Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

चैतको पहिलो साता भित्र माओवादी एकताबारे टुङ्गो लाग्ने

\"badal\"काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच आगामी चैतको पहिलो साताभित्र एकताको विषय टुङ्ग्याउने सहमति भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच बिहीबार राति पार्टी एकताको विषयलाई धेरै नलम्ब्याउने सहमति भएको हो । माओवादी केन्द्रीय स्कुल ब्युरोले ललितपुरको कुपन्डोलमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापनमा आज महासचिव थापाले कार्यकर्तालाई एमाओवादीसँग एकताका विषयमा निर्णय गर्न केही दिनभित्रै केन्द्रीय समितिको बैठक बस्न लागेको जानकारी दिए । उनले भने, ‘एकताको विषय उठेको दुई वर्ष पुग्न थाल्यो, सँधै यही कुरा दोहो¥याएर बस्नुभन्दा एकता हुने वा नहुने भन्ने चैतको पहिलो साताभित्र टुंग्याउने गरी अगाडि बढेका छौँ ।’ बिहीबार राति तीन नेताबीच दुवै पक्षले एकता विरोधी अभिव्यक्ति र कार्यशैली नअपनाउनेमा सहमति भएको उनले जानकारी दिए । माओवादी अध्यक्ष वैद्यले यही फागुन १४ गते प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एमाओवादीसँग एकताको विषयमा कामभन्दा हल्ला धेरै भएको टिप्पणी गर्दै कसैलाई प्रधानमन्त्री बनाउन नभई क्रान्ति पूरा गर्र्ने सर्तमा मात्रै एकता हुने बताएका थिए । सोही प्रशिक्षण कार्यक्रमको आज समापन गर्दै महासचिव थापाले चैतको पहिलो हप्ताभित्र एकताको विषय टुङ्गिन लागेको बताएपछि माओवादी कार्यकर्ताबीच उत्सुकता छाएको छ । महासचिव थापाले एकताको विषयमा आफू र अध्यक्ष वैद्यबीच कुनै विवाद नरहेको बताए । उनले एकताका लागि एमाओवादीले केही दिनअघि सबै विषयमा स्पष्ट पार्दै पत्र पठाइसकेको र पत्रका बुँदा सकारात्मक भएको टिप्पणी गरे । उनले भने – एमाओवादीको पत्र हेर्दा नयाँ संविधान् राज्यसत्ताको स्वरुप र राष्ट्रियताका विषयमा उहाँहरु हाम्रो पार्टीको धारणासँग धेरै नजिक आइपुग्नुभएको छ, तर द्विअर्थी भएका केही शब्द अझ प्रस्ट पार्न आवश्यक छ । ’ एमाओवादीले पठाएको पत्रको केही दिनमै आफ्नो पार्टीले जवाफ पठाउने तयारी गरिरहेका उनको भनाइ थियो । थापाले एमाओवादीले भन्दै आएको अबको समाजवादी आन्दोलनको स्वरुप र आफूहरुले भन्दै आएको जनवादी आन्दोलनको स्वरुप दुवै असफल साबित भइसकेकाले अब नयाँ रणनीति ल्याउन आवश्यक भएकामा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: