Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

प्रचण्डको ‘एक नम्बर’को दौड : जित्लान् त ‘स्वर्ण’ ?

\"prachanda\"काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’को देशदौडाहा जारी छ । पछिल्लो केन्द्रिय समितिको बैठकबाट आगामी २ वर्षमा पार्टीलाई एक नम्बरको बनाउने उद्धघोष गरेका प्रचण्डलाई नयाँ शक्ति निर्माण अभियान छेडेका आफ्ना पूर्व सहकर्मी बाबुराम भट्टराईको चुनौति सामना गर्नु त छदैंछ । भद्रगोल अवस्थामा रहेको पार्टी प्रणाली सुधार्ने चुनौति र ठुलो अपेक्षामा चुलिएको असन्तुष्टीको सम्बोधन नगरी उनले भनेको एक नम्बरको पार्टी बन्दैन । उनी छन् । उनका मुख्य सहकर्मी मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई र राम बहादुर थापा ‘बादल’ जस्ता जनयुद्दका उनका सहकर्मी छैनन् । जनयुद्दको विरासत बोकेको माओवादीको मुल धार उनीसँगै छ । मुलधार रहनुको अर्थ उनीसँग जनयुद्दका एजेण्डाहरु छन् । जनयुद्दका नकारात्मक र सकारात्मक दुवैको मुलधार उनी नै हुन् । जनयुद्दको क्रान्तिकारी पार्टी विगारेको आरोप मात्रै उनीमाथि छैन । जनयुद्दले सिर्जेका उपलब्धी पनि उनीसँगै छ । जनयुद्दका बाँकी कार्यभार उनैले पुरा गर्नुछ । जनयुद्दमा १२ हजारको बलिदान भएको थियो । हजारौंको संख्यामा घाईते तथा अपांग भए । ति सबैको जिम्मेवारी उनको काँधमा छ । पार्टीमा वर्ग उत्थान भएको छ । नेताहरुसँग जनयुद्धको विश्वास पूर्ण नगुमेपनि विश्वासको उही आधारभुमि छैन । जनयुद्ध लडेका हजारौं योद्धा अरबी भूमिमा छन् । तिनीहरु उतैबाट कहिले उत्तेजित हुन्छन् र उनलाई गाली गर्छन् । उनले जित्दै गर्दा ति खुशि हुन्छन् र प्रचण्डलाई स्यावास भन्छन् । ति सबका मन फर्काउनु छ । गुमेको विश्वास पून आर्जन गर्नु, सिथिल जस्ता नेता कार्यकर्तामा ज्यान भर्नु, पार्टीमा भएको वर्ग उत्थान पूर्णत रोक्नु र तीनलाई सर्वहाराकरणको वर्गभट्टीमा होम्दै जनआधार खडा गर्नुलाई एकमुष्ठ हेर्दा जो कोहीलाई कहाली लाग्न सक्छ । तर प्रचण्डले यो गर्नुछ –नत्र उनको पार्टी एक नम्बरको बन्दैन । एमाओवादीका आफ्नै नेता तथा कार्यकर्ताले ‘एक नम्बर’को कुरा गरेपनि विश्वस्त छैनन् । प्रचण्ड आफैलाई लागेको छ–उनका कुरा आफ्नैहरुले विश्वास गरेका छैनन् । बेलाबेलामा भन्छन् –मेरा कुरा तपाईहरुलाई विश्वास लाग्ने थिति छैन । उनी शंका सहित एक नम्बर भन्न छोड्दैनन् । विहानदेखि बेलुकासम्म प्रचण्डलाई पानी पिउन फुर्सद छैन । उनी अहोरात्र मेहेनतमा छन् । उनका सहकर्मीहरु उनका अघि उनीजस्तै लागेर या झुण्डिएर उनीसँगै दौडिएका भेटिन्छन् । तर उनीहरु आफैं भने ‘एक नम्बर’ बन्ने दौडमा वाध्यताबश हिडेका बुढा यात्रिहरुजस्ता लाग्छन् । प्रचण्डले भनेको ‘एक नम्बर’ बनाउन प्रचण्ड एक्लैले सक्दैनन् । उनको पार्टीमा क्रान्तिकारी ज्यान नभरी त्यो सम्भव पनि छैन । पार्टीको ज्यान भर्नु भनेको संगठनलाई चलायमान बनाउनु हो । एमाओवादीको संगठनात्मक प्रणाली छोइनसक्नुको छ । नेताहरुले आआफ्ना ‘एसमेन’ च्याप्न छोडेका छैनन् । उनीहरुले यसो गर्न नछोडेसम्म कार्यकर्ता तहमा संगठनात्मक विश्वास भरिदैन । प्रचण्डले यतातिर ध्यान दिएका छन् या छैनन् । कहिलेकांही प्रचण्ड बढी आत्मविश्वासी हुन्छन् । अरु दलसँगको राजनीतिक मोर्चामा पर्याप्त कुटिलता र चालकदमीले काम गर्छ तर पार्टी निर्माणमा त्यो पक्ष सहायक हो । पार्टी निर्माणमा विचार, स्पष्ट राजनीति र त्यसलाई लागु गर्ने संगठन चाहिन्छ । संगठन नै उनको एकमात्र एक नम्बरको यस्तो अस्त्र हो जहाँ उनको ध्यान अझै पुगेको छैन । संविधान निर्माण गरेको जस र राजनेताको सामाजिक स्विकारोक्तिले यतिबेला प्रचण्डलाई तेस्रो हुनुको दुख छैन । हो यहिंनेर प्रचण्ड सचेत रहनु जरुरी छ । उनी दुखमा तलका आफ्नाहरुसँग जाने र सुखमा उपल्लाहरुसँग रमाउँछन् भन्ने आरोप उनकाहरुले लगाँछन् । सारमा प्रचण्डले दुनियाँ होइन तल झोक्राएर बसेका आफ्नाहरुलाई खुश बनाए भने उनको ‘एक नम्बर’को दौड अभियानमा ‘स्वर्ण’ जित्लान् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending