Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

देउवा, पौडेल र सिटौलामा को शक्तिशाली ?

\"deuba-poudelकाठमाडौं । कांग्रेसमा नेतृत्व हत्याउन भोलि बिहानदेखि निर्वाचन हुँदैछ । यसपटक सपभातिका लागि संस्थापनबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला चुनावी मैदानमा छन् भने, अर्को पक्षबाट नेता शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रेका छन् । पौडेलको लागि कोइराला परिवारको साथ सहयोगले फाइदा पुगे पनि महामन्त्री सिटौलासहित युवा नेता गगन थापाााको नहुँदा अप्ठ्यारो छ । सभापतिमा जित्न ५१ प्रतिशत मत आवश्यक पर्छ । तीन पक्षीय भिडन्तमा यसपटक देउवा पक्षले भने पहिलोपटक नै जित्ने दाबी गर्दै आएको छ । पछिल्लो समय जनजाति तर्फका कूलबहादुर गुरुङ, सूर्यमान गुरुङदेखि, खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जिीवी वाग्लेसहितका नेताको पनि साथ छ । तर, खड्का, जोशी र वाग्ले भ्रष्टाचारमा मुछिएकोले उनीहरु धेरै शक्तिशाली नहरेको बताइन्छ । यद्यपी सादगी व्यक्तित्वका धनी कूलबहादुर सहयोगले जनजातिको भोट तान्न पनि देउवालाई सजिलो भएको छ । पौडेल पक्षले पहिलो चरणमा साँघुरो जित आफ्नो पक्षले हासिल गर्ने त्यो नभए दोस्रो चरणमा जित हासिस गर्ने दाबी गरेको छ । मधेसमा पनि उनी बलिया देखिएका छन् । प्रभावशाली नेताहरु विमलेन्द्र निधि, चित्रलेखा यादव, फरमुल्लाह मन्सुर, अमरेशकुमार सिंहसम्मको साथ देउवालाई छ । संस्थापनमा मधेसी मूलबाट  ठूला नेता छैनन् । यद्यपी पूर्व राष्ट्रपति रामवराण यादव र कोइराला परिवारको साथ र सहयोगले मधेसका पौडेल पक्ष साह्रै नराम्रो अवस्थामा छैन । कार्यकर्तामा राम्रो पकड बनाएका सिटौलाले संस्थापनकै भोट काट्ने देखिएको छ । सिटौलाले ७ सय भोट आफूले ल्याउने दाबी गरेका छन् । यस्तोमा देउवा पक्षले पहिलो चरणमा नै १६ भोट कटाउनुपर्छ । अन्यथा पहिलो चरणमा कसैको पनि मत पुगेन भने अन्तिममा संस्थापनका दुई पक्ष मिल्दा देउवा पराजित हुन सक्नेछन् । अहिलेसम्म कांग्रेसको  सभापति  नभएको र दृढता, निर्णयक्षमता भएको भन्दै देउवाले भोट मागिरहेका छन् । नेता पौडेल भने नीति, नियम, पार्टी सुदृढीकरण र रुपान्तरणको मुद्दा लिएर अघि बढेका छन् । सिटौला पार्टीमा राजनीतिक विरासत नभई क्षमताले चल्नुपर्ने भन्दै युवालाई आफूतिर तानिरहेका छन् । रोचक भिडन्त महामन्त्रीमा कांग्रेसको १३ औं महाधिवेशनमा देखिने अर्को रोचक भिडन्त भने महामन्त्रीमा हुँदैछ । बिपीपुत्र शशांकदेखि युवामा लोकप्रिय नेता गगन  थापा र उनका ससुरा एवं देउवा पक्षाबाट गतिलो साथ पाएका अर्जुननरसिंह केसी मैदानमा छन् । पौडेल पक्षबाट शशांक, देउवा पक्षबाट केसी र सिटौला पक्षबाट गगन महामन्त्रीको दौडमा छन् । महामन्त्रीका लागि पनि पहिलो चरणमा जसले बढी भोट ल्याउँछ उही नै विजयी हुन्छ । गगनले संस्थापनकै भोट काट्ने भएकोले देउवा पक्षका केसी विजयी हुने अनुमान गर्न थालिएको छ । कोषाध्यक्षमा मधेसीबीच टक्कर कोषाध्यक्षमा पनि तीनै पक्षले तराई मधेसबाट उम्मेदवार अघि सारेका छन् । पौडेलले सिरहाकी पूर्व सभापति सीतादेवी यादव, देउवाले पूर्व कोषाध्यक्ष चित्रलेखा यादव र सिटौलाले केन्द्रीय सदस्य उमाकान्त चौधरीलाई अघि सारेका छन् । कोषाध्यक्षमा संस्थापनमा दुई उम्मेदवारा भएपछि चित्रलेखाको सम्भावना बढी छ । तर, सरकारमा मन्त्री हुँदा गरेको भ्रष्टाचारपछि उनी बद्नाम छिन् । यद्यपी अघिल्लोपटक पनि जितेको  र अरु दुई प्रतिस्पर्धी लो प्रोफाइलका भएको कारणले पनि चिलेखाले जित्ने अनुमान छ । तर, सीतादेवी इमान्दार र  स्वच्छ छवि भएकी नेतृ हुन् । सहिद परिवारकी उनी तीन पटक सिरहा कांग्रेसको सभापतिसमेत भएकी थिइन् । केन्द्रीय समितिमा ६१ पदका लागि पनि  भोलि (आइतबार) नै मतदान हुँदैछ । ६१ पदका लागि (पदाधिकारीसहित) ३७५ को उम्मेदवारी परेको छ । यसमा शनिबार १२  बजेसम्म उम्मेदवारी फिर्ताको समय छ । होटलमै पुगी भोट माग्न व्यस्त केन्द्रीय सदस्यका आकांक्षदेखि पदाधिकारीका आकांक्षीसम्म महाधिवेशन प्रतिनिधिलाई राखिएको होटलसम्मै पुगी भोट माग्न व्यस्त छन् । बिहानैबाट उनीहरु प्रतिनिधि बसेका ठमेल, सुन्धारा, गौशाला, बगाबजारका होटालमा पुगी भोट माग्न व्यस्त भएका हुन् । झण्डै ३२ सय प्रतिनिनिधले महाधिवेशनमा भाग लिंदैछन् । शनिबार दिनभर नीति कार्यक्रममा छलफल भई पास भएपछि आइतबार बिहानबाट मतदान हुँदैछ । मतदानमा ९ रङका मतपत्र हुनेछन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending