Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

सङ्गीत के हो ?

सङ्गीतको उत्पत्ति समाजबिकासको निन्नतर अवस्थामा भएको थियो । यसको भूमिका मुख्यतया उपयोगीतावादी थियो । कामको गतिको लयले आफुलाई सुदृढ बनाउने त्रममा र कामलाई अझ बढि उत्पादनशील बनाउनका लागि सहयोग पुर्याउन धुनको आविस्कार गर्यो । लयले जनसामान्यलाई एकिकृत प्रक्रियामा संयुक्त बनायो । सङ्गीतले मानवीय बोलीको माध्यमबाट ध्वनी माध्यमको कार्यलाई सुदृढ बनाउने र बिकसित गर्ने काम गर्दछ । सुरुमा सङ्गीत साहित्यको निकटको सहचार्यमा बिकसित भएको थियो । काव्यात्मक रचनालाई मधुर स्वरमा स्वरवद्ध गरियो र यसैलाई गाउन थालियो । सङ्गीतले नृत्यसित पनि उस्तै संस्लेषण निमार्ण गर्यो । सङ्गीतकलाले ध्बनीका त्यस्ता बिशिष्ट किसिमका ध्वनीहरुको श्रृजना गर्दछ, जुन प्रकृति र संगितभन्दा बाहिर फेला पर्दैनन् । अनि यी ध्वनिहरु कहाँबाट आउँछन् त ? दुबोसले के औंल्याएका छन् । भने जसरी एकजना चित्रकारले प्रकृतिका रङ्ग र रुपहरुको अनुकरण गर्दछ, त्यसरी नै सङ्गीतकारले पनि ध्वनिहरु, स्वरका आरोह अवरोह लामो सासको फेराइ वा सुस्केरा आवाजको स्वराघात परिर्वतनलाई छोटकरीमा भन्दा अनुभूति र भावावेशलाई अभिव्यक्त गर्ने प्रकृतिको सहयोग लिएर सबै किसिमका ध्वनिको अनुकरण गर्दछ ।   हबर्ट स्पेन्सरले पनि के मुल्याङ्कन गरेका छन् भने सङ्गीत आवेशपूर्ण उत्तेजक बोलीबाट उत्पन्न भएको हो । साङ्गीतिक ध्वनि एक किसिमको स्वरहरुको आरोह अवरोह हो, स्वराघात हो । आवाज नै पहिलो साङ्गीतिक उपकरण हो । सङ्गीतको आधारमा लय र सुस्वरता हो र तिनको सम्मिश्रणबाट नै मधुर सङ्गीतको उत्पादन हुन्छ । बोलीको स्वरको आरोह–अवरोहको पहिलो साङ्गीतिक सामान्यीकरण लोकधुनमा भएको थियो र ति लोकधुनको श्रृजना र परिष्कार हुन शताबादीायौं लागेको थियो । मानवबोलीको स्वरारोह–अवरोह सङ्गीतिक बिम्बको आधारमा निहित हुन्छ र त्यो सदासर्वदा संवेगात्मक हुने गर्दछ । यसले सङ्गीत कलाको एउटा त्यस्तो छाप छाड्छ, जसले आफ्ना श्रातासित आत्माको प्रत्यक्षभाषामा कुराकानी गर्दछ । हर्ष बिस्मात , शोकका भावनाालाई र संबेग र आबेगका समग्र परिधिलाई उद्धेलित गर्दछ । सङ्गीतिक बिम्ब मानवीय भावनाले बनेको छ । [caption id=\"attachment_63051\" align=\"alignleft\" width=\"400\"]\"युरी                                             युरी बोरेभ[/caption] संङ्गीतमा अनुप्रासात्मक,अनुुरणनात्मक ार प्रतिरुपात्मक तत्वहरुपनि हुने गर्दछन् । साङ्गीतिक बिम्बमा चित्रकलाको दृश्यात्मक प्रभावको अभाव हुन्छ । र शब्दको ठोस अर्थ हुदैन् । यसले एकदमै सुनिश्चित धारणालाई पनि सम्प्रेषित गर्दैन न यसले आँखाले देखिने मुर्त चित्र नै सृजना गर्दछ । न त घटनाहरुकै वर्णन गर्दछ । मानवीय भावना र चिन्तनहरुलाई प्रतिबिम्बन गरे सरह त्यति बढी यसले वस्तुगत संसारलाई चित्रण गर्दैन । सङ्गीत आन्तरिक रुपले नै गतिशील हुन्छ । यसमा विशेष किसिमका ध्वनिहरु मात्र होईन, ती ध्वनिहरुका गति र मानवीय संवेगहरुको समग्र सप्तकलाई अभिब्यक्त गर्ने कालका तिनको प्रवाहसमेत हुन्छ । यो ध्वनिहरुको कविता हो । (एल.स्टोाकोब्स्की ) सङ्गीतले ध्वनि बिम्बहरुको माध्ययमबााट जीवनमा सारभूत प्रक्रियालाई अभिव्यक्त गर्दछ । बीथोभेनको सङ्गीतले भयानक सङ्र्घषका प्रतिध्वनिहरु भव्य अभियान र बिजयहरु क्रान्तिकारी प्रयााण (मार्च) का अनुतान लय र ताललाई सम्प्रेषित गर्दछ । उनको पाँचौं सिम्फोनीको अन्तिम भागका लागि यो एकदमै सत्य हो । यस सङ्गीतलाई रौम्याँ रोलाले गौरब–गाथाका रुपमा,लडाई र भव्य बिजयहरुको सङ्गीतका रुपमा वर्णन गरेका छन् । सङ्गीत सर्वाधिक जटिल कला–प्ररुप भएको कारणले यसका बिम्बहरुको सुस्पष्ट बिषयबोधक कार्य हुदैन, यसले अन्तप्र्रज्ञात्मक सौन्दर्यशास्त्रीय धाराणका निम्ती आधार प्रदान गरेको थियो । तर्कबुद्धिवादले सङ्गीतलाई मनको प्रच्छन्न गणितीय अभ्यासका रुपमा परिभाषित गर्दछ । शोपेनहावरले सङ्गीतलाई आत्माको गोप्य आध्यात्मिक अभ्याास मानेका छन् । यो आकाङ्क्षाको अन्ध, अचेतन र सर्बव्यापी तात्कालिक बिम्ब हो, सङ्गीतले यसलाई दार्शनिक रुप दिन सक्दैन । शोापेनहावरका अनुसार दृश्यात्मक संसारको सङ्ज्ञानसित सङ्गीतको सरोकार छैन् । किनभने वस्तुगत संसारबाट यो स्वतन्त्र हुन्छ, वस्तुगत संसारको अस्तित्व नभएको अखण्डमा पनि यसको अस्तित्व रहन्छ, तर अरु कलाका बारेमा यस्तो भन्न सकिन्न ।   यसका विपरीत स्पेङ्लरले सङ्गीतलाई माानवीय सङ्ज्ञानको अति उच्च रुप मानेका छन् । जे होस, सङ्गीतको सङ्ज्ञानात्मक सामथ्र्यको न अतिरञ्जना, न त अस्वीकृति, न अन्तप्र्रज्ञात्मक, न त तर्कबुद्धिपरक धारणा कुनैले पनि यसको आरोह –अवरोहमा आधारित ध्वनिको विशेष प्रकारको माध्यमबाट अभिव्यक्त संवेगात्मक अनुभव र भावनाले ओतप्रोत विचार सङ्गीतको प्रकृति यही नै हो । सङ्गीतात्मक पद्धतिका मुख्य तत्व र अभिव्यञ्जनात्मक साधनहरु सुमधुर स्वरारारोह संरचना, बनोट सामञ्जस्यता, वृन्दवादन, लय–ताल, ध्वनिगुणता र गतिशीलता हुन् । सङ्गीत कुन अर्थमा वास्तुकला सरह छ भने दुबै नै अत्याधिक मात्रामा लयमा निर्भर हुन्छन् र यी दुबैका बिम्बका रुप जीवनभन्दा अलि परका हुन्छन् । दुबै ठोस जीवन–सामाग्रीभन्दा केही टाढा हुन्छन्, तिनले सङ्कल्पित आकारका बिम्बमा प्रवेश गर्दछन् र अन्यमा तिनको प्रतिबिम्बनको विशिष्ट सामथ्र्य हुन्छ,तिनले व्यष्टि पक्ष वा घटना प्रधान जीवनको पक्षलाई होईन, जीवनको सार र यसको आत्मालाई प्रतिबिम्बित गर्दछन् ।   अनुवाद : निनु चापागाईं
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies