Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

काँग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुन्न, विस्तार हुन्छ : प्रधानमन्त्री अाेली 

\"priminister_kp_sharma\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टी नेकपा ९एमाले० को पहल र अडानका कारण नयाँ संविधान बनेकाले संविधान कार्यान्वयनको अगुवाइ पनि यसैले गर्ने बताएका छन् । सुखानीका सहिदको ४३ औं स्मृति दिवसका सन्दर्भमा एमाले काठमाडौं जिल्ला कमिटीद्धारा शुक्रबार आयोजित आयोजित‘ ‘सहिदको सपना र समृद्ध नेपाल’ विषयको विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसको महाधिवेशनतर्फ लक्ष्यित गर्दै संविधानको कार्यान्वयन गर्न बाँकी भन्दै केही उम्मेदवारले मत मागेको सन्दर्भमा अलमलमा पर्नुपर्ने आवश्यकता नरहेको आफ्ना कार्यकर्तालाई स्पष्ट पारे । उनले भने –‘संविधान बनाउन एमालेको पहल र दृढ अडानबाट संविधान बनेको हो । यो सबैलाई थाहा छ । काँग्रेसको महाधिवेशन पछि सरकार परिवर्तन हुन्छ पनि भनिएको छ । त्यो भाषा मिलेन । कुरा के हो भने महाधिवेशनपछि सरकार विस्तार हुन्छ । काँग्रेस पनि सरकारमा आउँछ तर आएन भने पनि लोकतान्त्रिक विधिअनुसार सरकार अघि बढ्छ ।’ सरकारले पुनःनिर्माणको अभियान सुरु गरिसकेको र अघोषित नाकाबन्दीबाट मुलुकलाई पार लगाउन थालेको सन्दर्भमा सरकारबारेमा भ्रममा नपर्न आग्रह गर्दै उनले जनताले एमालेप्रति विश्वास बढाउँदै आएकाले देशव्यापी प्रवेशको लहर बढ्ने विश्वास व्यक्त गरे । उनले एमाले ऊर्जा विकासलगायतका कामबाट देश बनाउने सङ्कल्पमा रहेकाले सबै पार्टीबाट प्रवेशका लागि आह्वान गर्दै अब चर्का कुरा गर्ने, विध्वंश मच्चाउने र अलमलमा पर्नुपर्ने कुनै आवश्यकता नरहेको जनाए । वर्तमान सरकारलाई मजबुत बनाउनुपर्ने र अबको निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउनुपर्नेमा पनि उनले जोड दिए । ‘केही व्यक्तिले नाकाबन्दीले निस्सासिएर वा छिमेकीको सम्बन्ध बिग्रिएर यो सरकार ढल्छ भन्न थालेका थिए तर छिमेकीसँगको सम्बन्ध सुधारले विरोधीलाई छटपटि भएको हुन सक्छ, उनले भने भने –‘एमालेको मन लिएर अर्को पार्टीमा बसेका र मुलुक बनाउने पक्षमा रहेका सबैलाई गाउँगाउँमा गएर एमालेमा फर्काउन म आह्वान गर्दछु ।’ नेकपा ९एमाले० का अध्यक्षसमेत रहेका ओलीले नेपालमा कम्युनिस्ट पार्टीको स्थापनासँगै गणतन्त्र, राष्ट्रिय एकता र जाति, भाषा, धर्मको सम्मान तथा समान अधिकारको आवाज उठाउँदै आएकामा विसं २०२७ देखि झापाबाट गणतन्त्र स्थापनाको स्पष्ट लक्ष्यसहित गरिएको आन्दोलन अहिले पूरा भएको बताए । उनले भने –‘विभाजित कम्युनिस्ट समूह र घटकलाई एउटै मोर्चामा ल्याउने अभियान त्यहीँबाट सुरु भयो, जुन आज पनि जारी छ । कम्युनिस्ट पार्टीका नाममा विभाजित भएर जानु वा एकमुष्ट विचार प्रस्तुत गर्न नसक्नु हाम्रा कमजोरी थिए । अहिले वामपन्थी आन्दोलनकै धारबाट संसद्बाट निर्वाचित राष्ट्रपति र सरकारको नेतृत्वमा पुगेको छ । विचार, सङ्गठन र आन्दोलनलाई पुनःगठन गर्दै अघि बढेको यो आन्दोलनलाई अगुवाइ गर्ने ठाउँमा एमाले आइपुगेको छ ।’ हरेक २१ फागुनको दिन नेपाली राजनीतिको सहादतको इतिहासमा विशेष महत्व रहेको बताउँदै उनले राजतन्त्रको विरोध र लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सञ्चालन गर्दा जेलबाट निकालेर पञ्चायती सरकारले विरोधीहरुलाई गोली हानेर क्रुरतापूर्वक हत्या गरिएका घटना साधारण नभएको टिप्पणी गरे । भीमदत्त पन्त, दुर्गानन्द झा, ऋषि देवकोटा आजादलगायत झापा आन्दोलनका योद्धालाई आफ्नो सरकारले निर्विवादरुपमा सहिदका रुपमा घोषणाको निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने – देश र जनताका लागि जीवन आहुति दिनेलाई सम्मान हुन्छ भन्ने कुराको झलक हो । अन्य सहिदको पहिचानको काम पनि भइरहेको छ ।’ पञ्चायतको विरोधमा लागेको आरोपमा तत्कालीन सरकारले रामनाथ ढकाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायणप्रसाद श्रेष्ठ, वीरेन राजवंशीलाई २०२९ फागुन २१ गते जेल सार्ने निहुँमा झापा र इलामबीचको सुखानी जङ्गलमा हत्या गरेको थियो । एमालेले उनीहरुको स्मृतिमा हरेक वर्ष सहिद दिवस मनाउँदै आएको थियो । नेपाल सरकारले यही फागुन १९ गते ती पाँचसहित विभिन्न समयका योद्धालाई सहिद घोषणा गरेको थियो ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending