Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

आइतबारबाट बिहानैदेखि इन्धन बाँडिने

\"petrol\"काठमाडौं । अब विहानैदेखि इन्धन बाडिने भएको छ । साँझको समयमा इन्धन बिक्री वितरण गर्दा अनियमितता एवम् कालोबजारीसमेत बढेको गुनासो आएपछि नेपाल आयल निगमले बिहानदेखि नै बिक्री गर्न पेट्रोल पम्पलाई निर्देशन दिएको हो । इन्धन वितरणमा कोटा प्रणाली खारेज गरेको भए पनि पेट्रोल पम्पका अगाडि लाइन उस्तै रहेको भन्दै निगमले विहानैबाट इन्धन बाँड्न निर्देशन दिएको हो । निगमले राजधानीका कारबाहीमा परेका पेट्रोल पम्पबाहेक अरुलाई बिहान ७ बजेदेखि नै इन्धन बिक्री वितरण गर्न निर्देशन दिएको छ । निगम प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले पम्पअगाडि लामा लाइन रहने र रातिको समयमा इन्धन वितरण गर्दा अनियमितता भयो भन्ने गुनासो पनि व्यापक रुपमा आएकाले बिहानबाटै उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिए । यस्तै, गृहमन्त्रालयको समन्वयपछि सुरक्षा निकायका पेट्रोल पम्प चौबीसै घन्टा सञ्चालन गरिने भएको छ । उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पम्प सञ्चालनमा रहेका छन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतले इन्धन वितरणमा पारदर्शी प्रणाली अपनाउन निर्देशन दिएलगत्तै उपत्यकाका सुरक्षा निकायका पम्पबाट चौबीसै घन्टा उपलब्ध गराउने भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र आपूर्ति मन्त्रालयको निर्णयपछि निगमले गत साताबाट चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलमा लाग्दै आएको कोटा खारेज गरेको थियो । निर्देशनअघि मोटरसाइकललाई पाँच र चारपाङ्ग्रे सवारी साधनलाई १५ लिटर इन्धन उपलब्ध गराइँदै आएको थियो । निगमले मागअनुसार भारतबाट सहज मात्रामा इन्धन आयात नभएको जनाउँदै आएको छ । वीरगन्ज नाकाबाट सहज अवस्थामा २६ लाख लिटर इन्धन आयात हुनुपर्नेमा हाल औसतमा २० लाख लिटरमात्रै आयात भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies