Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

ओलीले भने : संविधान देशवासीको साझा सम्पत्ति

\"Kp-oli1\" काठमाडौं ।  प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक मूल्य मान्यताका आधारमा निर्माण भएको संविधान सम्पूर्ण देशवासीको साझा सम्पत्ति रहेको बताएका छन् । नेकपा एमाले पार्टीद्वारा सञ्चालित तीन महिने तराई–मधेस अभियानको समापन समारोहलाई शनिबार विराटनगरको सहिद मैदानमा सम्बोधन गर्दै सो कुरा बताएका हुन हो । संविधान बन्न नदिने षडयन्त्रलाई पराजित गर्दै संविधान निर्माणको कामलाई एमालेले ऐक्यबद्ध भएर अगाडि बढाएको प्रसङ्ग उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले यस संविधानमा समानताको हक, मानवअधिकार, स्वतन्त्र न्यायपालिकाका साथै मधेसी, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम र महिलालाई विशेष अधिकार प्रदान गरेको जानकारी गराए। संविधानमा अधिकारको विषयमा कसैलाई अन्यौल र भ्रममा नपर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले १२५ जनजाति र १२३ भाषाभाषी भएको मुलुकमा सबैको धर्म र संस्कृतिको संरक्षण गर्ने खालको संविधान रहेको बताए । उनले मधेसी–पहाडी भनेर दुश्मनी फैलाउने प्रयास भइरहेकाले यसलाई चिर्न सबैलाई सामाजिक सद्भाव बलियो बनाउनेतर्फ जुट्न सुझाव दिए । उनले कसैको जिद्धी र लहडमा संविधानको संशोधन हुँदैन भन्ने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले जनताको हकहितलाई ध्यानमा राखी संविधानलाई संशोधन गर्न सकिने दावी गरे। प्रधानमन्त्री ओलीले भने–हालै भारत भ्रमणबाट दुई देशबीचको असमझदारी हटेको, नाकाबन्दीको अवस्था समाप्त भएको र भारतसहित सारा संसारले संविधानलाई स्वागत गरेको छ ।” उनले संविधान निर्माणको काम सम्पन्न भइसकेको र अब राष्ट्र निर्माणको काममा एकजुट भएर अगाडि बढाउनुपर्ने बताए । विकासमा सरकार प्रतिबद्ध प्रधानमन्त्री ओलीले विकास निमार्णमा सरकार प्रतिबद्ध रहेको बताउदै भने – रानी, विराटनगरदेखि चीनको सिमाना किमाथाङकासम्म दुई लेनको पक्की सडक निर्माणको सर्भे सुरु भएको छ र १५ वर्ष्भित्र सप्तकोसीलगायतका नदीबाट सिँचाइको प्रबन्ध मिलाउन सर्भेगरी कृषि क्षेत्रलाई आधुनिकीकरण गरिने जानकारी दिए ।” उनले एक वर्ष्भित्र विद्युत्भार कटौतीको अन्त्य गरिने र दुई वर्ष्भित्र उद्योगलाई उनीहरुको आवश्यकताअनुरुपको विद्युत् उपलव्ध गराउने लक्ष्यका साथ सरकारले काम अगाडि बढाएको जानकारी दिए । ओलीले धरान, चतरा हुँदै गाईघाट, कटारी तथा मकवानपुरसम्म सडक निर्माणका लागि सर्भेको काम सुरु भएको र मध्यपहाडी पुष्पलाल मार्गलाई स्तरोन्नती गरिनुका साथै हुलाकी राजमार्ग दुई लेनको बनाउने कार्यमा सरकार अग्रसर भइसकेको जानकारी गराए । उनले काठमाडौँमा मेट्रो सन्चालनका साथै काठमाडौँबाट लुम्बिनी र रसुवागढी रेलमार्गले जोड्नेतर्फ पनि प्रयास गरिने बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending