Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

छिमेकीको चासो र सहयोगलाई अन्यथा मान्नुहुँदैन : भट्टराई

ललितपुर, भारत भ्रमण र त्यस सन्दर्भमा भारतीय मिडियामा आएका अन्तर्वार्ता एवम् समाचारबारे अनेक टिप्पणी आएपछि एमाओवादी नेता डा. बाबुराम भट्टराईले छिमेकीको चासो र सहयोगलाई अन्यथा मान्नुनहुने बताएका छन् । होटल समिटमा बुधबार अनलाइन मिडियाका पत्रकारसँग कुरा गर्दै  डा. भट्टराईले युद्ध र शान्तिको अन्तर्राष्ट्रिय आयाम हुने भएकाले त्यसमा स्वभावतः अन्तर्राष्ट्रियजगत् तथा छिमेकी राष्ट्रहरुको चासो हुने भन्दै अहिले प्रचार गरिएजस्तो आफूले विदेशी हस्तक्षेप आमन्त्रण नगरेको प्रष्ट्याए । ‘युद्ध र शान्तिका अन्तर्राष्ट्रिय आयाम हुन्छन्’, भट्टराईले भारत भ्रमणपछि आएका टीकाटिप्पणीको जवाफ दिँदै भने– ‘त्यसैले यसमा स्वभावतः अन्तर्राष्ट्रिजगत्  छिमेकी राष्ट्रहरुको चासो पनि हुन्छ र विभिन्न किसिमको भूमिका समेत हुन्छ भनेको हुँ । वैदेशिक हस्तक्षेपलाई आमन्त्रण गरेको होइन ।’ डा. भट्टराईले खुला रुपबाटै नेपालमा भारतीय हस्तक्षेपलाई गरेको भन्दै उनीविरुद्ध सामाजिक सञ्जाल र राजनीतिक दलका नेता समेतले आलोचना गर्दै आएका छन्  । उनले शान्ति प्रक्रिया, वर्तमान राजनीतिक गत्यावरोध र छिमेकी राष्ट्रहरुबारेका विविध पक्षबारे भारतीय र नेपाली मिडियामा अन्तर्वार्ता दिएपछि उनीमाथि यस्ता आरोप लागेका हुन् । \"IMG_4699-960\" जनयुद्धकालदेखि माओवादी पार्टी तथा माओवादी नेतृत्वको समानान्तर सरकारले छिमेकी मुलुकदेखि संयुक्त राष्ट्रसंघ समेतसँग पत्राचार गरेर अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्दै आएको सन्दर्भमा नेपालमा जारी राजनीतिक अन्यौल, संविधानलेखनको गत्यावरोध र आफू पढ्दाको पुरानो सम्पर्क–सम्बन्ध समेतलाई नयाँ आयाम दिन पनि हालैको भारत भ्रमण गर्नुपरेको उनले खुलाए । ‘जनयुद्धकालमै मेरो नेतृत्वमा बनेको समानान्तर सरकार र पार्टी अध्यक्षका तर्फबाट चिठी लेखेर अन्तर्राष्ट्रिय सम्बन्ध सुरु गरेका थियौं’, डा. भट्टराईले भने– ‘अहिले शान्ति प्रक्रिया र संविधानलेखन थोरै अन्योलमा परेजस्तो देखिएको छ । फेरि धेरै वर्षअघि म त्यहाँ पढ्दाको भावनात्मक सम्बन्ध र साथीभाइ तथा विभिन्न ओहोदा, जिम्मेवारी र भूमिकामा रहेका चीरपरिचित मित्रहरु पनि छन् । ती सबैलाई नेपालको वास्तविकताबारे प्रष्ट्याउन र नेपालको अहिलेको स्थितिबारे उनीहरुको धारणा बुझ्न समेत यस पटकको भ्रमण गरिएको हो  । अहिले भारत र नेपालका मिडियामा बोलिएका कुरा पनि त्यही सन्दर्भका हुन् ।’ ‘बाटो बिराए कांग्रेस-एमालेले’ संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति हुँदा पार्टीकाम छाडेर आफूले सहमतिका लागि गम्भीर प्रयत्न गरे पनि कांग्रेस–एमालेले विगतका सहमति, सम्झौता र शान्तिप्रक्रियाको मर्म बिर्सेर बाटो बिराएको आरोप भट्टराईले लगाए । विगतका सहमति कार्यान्वयनप्रति सत्तारुढ दलहरु इमानदार नभएको भट्टराईको भनाइ छ । परिवर्तनका लागि सम्झौता गरिए पनि कांग्रेस–एमालेले शान्ति प्रक्रियाको मर्म बिर्सिएकाले ३० दलीय मोर्चा बनाई जनपरिचालनमा समेत्र उत्रनुपरेको भट्टराईले प्रष्ट्याए । ‘कांग्रेस-एमालेले १२ बुँदेदेखि शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया समेतको मर्म बिर्सिए’, भट्टराईले भने– ‘कांग्रेस-एमालेले शान्ति प्रक्रियाको मर्म बिर्सेपछि उनीहरुलाई त्यही कुरा सम्झाउन ३० दलीय मोर्चा बनाएर जनपरिचालन गरेका हौं, आन्दोलन गरिएको होइन ।’ जनपरिचालनको औचित्य खुलाउँदै उनले भने- ‘यो शान्ति र संविधानका लागि हो, अरु कुनै फरक उद्देश्यका लागि हुँदै होइन ।’ आफूहरुले सधैं सहमतिकै निम्ति जोड दिइरहँदा पनि एक-डेढ महिनादेखि अन्यौल बढ्दा १२ बुँदेका सहयात्रीबीचमा आशंका, अविश्वास र अन्यौलता बढेको उनको भनाइ छ । ‘संसदीय व्यवस्था’ मा होइन ‘नयाँ मूलधार’ मा आएका हौं शान्ति प्रक्रिया पूरा भए पनि देश पुरानै संसदीय प्रक्रियामा फर्कियो भन्नु गलत भएको उनको भनाइ छ । ‘शान्ति प्रक्रिया करिव पूरा भएको छ तर पुरानै संसदीय प्रक्रियामा देश फर्कियो भन्ने कुरा गलत हो’, भट्टराईले भने, ‘हामी नयाँ मूलधार सिर्जना गर्ने सहमतिका साथ शान्ति प्रक्रियामा आएका हौं, पुरानै संसदीय व्यवस्थामा फर्केका होइनौं ।’ ओलीको अस्वस्थता र प्रधानमन्त्रीको आग्रहमा पर्खिरहेका छौं आन्दोलनरत ३० दलीय मोर्चा र सत्तापक्षबीच यतिबेला अघोषित रुपमा युद्धविरामजस्तो स्थिति रहेको उल्लेख गर्दै भट्टराईले केही दिन पर्खन प्रधानमन्त्रीले गरेको सर्वजनिक आग्रह र एमाले अध्यक्ष केपी ओलीको अस्वस्थताका कारण ३० फागुनसम्म जनपरिचालनका कार्यक्रमको दोस्रो चरण घोषणा नगरिएको प्रष्ट्याए । ‘हिजो दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारीका साथ हामी मोर्चाको बैठकमा पुगेका हौं । तर, यसबीच केपी ओलीजी बिरामी हुनुभएको छ’, उनले भने– ‘प्रधानमन्त्रीजीले पनि केही समय पर्खनुस् भनेर सार्वजनिक विज्ञप्ति नै निकालेर आग्रह गर्नुभयो । यी सबै स्थितिका कारण यो महिनाभरि पर्खौं र सम्भव हुन्छ भने छिट्टै सहमति कायम गरौं न त भनेर यो मसान्तसम्म जनपरिचालनको अर्को चरणका कार्यक्रम घोषणा नगर्ने निर्णय भएको हो ।’ प्रतिबद्धता व्यक्त गरौं, गणतन्त्र दिवसमा संविधान उनले दलहरुबीच विवादित विषयमा तत्काल कुनै समझदारी हुन नसके पनि गणतन्त्र दिवस (१५ जेठ) मा संविधान घोषणा गर्ने नयाँ प्रतिबद्धता व्यक्त गर्नु उपयुक्त हुने बताए । ‘दलहरुले तत्काल सहमति गरेर केही प्रतिबद्धताहरु व्यक्त गर्नुपर्छ’, भट्टराइले भने, ‘अब संविधान ल्याउने मिति गणतन्त्र दिवस (जेठ १५) नै उपयुक्त हुन्छ ।’ अहिलेको संविधानसभा ‘दोस्रो संविधानसभा’ नभई ‘अर्को संविधानसभा’ भएको प्रष्ट्याउँदै उनले विगतको संविधानसभाले गरिसकेका सबै कामको स्वामित्व यसले लिइसकेको हुँदा अब धेरै समस्या बाँकी नरहेको उल्लेख गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies