Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

आर्सनल र सिटी पराजित, लिचेष्टर बराबरीमा रोकियाे

\"liver_mancity\"काठमाडौं । प्रिमियर लिग अन्तर्गत मंगलबार र बुधबार राति भएका खेलहरुमा शिर्ष स्थानमा रहेको लिचेष्टर सिटी अंक तालिकाको १३ औं स्थानमा रहेको वेष्ट ब्रुमले २–२ को बराबरीमा रोक्दा माँच अंकको अग्रता लिनबाट लिचेष्टर बन्चित भएको छ । मंगलबार राति भएको खेलमा ब्रुमका सलोमन रनडनको गोलबाट अग्रता लिएपनि लिचेष्टरका ड्यानी ड्रिन्वाटर र उन्डी किङगले १÷१ गोल गरी खेल फर्काएका थिए । तर खेलको अन्त्यतिर ब्रुमका गार्डनरले उत्कृष्ट गोल गरी खेल बराबरीमा फर्काएका थिए । त्यसैगरी मंगलबार राति नै भएका अरु खेलहरुमा अंक तालिकाको १५ औं स्थानमा रहेको बार्यनमाउथले ५ औं स्थानमा रहेको साउहप्टनलार्य २–०, एभर्टनले एस्टन भिल्लालाई ३–१, चेल्सीले नर्विच सिटीलाई २–१ ले पराजित गरेका थिए भने रेलिगेशन क्षेत्रबाट बच्न कोशिष गरिरहेको सण्डरल्याण्डले क्रिष्टल प्यालेसलाई २–२ को बराबरीमा रोकेको थियो ।  म्यानेचेष्टर र वेष्टह्यामलाई फाईदा \"WESTप्रिमियर लिगकै बुधबार राति भएका खेलहरुमा दोस्रो र तेस्रो स्थानमा रहेको टोटनहम, आर्सनल र म्यनेचेष्टर सिटी पराजित हुँदा पाचौं र छैटौं स्थानमा रहेका म्यानेचेष्टर युनाईटेड र वेक्ष्ट ह्यामले जित निकालेर अन्तिम ४ का लागी अंक दुरी कम गरेका छन् । टोटनहम वेष्ट ह्यामसँग १–०, आर्सनल स्वायन्सा सिटीसँग २–१ र म्यानेचेष्टर सिटी लिभरपुलसँग ३–० ले पराजित हुँदा म्यनेचेष्टर युनाईटेडले वार्टफोर्ड युनाईटेडसँग १–० ले विजयी भयो भने अर्को खेलमा स्टोक सिटीले न्यक्यासलाई १–० ले पराजित गर्र्यो । शिर्ष ४ टोलीमध्य १ टोलीले बरबरी र बाँकी तिन टोलीले पराजय बेहोरेसँगै प्रिमियर लिग थप रोमान्चक मोडमा मात्रै पुगेको छैन ५ औं र छैटौं स्थानमा रहेका म्यानेचेष्टर युनाईटेड र वेष्टह्याम युनाईटेडले समेत उपाधि होडको सम्भावनातिर आश जगाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending