Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

कोइराला विरासतलाई ज्वाईं ससुराको कडा चुनौति

\"paudel-deuba-and-situla-660x316\"काठमाडौं । १३ औं महाधिवेशनको औपचारिक उद्घाटन भएसँगै कांग्रेसलमा १३ औं महाधिवेशनको सरगर्मी बढेको छ । पदाधिकारीका आकांक्षीहरु खुलेका छन् । केन्द्रीय सदस्यका  लागि मनोनयन दर्ता गराउनेको भीड सानेपामा बढेको छ । कांग्रेसमा ८५ मध्ये ६४ पदका लागि मतदान हुनेछ  । २१ केन्द्रीय सदस्य सभापतिबाट मनोनित हुनेछन् । सभापति, एक महामन्त्री र कोषाध्यक्षका लागि मतदान हुनेछ । एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री सभापतिबाट मनोनित हुनेछन् । १२ औं महाधिवेशनमा ३९२ ले उम्मेदवारी दिए पनि यसपटक झण्डै पाँच सयको उम्मेदवारी पर्ने बताइन्छ । प्यानल घोषणासँगै संस्थापनका दुवै समूह, पौडेल र सिटौलादेखि देउवासम्मका नेताले उम्मेदवारी दर्ता गरारहेका छन् । उद्घाटनका दिन उम्मेदवारी घोषणा गरेका शेरबहादुर देउवाले वारेसनामामार्फत उम्मेदवारी दर्ता  गराए भने पौडेलले शुक्रबार गराउँदै छन् । पौडेल पक्षले सीतादेवी यादवलाई कोषाध्यक्षको उम्मेदवार बनाएको छ । उनी सिरहाका पूर्व सभापति हुन् । देउवा पक्षबाट चित्रलेखा यादव कोषाध्यक्षमा लड्दैछिन् । देउवा र पौडेलको भिडन्त, सिटौलाको टक्कर यसपटक बलिया उम्मेदवारको रुपमा नेता शेरबहादुर देउवा देखिएका छन् । संस्थापनबाट पौडेल र सिटौला सभापतिमा उम्मेदवार बन्ने भएपछि देउवा बलिया देखिएका हुन् । देउवा यस अघि गिरिजा र सुशीलसँग सभापतिमा पराजित भइसकेका छन् । पौडेल पहिलोपटक सभापतिको उम्मेदवार बन्दैछन् । सभापतिमा जित्न ५१ प्रतिशत मत आवश्यक पर्छ । पहिलो चरणमा कुनैलाई पनि बहुमत नपुगे दोस्रो पटक बढी मत ल्याउने दुईबीच प्रतिस्पर्धा हुन्छ । कोइराला विरासतलाई ज्वाईं ससुराको चुनौति महामन्त्रीमा संस्थापनबाट सशांक कोइरालाा अघि बढ्दैछन् । तर, संस्थापन सिटौला पक्षबाटै   युवा नेता गगन थापा महामन्त्रीमैं भिड्दैछन् । अर्को रोचक पक्ष गगन अर्जुननरसिंह केसीका ज्वाईं हुन् । तर, केसी देउवा पक्षका महामन्त्रीका उम्मेदवार हुन् । महामन्त्रीमा सभापतिमा जस्तो दुई पटक चुनाव हुदैन । पहिलो चरणमा जसले बढी भोट ल्याउछ उही नै विजयी हुन्छ । सशांकको भोट गगनले काटे केसीलाई जित्न सहज हुन्छ । यो भिडन्तलाई निक्कै महत्वका साथ हेरिएको छ । खानदान र गुटगत राजनीति अन्त्यका लागि सिटौला र थापाले उम्मेदवारी दिएको बताउँदै आएका छन् । थापा युवामाझ लोकप्रिय छन् । १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याए । केसीको कार्यकर्तासम्म राम्रो पहुँच छ । यसपटक देउवा पक्षको साथ छ । सशांक भने राजनीतिक विरासत मात्र बोकेका छन् । उनीसँग डाक्टरी सर्टिफिकेट छ । पछि मात्र  राजनीतिमा आएका हुन् । यद्यपी बिपी कोइरालाको छोरा हुनुको फाइदा यिनलाई छ । नेताहरुको तयारी तीव्र खुलामञ्चमा महाधिवेशन उदघाटन लगत्तै नेताहरु भृकुटीमण्डपमा केन्द्रित भएका छन् । बन्दसत्रदेखि खानपिनसम्मको व्यवस्था त्यही छ । बिहीबार साँझदेखि रातीसम्मै नेताहरु भृकृुटीमण्डपमा सक्रिय थिए । नेताहरुको उम्मेदवारी गर्न टाँगिएका फ्लेक्स बोर्डले प्रदर्शनीमार्ग रंगिएको छ । आफ्नो पक्षलाई जिताउन नेताहरुको दौडधूप  सुरु भइसकेको छ । महाधिवेशन प्रतिनिधि बसेकै होटलसम्म पुगी नेताहरु भोट माग्दैछन् । यसपटक झण्डै तीन हजार दुई सय महाधिवेशन प्रतिनिधि सहभागी हुदैछन् । आजै दिउसोबाट बन्दसत्र कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत आजै दिउसो २ बजेबाट भृकुटीमण्डपमा   बन्दसत्र  चल्दैछ । बन्दसत्र राजनीतिक, सांगठनिक विषयमा छलफल गर्ने थलो हो । आइतबारदेखि निर्वाचनका कार्यक्रम सुरु हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending