Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

कोइराला विरासत भत्काउँने देउवाको दाउ यस्तो छ

\"Deuba-Paudel\"काठमाडौं । कोइरालाहरुकै अग्रसरतमा स्थापना भएको कांग्रेस ६९ वर्षसम्मसम्म कोइराला परिवारकै कब्जामा रह्यो । कृष्ण्प्रसाद भट्टराईको कार्यवाहकको १५ वर्ष र सभापति भएका ५ वर्षमा पनि कोइरालाहरुकै संरक्षण हुन पुग्यो । यी बाहेक कांग्रेसको सत्ता कोइराला परिवारबाट बाहिर गएको छैन । अर्थात कांग्रेसको विरासत कोइरालाहरुमै रहन पुगेको छ । कसैले माने पनि नमाने पनि सत्य यही नै हो । कार्यवाहकदेखि सबै हिसाबमा अहिलेसम्म कांग्रेसको सत्ता कोइरालाहरुहै वरिपरि रह्यो । तर, १३ औं महाधिवेशनको पूर्व सन्ध्यामा कोइरालाहरुको विरासत ढल्ने चर्चा चल्न  थालेको छ । किनकी यतिखेर कोइराला वंशमा सर्वमान्य र सिनियर नेता छैनन् । सभापतिमा अघि बढ्दै गर्दा रामचन्द्र पौडेल सर्वसम्मत बन्न सकिरहेका छैनन् । पौडेल निर्वाचित भए कोइरालाहरुको बल र शक्तिमा हुने हुन् । उनी निर्वाचित भए कोइरालाहरुले आफ्नो वशबाट कांग्रेस बाहिर नगएको भनेर चित्त  बुझाउन सक्छन् । तर, यसपटक कोइराला परिवारका सशांक, शेखर र सुजाता अनेक स्वार्थले बाधिनु, पौडेल सर्वसम्मत नहुनु, सिटौलाको दादागिरी हुनु, युवा नेताहरु विभाजित हुनुजस्ता फ्याक्टरले कांग्रेस संस्थापन यतिखेर घेरिएको छ । अर्का महामन्त्री प्रकाशमान सिंहको शरिर संस्थापनमा भावना देउवासँग मिल्दा पनि यसपटक संस्थापनलाई सकस हुने देखिएको छ भन्छन् कांग्रेसका एक केन्द्रीय सदस्य । ‘वंश परम्परा जस्तै कोइरालाहरुको शान, शौकत र शक्ति कांग्रेसमा रहँदै आयो तर, यसपटक सजिलो हुनेछैन’ तीन नेता भन्छन्, ‘संस्थापनको भद्रगोल र देउवालाई हेरौ न त भन्ने धेरै प्रतिनिधि देखिनु पनि कोइराला विरासत ढल्ने संकेत हो ।’ संस्थापनमा सर्वसम्मत उम्मेदवार बनाउन सकस परिरहेको छ । तर, देउवा पक्षमा नेता शेरबहादुर देउवा सर्वसम्मत मात्रै छैनन् । उनको टिमका लागि धेरै गाह्रो पनि छैन । किनकी जसरी पनि देउवालाई जिताउन उनको टिम तयार छ । जितका लागि देउवाले सबै शक्ति परिचालनको अन्तिम तयारीलाई तिव्रता दिएका छन् । यसका लागि आफ्नो पक्षका दर्जनौं नेतालाई उनले परिचालन गरेका छन् । तर, संस्थापनमा सभापतिको उम्मेदवार को हुने भन्ने नै अन्तिम टुंगो छैन । उपसभापति र महामन्त्रीका दाबेदार मिलाउन पनि उत्तिकै  गाह्रो भइरहेको छ । अर्कोतर्फ संस्थापनका अर्जुननरसिंह केसी, श्याम घिमिरे, चन्द्र भण्डारी, केशवकुमार बुढाथोकी, विश्वप्रकाश शर्मा जस्ता हस्तीयहरु  देउवा पक्षमा  आएका छन् । भातृ संस्थामा देउवाको पकड छ । तराईमा यसपटक प्रतिनिधि बढाएका छन् । संगठनमा पौडेलको भन्दा भागबण्डामा हिस्सा लिंदै आएका देउवाको राम्रो छ । यी सबै आधारले पनि यसपटक कोइरालाहरुको विरासत देउवाले भत्काउने चर्चा कांग्रेसका तीव्र छ । महाधिवेशन सुरु हुन अब तीन दिन मात्र बाकी छ । यस्तोमा दुवै पक्ष अन्तिम कसरतमा लागेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending