Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

गगनको उम्मेदवारी ससुरालाई जिताउनकै लागि !

\"arjunnarsing-sashanka-gagan\" काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका युवा नेता गगन थापा र अर्जुननरसिंह केसीको चर्चा निकै चलेको छ । गगन थापा अर्जुननरसिंहको छोरी ज्वाईँ भएको कारणले गर्दा महामन्त्रीको प्रतिष्पर्धालाई निकै रोमाञ्चक ठानिएको छ । तर महामन्त्रीको प्रतिष्पर्धी ज्वाईँ ससुरा मात्र छैनन्, नेपाली कांग्रेसभित्रको कोइराला विरासतलाई कायम राख्न बीपी पुत्र शशांक कोइराला पनि प्रतिष्पर्धामा उत्रिएका छन् । कांग्रेसका संस्थापन पक्षका आधिकारिक प्यानल भनिएका रामचन्द्र पौडेलको साथमा रहेका तिनै शशांकलाई चुनौति दिनका लागि ज्वाईँ–ससुरा पनि एउटै पदमा भिडेका हुन् । ‘पटक पटक कोइराला परिवारसँग पराजित भएका कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाको प्यानललाई चुनौतिका रुपमा खडा भएका शशांकलाई हराउनु चानचुने कुरा पनि छैन,’ कांग्रेसका एक केन्द्रीय नेताले भने, ‘त्यसैले गगनले शशांकको भोट जति काट्छन्, उति नै केसी जित सहज छ ।’ खानदानी र गुटगत राजनीतिका विरुद्ध आफूहरुको उम्मेदवारी बताउँदै आएका गगन कोइराला परिवारका विरोधी छन् । गगनको उम्मेदवारी हेर्दा आफ्नै ससुराको प्रतिष्पर्धीजस्तो देखिए पनि कोइराला विरासतको अन्त्य गर्नकै लागि गगनले उम्मेदवारी दिएका छन् । त्यसैले शशांकको भोट गगनले जति काट्न सक्छन्, उति नै उनका ससुरा केसीको केसीको जित निश्चित हुनेछ । युवा पंक्तिलाई नपत्याउने ‘दाइ’ संस्कार रहेको कांग्रेसको अघिल्लो १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएका गगनले सबै भन्दा बढी मत ल्याएका थिए । तर अघिल्लो महाधिवेशनको बेला जस्तो गगनको ‘हाइहाई’ भने छैन । यद्यपीले उनले सभापतिका प्रत्यासी कृष्ण सिटौलाले भन्दा बढी मत ल्याउने भने निश्चित रहेको कांग्रेस नेता कार्यकर्ताको आंकलन छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies