Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

विप्लव माओवादी नेतृत्वमा ‘देशभक्तहरु’ को मोर्चा

काठमाडौं, बढ्दो भ्रष्टाचार, महँगी, कालोबजारी, कमिसनखोरीका विरुद्ध संघर्ष गर्नका लागि भन्दै नेकपा माओवादीले संयुक्त मोर्चा बनाएको छ । राष्ट्रियताको रक्षा गर्न तथा जनजीविकालगायतका सवालमा सहमति जनाउने राजनीतिक दलका प्रतिनिधिहरुलाई एउटै मञ्चमा समेट्नेगरी मोर्चा गठन गरिएको बताइएको छ । गोप्य रुपमा राजधानीमा सम्पन्न भेलाका निर्णयहरु सार्वजनिक गर्न मोर्चाले बुधबार अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गरेको छ । फागुन २६ गते राजधानीमा राष्ट्रिय भेला सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भेलाले मोर्चाको विधान र समसामयिक राजनीति, देशको अवस्था र मोर्चाको लक्ष्य–उद्देश्य समेटिएको राजनीतिक प्रतिवेदन समेत पारित गरेको छ । मोर्चाको केन्द्रीय ४५ सदस्यीय कार्यसमितिमा तिलक परियार अध्यक्ष रहेका छन् भने शंकर खड्का उपाध्यक्ष, खुमा सुवेदी महासचिव, रामकुमार राई र वीरबहादुर केसी सचिव तथा गौरीनारायण मण्डल कोषाध्यक्ष चयन भएका छन् । मोर्चामा हाल चारवटा राजनीतिक पार्टीको प्रतिनिधित्व रहेको बताइएको छ । मोर्चाले चैत १० गतेदेखि देशव्यापी आन्दोलनका कार्यक्रम सुरु गर्ने जानकारी दिइएको छ । राष्ट्रियता, जनतन्त्र, नजीविकाका सवालमा चरणबद्ध आन्दोलन गर्ने निर्णय गरिएको जानकारी अध्यक्ष परियारले दिए । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाइएअनुसार मोर्चाले पहिलो चरणमा देशमा व्याप्त महँगी, भ्रष्टाचार, कालोबजारी, राष्ट्रघात, जनघात, कमिसनतन्त्र, महिलामाथि देशव्यापी भइरहेका बलात्कार तथा अन्य हिंसालगायतका विषयमा प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउने छ । त्यसैगरी चैत १८ गते अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले पूर्वदेखि पश्चिमसम्मको तराई मधेशको भूभाग डुबान हुनेगरी नेपाल–भारत सीमाको आठ किलोमिटरभित्र बनाएका उच्च सडक निर्माणका विरुद्ध भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने समेच मोर्चाको विज्ञप्तिमा उल्लेख छ । चैत २४ गते राष्ट्रिता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर बृहते अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय पनि मोर्चाले गरेको छ । बारा जिल्लामा बलात्कार गरी उपचारको क्रममा निधन भएकी बालिका पूजा साहका बलात्कारी, काठमाडौंको वसन्तपुरमा दुईजना छात्रामाथि एसिड आक्रमण गरी घाइते बनाउने अपराधी र देशभर महिलाहरुमाथि भइरहेका बलात्कारलगायत घरेलु हिंसाका दोषीहरुलाई कडाभन्दा कडा कारबाही गर्न पनि मोर्चाले माग गरेको छ । त्यस्तै शिक्षक, विद्यालय कर्मचारी, विभिन्न औद्योगिक प्रतिष्ठानका मजदुरहरुका समस्याहरुलाई तत्काल सम्बोधन गर्न पनि मोर्चाले सरकारसँग माग गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies