Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

कांग्रेस केन्द्रीय सदस्यको मूल्य कति ?

\"nc-congress काठमाडौं । ‘हामी सामान्य कार्यकर्ता कांग्रेसको नेतृत्वमा पुग्छु भनेर त कहिल्यै नसोंचे पनि भयो’ नेपाली कांग्रेसको महाधिवेशनस्थल भृकुटीमण्डपमा भेटिएका एक प्रतिनिधिले भने भने, ‘पार्टीका विचारको राजनीतिक छैन, केवल पैसाको मात्र राजनीति हुन थाल्यो ।’ रामेछापबाट आएका ती प्रतिनिधिको भनाइ एकदमै गम्भीर छ । पार्टीको केन्द्रीय सदस्यका तीन सय बढी उम्मेदवारहरुको भड्किलो प्रचारप्रसार देखेर नै उनले कांग्रेस राजनीतिबाट पछि हट्ने धारणा बनाए । उनीमात्र होइन, कांग्रेसको नेतृत्वमा पुग्न विचार होइन, पैसाको आवश्यक छ भन्ने लामो समयदेखि कांग्रेस राजनीतिमा होमिएका सामान्यस्तरका कार्यकर्ताहरुलाई लाग्न थालिसकेको छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशन काठमाडौंमा जारी रहेको छ । तीन पदाधिकारीसहित निर्वाचित ६४ सदस्यका लागि भएको निर्वाचनमा ३१२ जना होमिएका छन् । यसअघि केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन गरेका ६३ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३१२ जना प्रतिष्पर्धी छन् । कांग्रेस महाधिवेशनमा भड्किलो प्रचार हुने भन्दै पटक पटक आलोचना पनि भएका छन् । त्यही भएर यसपटक कांग्रेसले महाधिवेशन अगावै समाजिक सञ्जालबाहेक अन्त्यत्र प्रचार गर्न नपाउने मापदण्ड नै बनाएको थियो । तर कांग्रेसको मापदण्ड केवल पार्टीको महाधिवेशनको प्रचारप्रसार गर्न मात्रै लागू भयो । महाधिवेशन प्रतिनिधि तथा उम्मेदवारको हकमा भने त्यो मापदण्डले छोएन । उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारका लागि टिसर्ट र टोपी मात्र बाँडेनन्, प्रतिनिधिहरुलाई जाँडरक्सीको खोलो बगाएका छन् । एक केन्द्रीय सदस्यका उम्मेदवारले एक लाख भन्दा बढी खर्चिएका छन्, चुनाव जित्नका लागि । पदाधिकारीको उम्मेदवारको खर्च त त्यो भन्दा तेब्बर रहेको स्वयं कांग्रेसका नेता कार्यकर्ताहरु बताउँछन् । तीन सय १२ जना उम्मेदवारको न्युनतम एक लाखको दरले खर्च गर्दा पनि तीन करोड भन्दा बढी खर्च हुने देखिन्छ । भड्किलो प्रचारप्रसार गर्ने परिपाटी कांग्रेसमा मात्र होइन, सबैजसो राजनीतिक दलहरुमा चल्ने गरेको छ । कांग्रेस महाधिवेशन उद्घाटनका दिन कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले नै भनेका थिए, राजनीति भनेको सामाजिक सेवा हो । तर राजनीतिलाई फोहोरी बनाइएको छ र नेताहरुमाथि पनि उत्तिकै गाली गर्ने गरिएको छ भन्दै उनले कहिलेकाँही आफैलाई आत्महत्या गरुँ जस्तो लागेको अभिब्यक्ति दिएका थिए । पौडेलको भनाइलाई आत्मसाथ गर्ने हो भने करोडौं खर्चिएर पार्टी नेतृत्वमा पुग्न आकांक्षीहरुले पार्टी नेतृत्वमा पुगेपछि समाजसेवाको भावना राख्छन्, कि आफूले चुनाव जित्दा गरेको लगानी उठाउन भ्रष्टाचारको बाटोमा अघि बढ्लान् भन्ने प्रश्नचिन्ह खडा भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending