Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

मधेसबाट कोषाध्यक्ष किन छान्दैछ कांग्रेस ?

\"chitralekha-umakanta-sitadevi\"       काठमाडौं । नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशनमा तीन प्यानल प्रतिष्पर्धामा छ । कांग्रेसका सधैं नेतृत्वको दाबी गर्ने बरिष्ठ नेता शेरबहादुर देउवा, कोइरालाको विरासतपछि आफू नै नेतृत्वमा आउन पाउनुपर्ने भन्ने रामचन्द्र पौडेल र संस्थापनपक्षकै खिलापमा नेतृत्वमा आउन चाहेका कृष्णप्रसाद सिटौलाको तीन छुट्टाछुट्टै प्यानल पार्टीको चुनावी प्रतिष्पर्धामा छ । तर संयोग यस्तो परेको छ कि तीनै वटा प्यानलले कोषाध्यक्ष भने मधेसलाई छुट्याएको छ । कोषाध्यक्ष मधेसबाटै हुनुपर्छ भन्ने कांग्रेस विधानमा पनि कहिँ कतै उल्लेख छैन । तर तीनै प्यानलबाट कोषाध्यक्षको उम्मेदवार बनाइएकाहरु मधेसका प्रतिनिधि हुन् । चित्रलेखा यादव कांग्रेस नेता शेरबहादुर देउवाले चिरपरिचित महिला चित्रलेखा यादवलाई कोषाध्यक्षको उम्मेदवार खडा गरेका छन् । यसअघि १२ औं महाधिवेशनबाट पनि नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित चित्रलेखा सन् १९९९ को प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएकी थिइन् । कांग्रेस विभाजित भएको बेला शेरबहादुर देउवाको प्रजातिन्त्रक कांग्रेसमा उनी कार्यबाहक सभापति समेत भएकी थिइन् । उनी संविधानसभाको चुनावमा सिराहा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् ।कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारमा उनी शिक्षामन्त्रीसमेत भएकी थिइन् । उमाकान्त चौधरी नेपाली कांग्रेसका जारी महाधिवेशनमा सिटौला प्यानलबाट कोषाध्यक्षका उम्मेदवार बनेका उमाकान्त चौधरी पनि कांग्रेसका पुरानै अनुहार हुन् । उनी सन् १९९९मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । सन् २००४ को संसदको निर्वाचनमा पनि उनी नेपाली कांग्रेसबाट निर्वाचित भए । त्यतिबेला उनी कृषि राज्यमन्त्री समेत भए । सन् २००९ मा उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए । बारा क्षेत्र नम्बर ५ बाट उनी संविधानसभा निर्वाचनमा निर्वाचित समेत भएका थिए । सीतादेवी यादव कांग्रेसको जारी महाधिवेशनमा देउवा र सिटौलाले मधेसबाट प्रतिनिधित्व गर्ने गरी कोषाध्यक्षको उम्मेदवार खडा गरेपछि संस्थापन पक्षका भनिएका रामचन्द्र पौडेलले पनि आफ्नो प्यानलबाट मधेसकै प्रतिनिधित्व गराए । अन्तिम समयसम्म पनि कोषाध्यक्ष पद रिक्त राखेका उनले कोषाध्यक्षमा सीतादेवी यादवको मनोनयन दर्ता गराए । सीतादेवी कांग्रेसको केन्द्रीय राजनीतिमा भने आइसकेकी छैनन् । तर सांसद यादव नेपाली कांग्रेसकी एक मात्र महिला जिल्ला सभापति हुन् । सिरहा क्षेत्र नम्बर ३ बाट संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित भएकी यादव ०५७ सालमा श्रीमान् चन्द्रनारायणको हत्यापछि सक्रिय राजनीतिमा आएकी हुन् । उनले त्यसभन्दाअघि कांग्रेसको क्रियाशील सदस्यतासमेत कहिल्यै लिएकी थिइनन् । त्यसपछि उनी कांग्रेसको ११ औं महाधिवेशनका बेला पनि जिल्ला सभापतिमा निर्वाचित भएकी थिइन् । उनका श्रीमान चन्द्रनारायण माओवादी जनयुद्धका बेला विद्रोही पक्षबाट मारिएका थिए । चन्द्रनारायण जिविस सभापति थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending