Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

म सभापति भए कसैले पनि भट्टराईले जस्तो पार्टी छाड्नु पर्दैन : देउवा

\"deuba-750-750\" काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवसहितको प्यानल घोषणा गरे । पार्टी कार्यालय सानेपामा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा पूर्वमहामन्त्री कुलबहादुर गुरुङले देउवाको उम्मेदवारी प्रस्ताव गरे भने खुमबहादुर खड्काले समर्थन गरे । कार्यक्रममा देउवाले आफू सभापति कसैले पनि पार्टी छाड्नु नपर्ने बताए । नेतृत्व गर्ने मौका दिए गुटउपगुट अन्त्य गर्ने भन्दै उनले भने, ‘कृष्णप्रसाद भट्टराईले जस्तो पार्टी छाड्नु पर्ने अवस्था बनाउँदैन । सबैलाई बराबरी स्थान दिन्छु ।’ आफूसँग निर्णय गर्ने क्षमता र आँट रहेको भन्दै उनले मधेसको सीमांकनको समस्या समाधान गर्न तयार रहेको बताए । अहिले पार्टीमा एकताको खाँचो रहेको उनले बताए । उनले भने, ‘जबसम्म एक हुन सक्दैन, तबसम्म राष्ट्रका अगाडि आएका समस्या समाधान गर्न सकिँदैन ।’ वामपन्थी पार्टीहरु रुपान्तरित हुने प्रक्रियामा रहेपनि त्यो पुरा नभइसकेका भन्दै उनले त्यसका लागि बलियो कांग्रेस आवश्यक पर्ने बताए । आफूले समाज सुधारका कामहरु गर्ने भन्दै उनले भने, ‘कदमजम ९कर्णाली, दलित, महिला, जनजाति, महिला, मधेसी० को सुरुवात मैले गरेको हुँ । अहिले पार्टीले समावेशी सिद्धान्त मानेको छ ।’ महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसीले शेरबहादुर देउवाको नेतृत्वले पूर्णता प्राप्त गर्ने विश्वास व्यक्त गरे । कोषध्यक्षका उम्मेदवार यादवले देउवासँग ‘फेस, फाइट एण्ड फिनिस’ गर्न सक्ने क्षमता रहेको बताइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: