Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

बन्दसत्र छाडेर सडकमा भोट माग्दै कांग्रेसका उम्मेदवारहरु

\"NC काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी रहे पनि महाधिवेशन प्रतिनिधिहरु भने बन्द सत्र छाडेर सडकमा भोट माग्दै हिँडेका छन् । विहीबारदेखि शुरु भएको महाधिवेशनमा आइतबार निर्वाचन कार्यक्रम रहेको छ । भृकुटीमण्डपभित्र बन्दसत्र चलिरहे पनि प्रतिनिधिहरु भने प्रदर्शनी मार्गको सडकमा भोट माग्दै हिडेका छन् । कांग्रेसको महाधिवेशनका प्रतिनिधिहरु प्रदर्शनीमार्गमा नाचागान र आफ्ना उम्मेदवारको पक्षमा नाराबाजी गरिरहेका छन् । कांग्रेस महाधिवेशन प्रतिनिधिहरुका कारण प्रदर्शनी मार्ग मेलाजस्तै बनेको छ । \"NC पार्टी नीति विपरीतको प्रचारप्रसार कांग्रेसले महाधिवेशन अगाडि नै महाधिवेशन भड्किलो नबनाउन भन्दै विभिन्न आचारसंहिताहरु बनाएको थियो । विगतका महाधिवेशनमा उम्मेदवारहरुले पैसाको खोलो बगाउने गरेको भन्दै आलोचना हुने गरेकाले यसपटक महाधिवेशन अघि नै भड्किलो प्रचार रोक्न भन्दै आचारसंहित बनाइएको थियो । कांग्रेसले भड्किलो प्रचार नगर्न भन्दै तुल ब्यानरसमेत प्रयोग नगर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार महाधिवेशन प्रचारप्रसारका लागि राजधानीमा महाधिवेशनको एक दिनअघि सडकका विजुलीका पोलहरुमा झण्डा राख्ने र केही चोकहरुमा स्वागत गेट बनाउनेबाहेक अन्य कुनै तुल ब्यानरहरु प्रयोग गरेको थिएन । महाधिवेशनलाई प्रविधियुक्त बनाउने भन्दै समाजिक सञ्जाल तथा मिडियाहरुमा मात्र प्रचारप्रसार गर्ने निर्णय गरिएको थियो । तर महाधिवेशनको बन्दसत्र शुरु भएपछि भने आफैले बनाएको नियमविरीत प्रचारप्रसार भइरहेको छ । \"NC कांग्रेसका शेरबहादुर देउवा तथा रामचन्द्र पौडेल समूहले प्रदर्शनीमार्ग मात्र होइन, राजधानीका चोक चोकमा देउवा जिताउँ अभियाना र पौडेल जिताउँ अभियानका फ्ल्याक्स बोर्डहरु टाँगिएका छन् । उम्मेदवारहरुले प्रतिनिधिहरु बसेका होटलहरुमै जाँडरक्सीको खोलो बगाएका छन् । (तस्विरः रासस)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: