Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

नेपाली कांग्रेसको महाधिवेशन केही बेरमा शुरु हुँदै

\"gongress काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशन काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ । नेपाली कांग्र्रेसले महाधिवेशनको नारा ‘सुशीलको नेतृत्वमा बनायौं संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ तय गरेको छ । काठमाडौंको खुलामञ्चमा कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशनको उदघाटन गर्नेछन् । महाधिवेशनमा भाग लिन भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमार लगायतका विदेशी पाहुनाहरु प्नि काठमाडौं आएका छन् । महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना मन्तब्य राख्नेछन् । कांग्रेसको १२आँँै महाधिवेशन २०६७ साल असोज १ देखि ५ गतेसम्म काठमाडौंमा नै सम्पन्न भएको थियो । वि.सं २००६ चैत २७ गते चौथो महाधिवेशनका अवसरमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसबीच एकता भई नेपाली काँग्रेस गठन गरिएको हो । सो महाधिवेशनबाट पार्टी सभापतिमा सुशील कोइराला निर्वाचित भएका थिए । भारतको कलकत्ताको भवानीपुरमा वि.सं. २००३ माघ १२ र १३ गते नेपाली राष्ट्रिय काँग्रेसका नाममा पहिलो महाधिवेशन भएको थियो । \"congresमहाधिवेशन अघि देशभरका २४० वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न भई ती निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८ सय ८० प्रतिनिधिले महाधिवेशनमा भाग लिँदैछन् । विवाद रहेका १० जिल्लामा जिल्ला अधिवेशन महाधिवेशनपछि मात्रै गरिने भएको छ । महाधिवेशनमा शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ र वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार १ सय ८८ महाधिवेशन प्रतिनिधि सहभागी कांग्रेसले जनाएको छ । महाधिवेशनमा भाग लिन देशभरका तथा प्रवासका प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । नेपाली कांग्रेसको ८५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि महाधिवेशनमा तीन पदाधिकारीसहित ६४ जनाको निर्वाचन हुनेछ । १४ अञ्चलबाट एक एक केन्द्रीय सदस्य रहने यसअघिको प्रावधानलाई हटाएर सात प्रदेशबाट दुई दुई जना केन्द्रीय सदस्य रहने गरी विधान संशोधनको प्रस्ताव गरिएको छ । संशोधित विधान महाधिवेशनबाट पारित गरिएपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ । खुलामञ्चमा महाधिवेशनको उद्घाटन गरिए पनि बन्द सत्र भृकुटी मण्डपमा गरिनेछ भने निर्वाचन कार्यक्रम राष्ट्रिय सभामा गरिने तयारी गरिएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending