Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

नेपाल नचिनेका कम्युनिष्ट नेताहरु नेपालमा धेरै छन् : मणि थापा

जनयुद्ध शुरुवातकर्ताहरु मध्येका एक हुन् मणि थापा । उनी गीतकार, संगीतकार तथा कविसमेत हुन् । वि.सं.२०६२ मा तत्कालिन माओवादीले चुनवाङ बैठकबाट आफ्नो राजनीतिक यात्रा मोडेपछि उनले सो पार्टीबाट अलग भएर छुटै क्रान्तिकारी कम्युनिस्ट पार्टी खोले । त्यसैको उनी अहिले पनि महासचिव छन् । शान्तिप्रक्रियाको झण्डै १० वर्षे यात्रामा माओवादीहरु विभाजित भई झण्डै आधा दर्जन पुगेका छन् । तर उनी आफूसहित अरु विभाजित माओवादी कसैले पनि फुटको औचित्य पुष्टी गर्न नसेको स्वीकार्छन् । प्रस्तुत छ, यसै सेरोफेरोमा केन्द्रित रहेर खबरडबलीले उनीसँग गरेको सम्वाद : \"Maniनेपालमा एक किसिमको क्रान्ति सम्पन्न भयो, अब समाजवादको बाटो अगाल्नुपर्छ भन्ने एकथरी छन् । संविधानमा पनि समाजवाद उन्मुख भनेर लेखिएको छ भने एमाओवादीले समाजवादमा पुग्ने नीतिहरु पछिल्लो दस्तावेजमा कोरेको देखिन्छ । यस्तो परिवेशमा समाजवादमा पुग्नकालागि पुँजीवादका साँस्कृतिक चुनौतीहरु तपाईँ के देख्नुहुन्छ ? अहिले समाजवादको कुरा गरेपनि नेपालमा भएको अहिलेको पुँजीवाद दलाल पुँँजीवाद हो । अहिलेको साम्राज्यवादी समयमा स्बतन्त्र पँुजीको बिकास हुन गाह्रो छ । कतै न कतै पुँजीवादसँग सम्झौता गर्नैपर्ने हुन्छ । अहिले संसार एउटा बिकसित पुँजीवादी नीतितिर गईरहेको छ भने अर्कोतर्फ अबिकसित देशहरु पनि कतै न कतै पुँजीवादसँग सहकार्य गरेर आएका छन् । उनीहरु राजनीति, अर्थतन्त्र, विज्ञान प्रविधिमा पनि सहकार्य गरेर आएका छन् । नयाँ जनवाद भनेको पुँजीवादी क्रान्ति हो । अहिलेको संसारमा चाहे गरीब मूलक वा धनी मूलुक होस् त्यो साम्राज्यवादी पुँजीसँग उनीहरुले कहीँ न कहीँ सम्झौता नगरिकन सम्भब छैन । पुँजी अहिले विश्व बजार हो । त्यसकारण नेपालमा राजतन्त्रको अन्त्यपछि एक किसिमले पुँजीवादी गणतन्त्र आयो । त्यो अवस्था आउन संयुक्त मोर्चाले काम गरेको छ । माओवादी र सात पार्टीको मार्चाले काम गरेको छ । पुँजीवादी क्रान्तिको उपस्थिति स्वरुप राजतन्त्र अन्त्यपछि केही राजनैतिक आधारहरु त पुरा भए तर आर्थिक आधार पुरा गर्ने बेलामा दलाल नोकरशाही वर्ग अघि आयो । त्यो वर्गलाई पनि सखाप पारेर राष्ट्रिय पुँजीपति वर्गलाई बिकास गर्न खोजेको भए नयाँ जनबादी क्रान्ति हुन्थ्यो होला । तर दलाल नोकरशाही वर्ग आएपछि त्यो वर्गसँगको हाम्रो लडाइँ भएकाले पुँजीवादी क्रान्ति पूरा भएको छैन, केही बाँकी कामहरु छन् । तर विश्व परिस्थिति पुँजीवादतिर गएको छ । आज विश्वको अन्तरविरोध समाजवादी क्रान्तिविरुद्ध साम्राज्यवादी क्रान्ति भन्ने आयो । यहाँ पहिलो, दोस्रो तथा तेस्रो विश्वयुद्ध जुन माओकालीन युद्ध थियो, त्यो चाँही परिवर्तन हुँदै आएको छ । यसकारण नयाँ जनवादी क्रान्तिका केहि कार्यभारहरु पुरा भए । त्योसँगै समाजवादी एजेन्डा पनि सँगसँगै थपियो । समाजवादको ढोका खोल्नु नै अहिलेको निम्ति प्रधान हो । नेपालको संविधानमा समाजवाद उन्मुख लेखिनु नेपालको शक्ति सन्तुलनले काम गरेको हो । यो लेखिनुलाई सकारात्मक रुपमा लिनुपर्दछ । यो चेतना राजनीतिक पार्टीहरुमा आयो । वैधानिकरुपमा समाजवादको ढोका खुलेको छ । अब नयाँ जनवादी क्रान्तिका कार्यभार पूरा गदै समाजवादतर्फ जानुपर्दछ । दोस्रो विश्व पुँजीवादतिर छ । सबै देशले आफूलाई पुँजीवादतिर लैजान कोसिस गरिरहेका छन् । त्यसलेपनि अबको लडाईँ पुँजीवाद र समाजवादको लडाईँ हुन्छ । अबको लक्ष्य समाजवादलाई नै बनाउनु पर्दछ । देशलाई समाजवादमा लानुपर्ने कम्युनिस्ट पार्टीहरु टुक्राटुक्रामा विभाजित छन् । यस्तो परिवेशमा समाजवादको ढोकासम्म ढकढक्याउने कुरा मृगातृष्णामा मात्रै होला कि ? नेपालका कम्युनिस्टहरुले बढी सपनाको खेती गरेका छन् । किताबको खेती गरेका छन् । उनीहरुले जीवनको खेती गरेका छैन्न । त्यसले नेपालमा यति ठूलो सशक्त कम्युनिस्ट आन्दोलन हुँदाहुँदै पनि वामपन्थी नामका शक्तिहरुले नेपालको सरकारमा पुगिरहँदा र सानासाना गुट उपगुटहरुलाई नेपाली जनताले स्विकार गरिरहँदा जनवादीहरुको ठूलो क्लस्टर नेपालमा छ । त्यसलाई नेपाली जनता, नेपाली माटो र राजनीतिको आधारमा नेपालको जनवादी आन्दोलनमा नेताहरुले वास्तवमा नेपाल भन्ने नचिनेका नेताहरु बढी छन् । नेपाल नचिनेका, नेपालको बहुसँस्कृति बनावट नचिनेका र समग्रमा नेपालको विविधता नचिनेका समाजशास्त्रको ज्ञानमा कमि भएका नेताहरु नेपालमा धेरै छन् । उनीहरुले धेरै चाइनिज र रसियन साहित्य पढे । नेपाली भूगोल, इतिहास, सँस्कृतिलाई उनीहरुले चाइनिज र रसियन आँखाबाट बढि हेर्ने कोशिस गरे । त्यसकारण उनीहरु नजिक पुग्न सकेनन् । यहाँको परिस्थितिसँग मेल नखाएपछि टुटफुटहरु बढि भयो । यहाँ जतिजति संघर्ष भयोे, त्यति नै फुटतिर गयो । त्यसकारण नेपालमा कम्युनिस्टहरुले ओभर डोज खाएका छन् । ओभर डोजका कारण सबै ‘रियाक्टेड’ छन् । तर पछिल्लो चरणसम्म आईपुग्दा त्यो ‘रियाक्सन’ अलिकति कम भएको छ । विश्वको क्रान्ति नबुझीकन राष्ट्रिय क्रान्ति हुदैन । साथै हामीलाई ग्लोवलाइजेशनले पनि महशुस गर्न बाध्य पारेको छ । उनीहरुले पुँजीवादीको ग्लोवलाइजेशन भनेको हो। समाजवादीको ग्लोबलाइजेशन भनेको हो, त्यसको प्रभाव के छ भने पुँजीवादले जे बिकास गरेको छ हामीले त्यो समात्नुपर्छ । उनीहरुसरह प्रतिष्पर्धा गर्नैपर्दछ । त्यसकारण ‘रियाक्टिभ’बाट ‘कन्सट्रक्टीभ’तिर आएका जस्तो लाग्छ । यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा कसरी बुझ्छौ ? कसरी लागू गर्छौ भन्ने चुनौती छ । नेपालका हामी बामपन्थीहरुले रातो किताबलाई पनि सँगैसँगै राख्नु पर्यो । अब क्रान्ति गर्नेले जो ठाउँ छ त्यो ठाउँमा त्यसको धरातल, सामाजिक बनोट, चरित्रलाई अन्तर्राष्ट्रिय दृष्टिकोणबाट, राष्ट्रिय आँखाबाट जो गर्न खोज्यो सायद सबैले बुझेको हुनुपर्दछ । पुँजीवादतिर नेपाली समाज गयो । यो नेपाली समाज अन्तर्राष्ट्रियकरण पनि भयो । हिजो लाहुरेहरुबाट अन्तर्राष्ट्रियकरण भएको थियो । यही परिवर्तनको प्रतिफल स्वरुप संविधानमा पनि समाजवाद उन्मुख भन्नुपर्ने परिस्थिति बन्यो । भनेपछि नेपाली समाज समाजवादतिर जाँदै रहेछ भन्ने त सबैतिर भयो । समाजवादी त कम्युनिस्टहरु हुन् । यो किन भयो त ? यो आकश्मिकतामा कसैको लहडमा भएको भन्दा पनि नेपाली समाजमा बसेपछि नेपाली समाजलाई नै उसले विश्लेषण गर्नुपर्ने हुन्छ । अब कुन समाजवाद भन्ने चाँही अर्को बहस शुरु होला । नेपालमा बिडम्बना के भईदियो भने, एउटा मान्छे पुँजीवादको सिकार भई भईकन नै आफ्नो जिन्दगी गुर्जाछ । वा भनौं अझ पुस्तौपुस्ता गुज्रन्छ । तर मानिसले आफू पुँजीवादको शिकार भएको समेत महसुस गर्न छाडिसके । एउटा सामान्य किसान मजदुरलाई पुँजिवादको अर्थ कसरी बुझाउने ? एउटा किसानले सामान्य खेती गरेर आफ्नो गुजारा चलाईरहेको हुन्छ । तर ऊसँग पैसा हुँदैन । एउटाले उसको जमीन लिजमा लिन्छ । त्यसपछि उसले अत्याधुनिक खेती गर्छ । तर उसलाई पाटर्नर बनाउँदैन । अब किसानले आफैले खेत लिजमा दिएको मानिससँग प्रतिष्पर्धा गर्न सक्दैन र अब लिजमा लिने चाँही बसीबसी खाने स्थिति बन्छ । यसरी पुँजीवादले एउटा सामान्य मानिसलाई लुटिरहेको छ । उसको सँस्कृति माथिको हस्तक्षेप गरिरहेको छ । पँुजीवाद यसरी आएको छ कि नेपालमा, व्यक्ति एक्लैले पुँजीवादसँग लड्न सक्दैन । तर नेपालमा पँुजीवाद कसरी आएको छ भन्ने हामीले नबुझ्दा यस्तो समस्या भएको हो । कयाँै राजनीतिक पार्टीका नेताहरुलाई यहाँका कर्पोेरेट हाउसले रातारात किनेका छन् । एउटा कर्पोरेट हाउसले भूकम्पपीडितलाई सहयोग गर्छ भने एउटा नेतामार्फत सहयोग गर्दछ । नेतासँग ब्यालेन्स गर्छ उसले । यसरी जुन हस्तक्षेप भएको छ सामान्यदेखि माथिसम्म यो पँुजीवादको बिशेषता हो । त्यसको शिकार यहाँका देशभक्तहरु, आदिबासीहरु जो आफ्नो नेचुरल कल्चरमा बसेका छन्, तिनिमाथि हस्तक्षेप गरिरहेको छ । अरुण तरेर भन्ने तपाईँको गीत सम्झिँदा लाग्छ, आज अरुण र तमोर तरेर आउँनेहरु कयौं भङ्गालामा बाँडिएका छन् । अरुण र तमोर तरेर यता आईपुग्दा कयौं भङ्गलामा बाँडिएकाहरु कहिले एकै ठाउँमा होला ? कोशी बन्नै पर्छ । भङ्गलाहरुले इतिहासको आवश्यकता पुरा गर्न सकेन भन्ने कुरा प्रमाणित भयो । सबै भङ्गलाहरु हिमालयबाट बगेको होइन भन्ने कुरा पनि प्रमाणित भयो । अहिलेको नेपाली राजनीति र विश्व राजनीतिको जो जटिलता छ, त्यो जटिलतालाई चिर्नको निम्ति सातै नदीहरु मिलेर कोशी बन्नै पर्छ । कोशी बनेर कोशीको बाँधलाई फुटाउनुपर्छ । जुन विषमता पैदा भएको छ ती विषमताहरु हामीले सहि ढंगले विश्लेषण गर्न नसक्दा आएका विषमताहरु हुन् । हामीलाई त्यसलाई संलेषण गर्ने ठाउँमा पुग्दा त्यो विषमता चाँही समतामा बदलिन सक्छ । कुन पात्र र प्रवृति भन्ने कुरा होइन । मैले गीत लेखेँ सँगीत गरेँ प्रदीप देवानले गाए । प्रदीप देवान एउटा पात्र हो । म पनि एउटा पात्र हुँ । मुख्य कुरा प्रवृति हो । अरुण र तमोर तर्नेहरुको प्रवृति भनेको परिवर्तनको प्रवृति हो । त्यो परिवर्तनको प्रवृति अहिले अलमलिरहेको छ । नदीहरु कतै भूमरीमा फसिराछन् । अलि ठूलो बाढीको आवश्यकता छ । नयाँ स्वरुपमा त्यो प्रवृति आउँदा वित्तिकै ऐतिहासिक धारा बन्छन् त्यो । बनाउँनु पर्छ त्यसलाई । त्यो पछि एउटा तागत र आन्दोलनको रुपमा आउँछ । त्यो प्रवृतिमा नआईकन कि उनले दण्ड पाउनु प¥यो कि पुरस्कृत हुनु प¥यो । दण्ड पनि नपाउने पुरस्कार पनि नपाउने यस्तो चाँही इतिहासमा हुँदैन । अरुण तरेर नाना तमोर तरेर लेख्ने मै स्खलित भएँ भने मैले दण्ड पाउनु पर्छ। गाउने मान्छे स्खलित भएको हो भने उसले पाउनु पर्छ । म पनि सही प्रदीप देवान पनि सही हुन सक्दैन । एउटाले गल्ती गरेको छ यहाँ । मूल्याङकन कहिले हुन्छ भन्दा राजनीति र सँस्कृतिको मूल्याङ्कन एक दशकमा हुँदैन । एउटा चरण हुन्छ सायद त्यो चरण आईपुगेको छैन । हामी सबै अहिले प्रवृतिमा होइन की पात्रको चरणमा छौं । (मणि थापासँग गरिएको ‘साँस्कृतिक संवाद’ शनिवारको साहित्य डबलीमा प्रकाशित गरिनेछ)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies