Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

आन्दोलनमा भारतलाई समर्थन गरिदिन आग्रह गर्न मोर्चाका नेता फेरि दिल्ली जाने

\"Madhesi-morcha-400\"भैरहवा । आन्दोलनमा भारतलाई समर्थन गरिदिन आग्रह गर्न मधेसी मोर्चाका नेताहरु  फेरि दिल्ली जाने भएका छन्।सरकार आफ्नो मागप्रति गम्भीर नभएको आरोप लगाउँदै घोषित तेस्रो चरणको आन्दोलनको समर्थन खोज्न मोर्चाका शीर्ष नेताहरु आगामी साता नयाँदिल्ली जाने तयारी गरिरहेका हुन्।

मोर्चाका संयोजक एवम् तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले विहीवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा आफूहरु दिल्ली जान लागेको जानकारी गराएका हुन्।

नेता ठाकुरले मोर्चाको माग एवम् आन्दोलनप्रति सरकार अझै गम्भीर नदेखिएकोले मुलुक अर्को मुठभेडमा जाने खतरा बढेको चेतावनी पनि दिएका छन्। सरकार गम्भीर नहुँदा मुलुकमा आन्दोलन चर्किन पुगेको उनको भनाइ थियो।

‘सरकारले मोर्चासँग राम्रो व्यवहार र संवाद गरेको छैन, संवादमा अविश्वास र संसयको अवस्था हटेको छैनु, उनले भने, त्यसैले मोर्चाको माग पुरा नहुँदा आन्दोलन मुठभेडमा जाने खतरा देखेका छौं । \'

ओलीले संघीयताको सीमांकन, मोर्चाको आन्दोलन एवम् नाकावन्दीबारे कमल थापको संयोजकत्वमा एकसदस्यीय संयन्त्र घोषणा गरी भारतीय पक्षलाई आँखामा छारो हालेको ठाकुरले आरोप लगाए ।

वार्ता संवादबाटै समाधान होस् भन्नेतर्फ मोर्चा गम्भीर रहेको उनले जोड दिए । सतापक्ष एवं मुख्य तीन दल भारतलाई रिझाएर मोर्चाको आन्दोलन तुहाउने खेलमा रहेको आरोप लगाए।

यस्तै तमलोपाले नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लाका केन्द्रिय सदस्य र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक गरी विगतको आन्दोलनको समीक्षा गर्दै भावी संकल्पसम्बन्धी कार्यपत्र प्रस्तुत गरी सुझाव संकलन गरेकोछ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending