्दा पनि संविधानसभामा महिलाहरुको प्रतिनिधित्व बढ्न गयो । तर त्यो सहभागिता बढ्दा वा नेपालको इतिहासमा पहिलो पटक महिलाहरुको यति ठूलो संख्यामा प्रतिनिधित्व हुँदा पनि नेपाली महिला आन्दोलनले सोँचे जस्तो उपलव्धि हासिल गर्न सकेन । एनेकपा (माओवादी) ले बहुमत प्राप्त गर्न सकेन । नेपालका एनजीओ मुभमेन्टका साथै अन्य मुभमेन्टहरु एकीकृत रुपमा अगाडि बढेर माओवदी आन्दोलनलाई समर्थन गर्नुपथ्र्यो त्यो हुन सकेन । त्यसबेलामा महिला आन्दोलन केका लागि त भन्ने प्रश्नहरु पनि उठे । केही सीमित वर्ग र तप्काका लागि मात्र हो की भन्ने आशंकाहरु पनि पैदा भए । पहिलो संविधानसभामा म पनि संविधानसभाको सदस्य थिए । म त्यतिवेला राज्यपुर्नसंरचना समितिको सदस्य थिएँ । म राज्य पुर्नसंरचना समितिको सदस्य हुँदा त्यहाँ महिलाको कुुरा उठ्दा संविधानसभामा प्रतिनिधित्व गर्ने सवै पार्टीका महिलाहरु एक हुन्थ्यौं । पहिलो संविधानसभाको राज्यपुनर्संरचनको प्रस्तावनामा राज्यका सवै अंगमा समानुपातिक प्रतिनिधित्वको कुरा गरेको छ । पछाडि परेका महिलाहरुको सहभागितालाई सुनिश्चित गर्ने कुरालाई विशेष महत्व दिइएको छ । महिलाहरुको पक्षमा महत्वपूर्ण दस्तावेज तयार पारेर हामीले पास गर्न आँटेको बेलामा संविधानसभा विघटन भयो । नेपालका प्रतिगामी तथा परिवर्तन नचाहने शक्तिले संविधानसभाबाट प्रगतिशील संविधान बनेको हेर्न चाहेनन् । पहिलो संविधानसभाले महिलाहरुको पूर्ण समानुपातिक प्रतिनिधित्वको कुरा गरेको थियो । आज नेपाली महिलाहरु राजनीतिको बेग्लैखालको आयाममा हुने थिए । आज महिलाहरुले पुरुषहरुकै मुख हेरिराख्नु पर्ने अवस्था हुँदैनथ्यो । महिलाहरुको प्रतिनिधित्व बढाउनको लागि महिला उम्मेदवारहरुको बीचमै प्रतिस्पर्धा गराउने व्यवस्था गर्नका लागि महिलाहरुको लागि छुट्टै निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्छ भन्ने कुरा महिलाहरुले उठाउँदै आएका छन् यस्तो संभव होला त ? नेपालको सन्दर्भमा महिलाहरु ऐतिहासिक कालदेखि नै पछाडि पारिदै आएका छन् । सामन्ती पितृसत्तात्मक समाज व्यवस्थाले महिलाहरु निकै समयसम्म नेपाली राजनीतिमा आउन सकेनन् । उनीहरुका धेरै खालका पारिवारिक तथा सामाजिक बन्धनहरु जसका बीचबाट महिलाहरु राजनीतिमा निस्कने कुरा निकै चुनौतिपूर्ण हो । यस्तो अवस्थामा महिलाहरुको राजनीतिमा सहभागिता बढाउनको लागि नेपालका राजनीतिक पार्टीहरुले महिला सम्बन्धी नीति बनाउन निकै मेहनत गर्नुपर्ने देखिन्छ । महिलाहरुलाई नीति निर्माण गर्ने निकायमा उचित प्रतिनिधित्व गराउनको लागि सहि नीति बन्न सकेन भने महिलाहरुको स्थिति सुदृढ हुन सक्दैन । विभिन्न राजनीतिक निकायहरुमा महिलाहरुको उचित प्रतिनिधित्वका लागि महिलाहरुकै बिचमा प्रतिस्पर्धा गराउने वातावरण बनाउनु अहिले आमनेपाली महिलाहरुको माग हो । पछिल्लो चुनावमा माओवादीले पनि यी सवै कु्रामा ध्यान पुर्याउन सकेन । चुनाव सम्वन्धि निर्णय गर्ने अधिकार त निर्वाचन समितिलाई हुन्छ तर त्यो निर्णय राजनीतिक पार्टीहरुको सहमतिमा हुन्छ । राजनीतिक पार्टीको शीर्ष नेतृत्वमा सवै पार्टीमा पुरुषहरु नै हुनुहुन्छ । त्यसकारण सवै राजनीतिक निकायहरुमा महिलाहरुको सही प्रतिनिधित्व कसरी गराउने भन्ने सन्दर्भमा राजनीतिक पार्टीका नेताहरुको पर्याप्त ध्यान नपुगेकै हो जस्तो लाग्छ मलाई । किनभने कुनै एउटा नियमबिना नै फेरि हामी चुनावमा गयौ । अब त्यसलाई राजनीतिक पार्टीहरुले सुधार गर्नुपर्छ । जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरुको नीति निर्माणमा सहि प्रतिनिधित्वलाई सुनिश्चित गर्न सकेनन् भने राजनीतिक पार्टीहरु नै असफल हुन्छन् । माओवादी आन्दोलनमा निकै ठूलो त्याग गरेका, आफन्त गुमाएका तथा बलिदान गरेका परिवारका महिला पछिल्लो चरणमा माओवादी आन्दोलनप्रति अकर्षण घटेको पाइन्छ । किन घट्दैछन राजनीतिप्रति महिला आकर्षण ? नेपालको माओवादी आन्दोलनले राजनीतिक मुद्दामा एउटा उत्कृष्टता हासिल गर्यो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व आदि जस्ता उपलव्धिहरु हासिल गर्नुमा माओवादी पार्टीको ठूलो देन रहेको छ । तर जनयुद्धमा सहिद भएका, बेपत्ता भएका, आफ्नो अंग गुमाएका परिवारका कमरेडहरुको व्यवस्थापनको लागि त्यति राम्रो रणनीति बनाएको म आफूले पनि महशुस गरेको छैन । शान्तिप्रकृयामा आइसकेपछि हामी आफैले शान्ति मन्त्रालय सम्हाल्ने अवसर पाएर पनि त्यसपछि ध्यान दिइएन । शान्ति मन्त्रालयमा द्वन्द्वपीडितका लागि निकै ठूलो बजेट हुन्छ, ठूलठूला इन्टरनेसनल होटलहरुमा मिटिङहरु पनि हुन्छ ठूल–ठूला सम्मेलन र सेमिनार फाइभस्टार होटलहरुमा हुन्छन् तर तर मैले त्यहाँ, जो हिजो जनयुद्ध लडे, युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरे, ती घाइते महिलाहरुलाई म त्यहाँ देख्दिन । मलाई एकदम दुःख लागेर आउँछ । उनीहरुको लागि एमाओवादीले विर्सिएको अनुभूति हुन्छ । यसकोबारेमा पार्टी गंभिरतापुर्वक रणनिति बनाउन आवस्यक छ । महिलाहरुले राजनीतिमा निरन्तरता कसरी दिन सक्छन् ? किनकी हिजो जनयुद्ध लड्ने महिलाहरु प्राय आज सक्रिय राजनीतिमा छैनन के हो यसको कारण ? हिजो जनयुद्धमा ४० प्रतिशतको हाराहारीमा महिलाहरुको सहभागिता थियो । गर्वका साथ भन्ने गर्थे माओवादी नेताहरुले, तर हिजो जनयुद्ध लडेका र जनयुद्धमा योगदान गरेका महिलाहरु आज प्रायजसो चुलोचौकोमै अर्थात पुरानै व्यवहारमा फर्किएका छन् अथवा राजनीतिमा निश्क्रिय भएका छन् । यसो हुनुको पहिलो कारण महिला नेतृत्वको विकास र संरक्षणको लागि एमाओवादी नेताहरुको उचित मात्रमा ध्यान पुग्न नसकेको देख्छु म । अर्को भनेको नेपालको राजनीतिमा महिलाहरुलाई गाह्रो हुनुको अर्को पाटो भनेको आर्थिक पाटो पनि हो । त्यो नेपालमा मात्र नभएर दक्षिण एसियाकै समस्या हो यो । आर्थिक पाटोले नेपाली महिलाहरुलाई धेरै पछाडि पारेको छ । हिजो जनयुद्धकालमा ५० प्रतिशत महिलाहरु छन् भनेर फुर्ति लगाउने नेताहरुले सम्झनु पर्यो कि त्यो बेलामा ५० प्रतिशत चाहिने अहिले चाहिँ किन नचाहिने ? हामी सबैको प्रश्न अहिले यहि नै हो । पार्टीका नेताहरुमा अझै पनि महिलाप्रति हेर्ने दृष्टिकोण पितृसत्तावादी रहेको छ । महिलाहरु सक्षम हुँदैनन्, महिलाहरुले घर चलाउनु पर्यो, सवैले राजनीति गर्ने कुरा आउँदैन भन्ने नै कुराहरु हामी सुन्छौ । तेस्रो कुरा भनेको जबसम्म एउटा महिलालाई आफ्नो घर परिवारबाट सपोर्ट हुँदैन र उसको वरिपरिको समाजबाट सपोर्ट हुँदैन तबसम्म उसलाई सक्रिय राजनीतिमा आउन गाह्रो हुन्छ । उसलाई पार्टीले अगाडि बढाए पनि पारिवारिक सपोर्ट छैन भने उसलाई राजनीतिमा आउन र टिक्न गाह्रो हुन्छ । नेपाली समाजले नै उनीहरुलाई पछाडि धकेलेको छ पछाडि पारेको छ जस्तो मलाई लाग्छ । नेपालका राजनीतिक नेताहरु नै पारदर्शी हुन सकेनन् । उनीहरुको आचरणमाथि नै प्रश्न उठ्ने गरेको छ, यिनै नेताहरुबाट सुदृढ अर्थब्यवस्था कसरी सम्भव होला ? यो समस्या सबै राजनीतिक पार्टीमा छ, एमाओवादीमा मात्रै होइन । एमाओवादीका नेताहरुमा पनि यदाकदा यस्तो खालको व्यवहार देखिनु दुर्भाग्यपूर्ण हो कसैले राम्रो लुगा लगाएर हिड्छ, मिठो खान्छ, सफा सुग्घर भएर हिँड्छ भने त्यसलाई नराम्रो चाहिँ भन्नु हुँदैन । उसको आयस्रोत के हो ? त्यो पारदर्शी हुनुपर्छ । कसैले आफ्नो व्यवसाय गर्छ, आफ्नो बुद्धि विवेकले दुःख गरेर राम्रो आम्दानी गर्छ अथवा जागिर खाने र विदेशी प्रोजेटहरुको राम्रो कन्सल्ट गरेर पैसा कमाउँछ भने त्यसमा हामीले चित्त दुखाउनु हुन्न भन्ने लाग्छ । तर भ्रष्टाचार गरेर, कमिशन खाएर, कसैको लुटेर पैसा जोडेको छ भने त्यसको छानविन हुनुपर्छ । त्यो छानविन अब समाजले नै गर्छ भन्ने लाग्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending