Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

इन्धन आयात बढ्यो, १५ दिनभित्रै ग्यास वितरण सहज

काठमाडौँ । नेपाल आयल निगमले आजदेखि लागू गरेको बिहानबाटै इन्धन वितरण गर्ने प्रणालीको सुरुवात गरेपछि उपभोक्ताले सहजरुपमा इन्धन प्राप्त गरेको अनुगमनको क्रममा फेला परेको छ ।

\"petrol\"निगमले आज राजधानीका विभिन्न पेट्रोल पम्पमा गरेको अनुगमनको क्रममा बिहान ७ बजेदेखि नै इन्धन बिक्री वितरण सुरु गर्दा अन्य दिनमा भन्दा सहजरुपमा उपभोक्ताले इन्धन भर्न पाएको देखिएको हो ।

निगम प्रवक्ता मुकुन्द घिमिरेले अन्य दिनमा साँझमा मात्रै इन्धन वितरण गर्दा अनियमितता भएको र केही टाठा–बाठाले मात्रै इन्धन पाएको गुनासोको समेत अन्त्य हुने जानकारी दिए ।

उपलब्ध भएको इन्धनको सहज वितरणका लागि निगमले सबै उपाय अवलम्बन गरेको जानकारी दिँदै प्रवक्ता घिमिरेले उपभोक्ताले सहजरुपमा इन्धन प्राप्त गरुन् भन्ने निगमको मनसाय रहेको बताए।

हाल वीरगन्ज नाकाबाट दैनिक २२ लाख लिटर इन्धन आयात भएको छ । उनले पछिल्ला दिनदेखि केही मात्रामा ‘लोडिङ’ बढाएको र केही दिनभित्रै इन्धन आयात सामान्य अवस्थामा पुग्ने र बजार सामान्य अवस्थामा पुग्ने उल्लेख गरे । प्रवक्ता घिमिरेका अनुसार पछिल्लो दिनमा भारतले खाना पकाउने ग्यासको समेत लोडिङ बढाएको छ ।

दैनिक औसतरुपमा ५० बुलेट ग्यास आयात भइरहेको छ । सामान्य अवस्थामा दैनिक ६० बुलेट ग्यास आयात हुने गरेको थियो । निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले केही दिन पहिले गरेको भारत भ्रमण र भारतका पेट्रोलियम राज्यमन्त्री धर्मेन्द्र प्रधानसँग गरेकाे द्विपक्षीय छलफलपछि आयात केही मात्रामा बढेको घिमिरेको भनाइ छ । १५ दिनभित्रै ग्यास वितरण सहज

ग्यास आयात क्रमशः बढ्दै गएको अवस्थामा आगामी १५ दिनभित्रै सहजरुपमा ग्यास वितरण गर्न सकिने उनको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र आपूर्ति मन्त्रालयको आवश्यक निर्णयपछि निगमले इन्धन वितरणलाई सकेसम्म सहज बनाउने प्रयास गरिरहेको जानकारी दिँदै प्रवक्ता घिमिरेले सरकारले तीन दिनको सार्वजनिक बिदामा समेत सहजरुपमा सबै पेट्रोल पम्पबाट इन्धन वितरण गर्ने उल्लेख गरे ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पेट्रोल पम्पबाट २४ सै घन्टा इन्धन वितरण गरिने र दिउँसोको समयमा इन्धन नपाउनेले रातिको समयमा भर्न पाउने गरी व्यवस्था गरिएको निगमको भनाइ छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending