Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

यस्तो छ नयाँ शक्ति नेपालको आर्थिक विकास सम्बन्धी नीति

\"nayashakti\"काठमाडौं । नयाँशक्ति नेपालले ललितपुरमा आयोजित निजि उद्योग व्यावसायिहरु सँगको अन्तरक्रिया मा नेपालको अर्थिक विकाश सम्बन्त्रि निति प्रस्तुत गरेको छ । आर्थिक विभाग प्रमुख रामेश्वर खनालद्धारा जारी अवधारणापत्रमा सहभागिता(मूलक समाजवादी व्यवस्था उन्मुख सामाजिक न्याय सहितको उदार बजारमुखी अर्थतन्त्रको निर्माण गरी सबैका लागि समृद्धि हासिल गर्ने उल्लेख गरिएको छ । यस्ताे छ नयाँ शक्ति नेपालको आर्थिक विकास सम्बन्धी नीति अन्तरक्रियामा प्रस्तुत अवधारणा-पत्र:   अवधारणा तर्जुमा गर्दा लिइएका आधारभूत मान्यताहरू: – यो प्रारम्भिक संक्षिप्त खाका हो । – सबै सरोकारवालाको विचार, सुझाव, प्रतिक्रिया संकलन गरे पछि नयाँ शक्ति नेपालले अवलम्बन गर्ने आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रमको दस्तावेज तयार गरिनेछ । त्यसपछि फेरी सबै सरोकारवाला र नयाँ शक्ति नेपालको संगठन भित्र सघन छलफल गरेर अन्तिम रूप दिइने छ । – नयाँ शक्ति नेपाल आर्थिक उत्पादन र रोजगारी सिर्जनामा क्रियाशिल उद्धमी-व्यवसायीसंग आर्थिक नीतिहरु तर्जुमा गर्दा निरन्तर संवादमा रहनुपर्छ भन्ने मान्यता राख्छ ।   मूलभूत आर्थिक सोंच सहभागिता-मूलक समाजवादी व्यवस्था उन्मुख सामाजिक न्याय सहितको उदार-बजारमुखी अर्थतन्त्रको निर्माण गरी सबैका लागि समृद्धि हासिल गर्ने रणनीतिहरु: – राष्ट्रिय प्रतिष्पर्धात्मक क्षमताको विकास र सुदृढीकरण – रणनीतिक लगानी (Strategic Investment) मा वृद्धि – उत्पादनका साधनमा सबैको समान र सहज पहुँच – सामाजिक सुरक्षा तथा विपदमा संरक्षण – पर्यावरणीय सन्तुलन तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण – समष्टिगत आर्थिक स्थायित्व नीतिहरु : राष्ट्रिय प्रतिष्पर्धात्मक क्षमता विकास र सुदृढीकरणसंग सम्बन्धित  – उद्यम तथा व्यवसाय मैत्री लगानीको वातावरण निर्माण गरिनेछ र निरन्तर सुधार जसका लागि निम्न विषय दृढता पूर्वक पालना गरिनेछ । – निजी लगानी, सम्पत्ति तथा आर्जनको पूर्ण सुरक्षा हुनेछ । – बन्द, सार्वजनिक हडताल, नाकाबन्दी, चक्काजाम गरिने छैन । – उत्पादन र नागरिकको दैनन्दिनी अवरुद्ध हुने गरी कुनै पनि राजनीतिक गतिविधि गरिने छैन ।   नीतिहरु: राष्ट्रिय प्रतिष्पर्धात्मक क्षमता विकास र सुदृढीकरणसंग सम्बन्धित – कुनै पनि सरकारी तथा निजी औपचारिक संगठनहरूमा नयाँ शक्ति नेपालले भगिनी संगठन वा राजनीतिक इकाईहरू खडा गर्ने छैन । उत्पादन गर्ने र सार्वजनिक सेवा प्रदान गर्ने निकायहरूमा कर्मचारी तथा कामदारहरूलाई दलगत राजनीति गर्न प्रोत्साहन गरिने छैन । – श्रमिकहरूको हक सुरक्षित गर्न, उनीहरूलाई अन्याय हुन नदिन नयाँ शक्ति नेपालको श्रम संगठनले समष्टिगत र इकाईगत औद्योगिक सम्बन्धको निरन्तर निगरानी गर्ने छ र सामूहिक सौदाबाजीमा सहजीकरण गर्नेछ । – व्यवसाय शुरू गर्न, कम्पनी खडा गर्न र व्यवसाय/कम्पनी बन्द गर्न लाग्ने प्रक्रिया सरलीकरण गरिनेछ र लाग्ने समय घटाइने छ । नीतिहरु : राष्ट्रिय प्रतिष्पर्धात्मक क्षमता विकास र सुदृढीकरणसंग सम्बन्धित प्रतिस्पर्धी बजारमा मूल्य स्वतन्त्रता हुनेछ । – मूल्य नियन्त्रण गरिने छैन । तर एकाधिकार वा अपरिपक्व बजार (Imperfect Market) भएको बेलामा कडा नियमनका पारदर्शी पद्धति हुनेछन् । – श्रम उत्पादकत्व वृद्धि गर्न सार्वजनिक-निजी साझेदारीमा निरन्तर तालिम कार्यक्रम गरिनेछ । – प्रविधि अनुसन्धान तथा विकासमा सार्वजनिक-निजी लगानी वृद्धि गरिनेछ । – उन्नत प्रयोगशाला (Advanced Laboratories) विश्वविद्यालयहरूमा स्थापना गरिनेछ । – सिन्डिकेट तथा कार्टेलिङ्गका विरुद्ध शून्य सहनशीलता – भ्रष्टाचारका विरुद्ध शून्य सहनशीलता   नीतिहरू : राष्ट्रिय प्रतिष्पर्धात्मक क्षमता विकास र सुदृढीकरणसंग सम्बन्धित
  • रोजगारी र राष्ट्रिय उद्यमीको प्रवर्धन हुने गरी प्रविधि तथा व्यवस्थापन सहितको वैदेशिक लगानी अति-संवेदनशील बाहेकका सबै क्षेत्रमा खुला गरिनेछ र खास गरी निम्न क्षेत्रमा जोड दिइने छ ।
– जलविद्युत आयोजना निर्माण – भारत र चीनका औद्योगिक प्रतिष्ठानहरूसँग मूल्य-शृंखला (Value Chain) मा जोडिन सक्ने forward and backward linkage भएका उत्पादनशील उद्योगहरूमा जोड । – हेभी-मेसिनरी तथा रसायन उद्योगहरू – सूचना-प्रविधि उद्योगहरू   नीतिहरू : राष्ट्रिय प्रतिष्पर्धात्मक क्षमता विकास र सुदृढीकरणसंग सम्बन्धित
  • गुणस्तर-युक्त रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा गएको जनशक्तिलाई मुलुकभित्र अवसर सिर्जना निम्न विषय-क्षेत्रमा उच्च प्राथमिकता रहनेछ ।
– कृषिको यान्त्रीकरण, व्यवसायीकरण र कृषि उत्पादनमा आधारित प्रशोधन उद्योग – पर्यटनसँग सम्बन्धित सेवा तथा उद्योग (साहसिक पर्यटनमा विशेष ध्यान सहित) – ऊर्जा-सघन उद्योग (Energy-Intensive Industry) – गैर-काष्ठ बनजन्य उत्पादनको व्यावसायिक खेती तथा प्रशोधन उद्योग – खानीजन्य प्रशोधन उद्योग – भारत र चीनका कारखानाहरूको मूल्य शृंखलामा आबद्ध हुन सक्ने इन्टरमेडिअरी उद्योग – उच्च प्राविधिक/व्यावसायिक शिक्षा तथा उन्नत चिकित्सा सेवा (पर्यटनसँग आबद्ध चिकित्सा पर्यटन)   नीतिहरू : रणनीतिक लगानीमा वृद्धिसँग सम्बन्धित
  • निम्न पूर्वाधारलाई सार्वजनिक रणनीतिक पूर्वाधार मानिने छ र वित्तीय स्रोतमा कमी हुन नदिने र द्रुत कार्यान्वयन विधि अवलम्बन गरिने छ ।
– कुल ५,००० मेघावाट उत्पादन क्षमताका जलाशय-युक्त मझौला तथा ठूला जलविद्युत परियोजना – प्रत्येक गाउँपालिका सम्म राष्ट्रिय प्रसारण ग्रिडको विस्तार र प्रत्येक घरमा स्वच्छ नवीकरणीय ऊर्जाको पहुँच – भारतीय सीमा देखि उत्तर चिनियाँ सीमा जोड्ने आठ वटा उत्तर दक्षिण राजमार्गसहितको आर्थिक करिडोर – काठमाडौँ-बिरगंज, काठमाडौँ-बिराटनगर, काठमाडौँ-पोखरा र लुम्बिनी-पोखरा द्रुतमार्ग – पूर्वपश्चिम रेलमार्ग – मधेश, मध्य-पहाड र उच्च पहाड क्षेत्र भएर एक-एक वटा पूर्व-पश्चिम राजमार्ग – निजगढ अन्तरराष्ट्रिय विमानस्थल – प्रादेशिक राजधानीलाई प्रशासनिक केन्द्रको रूपमा र प्रत्येक प्रदेशको अर्को एक शहरलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न शहरी पूर्वाधारमा लगानी – प्रत्येक जिल्ला सदरमुकामसम्म डबल-लेन राजमार्ग र प्रत्येक गाउँसम्म बाह्रमास चल्ने मोटर बाटो – प्रत्येक गाउँपालिकामा एउटा हेलि प्याड   नीतिहरू: रणनीतिक लगानीमा वृद्धिसँग सम्बन्धित
  • निजी क्षेत्रलाई अनुसन्धान, प्रविधि विकास (nano-technology) र सूचना प्रविधि जस्तो रणनीतिक लगानी गर्न प्रोत्साहित गर्न उपयुक्त विधि अवलम्बन गरिनेछ ।
  • रणनीतिक लगानीका अरू क्षेत्रहरू निम्न तीन मूल उद्देश्यबाट निर्देशित हुनेछन् ।
– खाद्य-पोषण सुरक्षा – ऊर्जा सुरक्षा – बाह्य परनिर्भरताको अन्त्य गरी शक्तिशाली अन्तर-निर्भरताको स्थापना – भारत र चीनको ठूलो बजारको उच्चतम लाभ लिने – नीतिहरू : उत्पादनका साधनमा सबैको समान र सहज पहुँच – आधारभूत शिक्षा (कक्षा १२ सम्म निःशुल्क र सर्वव्यापी), उच्च शिक्षामा सबैलाई विभेदरहित सहज पहुँच – आधारभूत निरोधात्मक तथा उपचारात्मक स्वास्थ्य निःशुल्क, सहज र विभेदरहित पहुँच – कडा रोगको उपचारमा न्यून आय वर्गलाई सहज पहुँच – मानव क्षमता विकासका सबै विधामा तालिम तथा क्षमता विकासको सहज पहुँच (खेलकुद, संगीत, नाट्य तथा ललित कला जस्ता विषयमा समेत) – वित्त बजारमा सबैको सहज पहुँच   नीतिहरू: सामाजिक सुरक्षा तथा विपदमा संरक्षण – असहाय, शारीरिक तथा मानसिक रूपमा अशक्त, टुहुरा बालबालिका, नियमित आय-स्रोत वा निवृत्तिभरणको प्रबन्ध नभएका ज्येष्ठ नागरिकलाई सम्मानित जीवन तथा सामाजिक सुरक्षाको प्रबन्ध – किसानहरूलाई मौसमी वा रोग-व्याधिका कारणले आउने विपदका विरुद्ध प्रभावकारी संरक्षण – श्रमजीवी कामदारहरूलाई व्यापार-चक्रका कारण उत्पन्न हुने बेरोजगारीको अवस्थामा संरक्षण – प्राकृत्तिक विपत्तिबाट हुने क्षति तथा विपदको प्रभाव न्यूनीकरण गर्ने पूर्वाधार र पूर्व तयारीमा निरन्तर ध्यान – उपभोक्ताहरूको गुणस्तर युक्त सेवा तथा सामान पाउने हक र कृत्रिम अभावका विरुद्ध सुरक्षा   नीतिहरू : पर्यावरणीय सन्तुलन तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण – उच्च हिमाली क्षेत्र र चुरे क्षेत्रको संरक्षण – जलाधार तथा पानीका स्रोतहरूको संरक्षण – जलवायु परिवर्तन अनुकूलन कृषि र जैविक खेतीको अनुसन्धान र प्रसारमा जोड (निश्चित अवधि पछि नेपाललाई पूर्ण जैविक खेती हुने मुलुकका रूपमा रूपान्तरण गर्ने गरी) नीतिहरू : समष्टिगत आर्थिक सन्तुलन
  • समष्टिगत आर्थिक सन्तुलन खल्बलिदा ठूला आर्थिक/वित्तीय संकट उत्पन्न हुनेगरेको अनुभवका आधार मूलतः निम्न क्षेत्रमा नीतिहरू केन्द्रित हुनेछन् ।
– सरकारी वित्त व्यवस्थापनमा सन्तुलन – बजार र अर्थतन्त्रको गतिशीलता अनुकूल र रोजगारी प्रवर्धनमा केन्द्रित मौद्रिक व्यवस्थापन – वित्तीय क्षेत्रमा अनुशासन र स्थायित्व अन्त्यमा नीतिहरूमा सरोकारवाला सबैको सुझाव लिएर नयाँ शक्तिका सदस्य पंक्तिमा छलफलबाट आम सहमति बनेपछि कार्यक्रमको खाका र उपलब्धिका सूचकहरू तर्जुमा गरिनेछन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending