Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

व्यावसायिक पत्रकारिताका लागि एनआरएन र पत्रकार महासङ्घबीच सहकार्य हुने

काठमाडौँ, गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को प्रतिनिधिमन्डलले बुधबार नेपाल पत्रकार महासङ्घका पदाधिकारीसँग भेटगरी पेसागत सुरक्षा र व्यावसायिक दक्षता अभिवृद्धिबारे कुराकानी गरेको छ । एनआरएनका अध्यक्ष शेष घले नेतृत्वको टोलीले आज सञ्चारग्रामस्थित महासङ्घको कार्यालयमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टसहितका पदाधिकारीसँग छलफल गरेको हो । भेटका क्रममा नेपाली पत्रकारिताको समसामयिक विषय, व्यावसायिक  पत्रकारितालाई प्रभावकारी बनाउन दुई संस्थाबीच के–कस्ता विषयमा कसरी साझेदारीकासाथ अघि बढ्ने भन्नेबारे कुराकानी भएको थियो । एनआरएनले नेपाली पत्रकारिताको स्तर निकै माथि उठेको र आफ्ना गतिविधिलाई नेपाली संचार माध्यमले गरेको सहयोगप्रति आभार प्रकट ग¥यो । एनआरएनका अध्यक्ष शेष घलेले पत्रकार महासङ्घसँग व्यावसायिक साझेदारी गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाए । “मिडिया उद्योगकै रुपमा फस्टाएकोमा खुसी लागेको छ, हाम्रा गतिविधिलाई सक्रियतापूर्वक बाहिर ल्याउन मिडियाले खेलेको भूमिकाप्रति म धन्यवाद दिन चाहन्छु, आगामी दिनमा व्यावसायिक साझेदारीका निम्ति आर्थिक कोषमार्फत दीर्घकालीन कार्यक्रम अगाडि बढाउँछैं, जुन कार्य सुरु भइसकेको छ”, उनले भने । एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालमा अहिले पत्रकारिताको स्तर निकै माथि उठेकोमा आफूलाई खुसी लागेको भन्दै सङ्ख्यात्मक विकाससँगै गुणस्तरीयतालाई पनि ध्यान दिनुपर्ने बताए । उनले प्रत्येक नेपालीको सपना समृद्ध नेपाल रहेको र देशमा शान्ति, सुरक्षा र बेरोजगारीको अन्त्य भएमात्र आर्थिक समृद्धि हासिल हुने भन्दै देश र समाजका जल्दाबल्दा तथा विकासशील विषयलाई मिडियाले प्रभावकारी ढङ्गले उठान गर्नुपर्नेमा जोड दिए । एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेले पत्रकारिताको व्यावसायिक विकास र क्षमता अभिवृद्धिका लागि महासङ्घसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले नेपालको समग्र पत्रकारिताको अवस्थाबारे जानकारी गराउँदै व्यावसायिक पत्रकारिताका लागि महासङ्घ एनआरएनसँग साझेदारी गरेर अघि बढ्न तयार रहेको बताए । महासङ्घका सचिव उजीर मगर, उपाध्यक्ष अनिता बिन्दु, पूर्व अध्यक्ष सुरेश आचार्यलगायतले नेपाली पत्रकारिताको सङ्ख्यात्मक वृद्धि भए पनि व्यावसायिक गुणस्तर खस्कँदो रहेको भन्दै पत्रकारको क्षमता अभिवृद्धिका लागि राष्ट्रियस्तरको तालिम केन्द्र स्थापनाका लागि दुवै संस्थाबीच सहयोग र सहकार्य हुन जरुरी भएको खाँचो औंल्याए । नेपाल पत्रकार महासङ्घ युके शाखाको संयोजनमा एनआरएन र महासङ्घबीच भेटघाट कार्यक्रम आयोजना गरिएको हो । विसं २०१२ मा स्थापना भएको नेपाल पत्रकार महासङ्घ देशभरका पत्रकारको पेसागत हकहित र व्यावसायिक दक्षताका पक्षमा वकालत गर्ने संस्था हो । यसका संस्थापक सभापति नेपाली काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई थिए । सो अवसरमा एनआरएन टोलीले महासङ्घको नवनिर्मित चारतले भवनको अवलोकनसमेत गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies