Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

यस्तो छ नयाँ शक्ति नेपालको आर्थिक विकास सम्बन्धी नीति

\"nayashakti\"काठमाडौं । नयाँशक्ति नेपालले ललितपुरमा आयोजित निजि उद्योग व्यावसायिहरु सँगको अन्तरक्रिया मा नेपालको अर्थिक विकाश सम्बन्त्रि निति प्रस्तुत गरेको छ । आर्थिक विभाग प्रमुख रामेश्वर खनालद्धारा जारी अवधारणापत्रमा सहभागिता(मूलक समाजवादी व्यवस्था उन्मुख सामाजिक न्याय सहितको उदार बजारमुखी अर्थतन्त्रको निर्माण गरी सबैका लागि समृद्धि हासिल गर्ने उल्लेख गरिएको छ । यस्ताे छ नयाँ शक्ति नेपालको आर्थिक विकास सम्बन्धी नीति अन्तरक्रियामा प्रस्तुत अवधारणा-पत्र:   अवधारणा तर्जुमा गर्दा लिइएका आधारभूत मान्यताहरू: – यो प्रारम्भिक संक्षिप्त खाका हो । – सबै सरोकारवालाको विचार, सुझाव, प्रतिक्रिया संकलन गरे पछि नयाँ शक्ति नेपालले अवलम्बन गर्ने आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रमको दस्तावेज तयार गरिनेछ । त्यसपछि फेरी सबै सरोकारवाला र नयाँ शक्ति नेपालको संगठन भित्र सघन छलफल गरेर अन्तिम रूप दिइने छ । – नयाँ शक्ति नेपाल आर्थिक उत्पादन र रोजगारी सिर्जनामा क्रियाशिल उद्धमी-व्यवसायीसंग आर्थिक नीतिहरु तर्जुमा गर्दा निरन्तर संवादमा रहनुपर्छ भन्ने मान्यता राख्छ ।   मूलभूत आर्थिक सोंच सहभागिता-मूलक समाजवादी व्यवस्था उन्मुख सामाजिक न्याय सहितको उदार-बजारमुखी अर्थतन्त्रको निर्माण गरी सबैका लागि समृद्धि हासिल गर्ने रणनीतिहरु: – राष्ट्रिय प्रतिष्पर्धात्मक क्षमताको विकास र सुदृढीकरण – रणनीतिक लगानी (Strategic Investment) मा वृद्धि – उत्पादनका साधनमा सबैको समान र सहज पहुँच – सामाजिक सुरक्षा तथा विपदमा संरक्षण – पर्यावरणीय सन्तुलन तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण – समष्टिगत आर्थिक स्थायित्व नीतिहरु : राष्ट्रिय प्रतिष्पर्धात्मक क्षमता विकास र सुदृढीकरणसंग सम्बन्धित  – उद्यम तथा व्यवसाय मैत्री लगानीको वातावरण निर्माण गरिनेछ र निरन्तर सुधार जसका लागि निम्न विषय दृढता पूर्वक पालना गरिनेछ । – निजी लगानी, सम्पत्ति तथा आर्जनको पूर्ण सुरक्षा हुनेछ । – बन्द, सार्वजनिक हडताल, नाकाबन्दी, चक्काजाम गरिने छैन । – उत्पादन र नागरिकको दैनन्दिनी अवरुद्ध हुने गरी कुनै पनि राजनीतिक गतिविधि गरिने छैन ।   नीतिहरु: राष्ट्रिय प्रतिष्पर्धात्मक क्षमता विकास र सुदृढीकरणसंग सम्बन्धित – कुनै पनि सरकारी तथा निजी औपचारिक संगठनहरूमा नयाँ शक्ति नेपालले भगिनी संगठन वा राजनीतिक इकाईहरू खडा गर्ने छैन । उत्पादन गर्ने र सार्वजनिक सेवा प्रदान गर्ने निकायहरूमा कर्मचारी तथा कामदारहरूलाई दलगत राजनीति गर्न प्रोत्साहन गरिने छैन । – श्रमिकहरूको हक सुरक्षित गर्न, उनीहरूलाई अन्याय हुन नदिन नयाँ शक्ति नेपालको श्रम संगठनले समष्टिगत र इकाईगत औद्योगिक सम्बन्धको निरन्तर निगरानी गर्ने छ र सामूहिक सौदाबाजीमा सहजीकरण गर्नेछ । – व्यवसाय शुरू गर्न, कम्पनी खडा गर्न र व्यवसाय/कम्पनी बन्द गर्न लाग्ने प्रक्रिया सरलीकरण गरिनेछ र लाग्ने समय घटाइने छ । नीतिहरु : राष्ट्रिय प्रतिष्पर्धात्मक क्षमता विकास र सुदृढीकरणसंग सम्बन्धित प्रतिस्पर्धी बजारमा मूल्य स्वतन्त्रता हुनेछ । – मूल्य नियन्त्रण गरिने छैन । तर एकाधिकार वा अपरिपक्व बजार (Imperfect Market) भएको बेलामा कडा नियमनका पारदर्शी पद्धति हुनेछन् । – श्रम उत्पादकत्व वृद्धि गर्न सार्वजनिक-निजी साझेदारीमा निरन्तर तालिम कार्यक्रम गरिनेछ । – प्रविधि अनुसन्धान तथा विकासमा सार्वजनिक-निजी लगानी वृद्धि गरिनेछ । – उन्नत प्रयोगशाला (Advanced Laboratories) विश्वविद्यालयहरूमा स्थापना गरिनेछ । – सिन्डिकेट तथा कार्टेलिङ्गका विरुद्ध शून्य सहनशीलता – भ्रष्टाचारका विरुद्ध शून्य सहनशीलता   नीतिहरू : राष्ट्रिय प्रतिष्पर्धात्मक क्षमता विकास र सुदृढीकरणसंग सम्बन्धित
  • रोजगारी र राष्ट्रिय उद्यमीको प्रवर्धन हुने गरी प्रविधि तथा व्यवस्थापन सहितको वैदेशिक लगानी अति-संवेदनशील बाहेकका सबै क्षेत्रमा खुला गरिनेछ र खास गरी निम्न क्षेत्रमा जोड दिइने छ ।
– जलविद्युत आयोजना निर्माण – भारत र चीनका औद्योगिक प्रतिष्ठानहरूसँग मूल्य-शृंखला (Value Chain) मा जोडिन सक्ने forward and backward linkage भएका उत्पादनशील उद्योगहरूमा जोड । – हेभी-मेसिनरी तथा रसायन उद्योगहरू – सूचना-प्रविधि उद्योगहरू   नीतिहरू : राष्ट्रिय प्रतिष्पर्धात्मक क्षमता विकास र सुदृढीकरणसंग सम्बन्धित
  • गुणस्तर-युक्त रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा गएको जनशक्तिलाई मुलुकभित्र अवसर सिर्जना निम्न विषय-क्षेत्रमा उच्च प्राथमिकता रहनेछ ।
– कृषिको यान्त्रीकरण, व्यवसायीकरण र कृषि उत्पादनमा आधारित प्रशोधन उद्योग – पर्यटनसँग सम्बन्धित सेवा तथा उद्योग (साहसिक पर्यटनमा विशेष ध्यान सहित) – ऊर्जा-सघन उद्योग (Energy-Intensive Industry) – गैर-काष्ठ बनजन्य उत्पादनको व्यावसायिक खेती तथा प्रशोधन उद्योग – खानीजन्य प्रशोधन उद्योग – भारत र चीनका कारखानाहरूको मूल्य शृंखलामा आबद्ध हुन सक्ने इन्टरमेडिअरी उद्योग – उच्च प्राविधिक/व्यावसायिक शिक्षा तथा उन्नत चिकित्सा सेवा (पर्यटनसँग आबद्ध चिकित्सा पर्यटन)   नीतिहरू : रणनीतिक लगानीमा वृद्धिसँग सम्बन्धित
  • निम्न पूर्वाधारलाई सार्वजनिक रणनीतिक पूर्वाधार मानिने छ र वित्तीय स्रोतमा कमी हुन नदिने र द्रुत कार्यान्वयन विधि अवलम्बन गरिने छ ।
– कुल ५,००० मेघावाट उत्पादन क्षमताका जलाशय-युक्त मझौला तथा ठूला जलविद्युत परियोजना – प्रत्येक गाउँपालिका सम्म राष्ट्रिय प्रसारण ग्रिडको विस्तार र प्रत्येक घरमा स्वच्छ नवीकरणीय ऊर्जाको पहुँच – भारतीय सीमा देखि उत्तर चिनियाँ सीमा जोड्ने आठ वटा उत्तर दक्षिण राजमार्गसहितको आर्थिक करिडोर – काठमाडौँ-बिरगंज, काठमाडौँ-बिराटनगर, काठमाडौँ-पोखरा र लुम्बिनी-पोखरा द्रुतमार्ग – पूर्वपश्चिम रेलमार्ग – मधेश, मध्य-पहाड र उच्च पहाड क्षेत्र भएर एक-एक वटा पूर्व-पश्चिम राजमार्ग – निजगढ अन्तरराष्ट्रिय विमानस्थल – प्रादेशिक राजधानीलाई प्रशासनिक केन्द्रको रूपमा र प्रत्येक प्रदेशको अर्को एक शहरलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न शहरी पूर्वाधारमा लगानी – प्रत्येक जिल्ला सदरमुकामसम्म डबल-लेन राजमार्ग र प्रत्येक गाउँसम्म बाह्रमास चल्ने मोटर बाटो – प्रत्येक गाउँपालिकामा एउटा हेलि प्याड   नीतिहरू: रणनीतिक लगानीमा वृद्धिसँग सम्बन्धित
  • निजी क्षेत्रलाई अनुसन्धान, प्रविधि विकास (nano-technology) र सूचना प्रविधि जस्तो रणनीतिक लगानी गर्न प्रोत्साहित गर्न उपयुक्त विधि अवलम्बन गरिनेछ ।
  • रणनीतिक लगानीका अरू क्षेत्रहरू निम्न तीन मूल उद्देश्यबाट निर्देशित हुनेछन् ।
– खाद्य-पोषण सुरक्षा – ऊर्जा सुरक्षा – बाह्य परनिर्भरताको अन्त्य गरी शक्तिशाली अन्तर-निर्भरताको स्थापना – भारत र चीनको ठूलो बजारको उच्चतम लाभ लिने – नीतिहरू : उत्पादनका साधनमा सबैको समान र सहज पहुँच – आधारभूत शिक्षा (कक्षा १२ सम्म निःशुल्क र सर्वव्यापी), उच्च शिक्षामा सबैलाई विभेदरहित सहज पहुँच – आधारभूत निरोधात्मक तथा उपचारात्मक स्वास्थ्य निःशुल्क, सहज र विभेदरहित पहुँच – कडा रोगको उपचारमा न्यून आय वर्गलाई सहज पहुँच – मानव क्षमता विकासका सबै विधामा तालिम तथा क्षमता विकासको सहज पहुँच (खेलकुद, संगीत, नाट्य तथा ललित कला जस्ता विषयमा समेत) – वित्त बजारमा सबैको सहज पहुँच   नीतिहरू: सामाजिक सुरक्षा तथा विपदमा संरक्षण – असहाय, शारीरिक तथा मानसिक रूपमा अशक्त, टुहुरा बालबालिका, नियमित आय-स्रोत वा निवृत्तिभरणको प्रबन्ध नभएका ज्येष्ठ नागरिकलाई सम्मानित जीवन तथा सामाजिक सुरक्षाको प्रबन्ध – किसानहरूलाई मौसमी वा रोग-व्याधिका कारणले आउने विपदका विरुद्ध प्रभावकारी संरक्षण – श्रमजीवी कामदारहरूलाई व्यापार-चक्रका कारण उत्पन्न हुने बेरोजगारीको अवस्थामा संरक्षण – प्राकृत्तिक विपत्तिबाट हुने क्षति तथा विपदको प्रभाव न्यूनीकरण गर्ने पूर्वाधार र पूर्व तयारीमा निरन्तर ध्यान – उपभोक्ताहरूको गुणस्तर युक्त सेवा तथा सामान पाउने हक र कृत्रिम अभावका विरुद्ध सुरक्षा   नीतिहरू : पर्यावरणीय सन्तुलन तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण – उच्च हिमाली क्षेत्र र चुरे क्षेत्रको संरक्षण – जलाधार तथा पानीका स्रोतहरूको संरक्षण – जलवायु परिवर्तन अनुकूलन कृषि र जैविक खेतीको अनुसन्धान र प्रसारमा जोड (निश्चित अवधि पछि नेपाललाई पूर्ण जैविक खेती हुने मुलुकका रूपमा रूपान्तरण गर्ने गरी) नीतिहरू : समष्टिगत आर्थिक सन्तुलन
  • समष्टिगत आर्थिक सन्तुलन खल्बलिदा ठूला आर्थिक/वित्तीय संकट उत्पन्न हुनेगरेको अनुभवका आधार मूलतः निम्न क्षेत्रमा नीतिहरू केन्द्रित हुनेछन् ।
– सरकारी वित्त व्यवस्थापनमा सन्तुलन – बजार र अर्थतन्त्रको गतिशीलता अनुकूल र रोजगारी प्रवर्धनमा केन्द्रित मौद्रिक व्यवस्थापन – वित्तीय क्षेत्रमा अनुशासन र स्थायित्व अन्त्यमा नीतिहरूमा सरोकारवाला सबैको सुझाव लिएर नयाँ शक्तिका सदस्य पंक्तिमा छलफलबाट आम सहमति बनेपछि कार्यक्रमको खाका र उपलब्धिका सूचकहरू तर्जुमा गरिनेछन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: