Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

धुर्मुस—सुन्तलीको प्रेरणाले सफा र सुन्दर बन्दै मुसहर बस्ती

\"Dhumusमहोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका २ मा रहेको मुसहर बस्तीका बालबालिकाले सरसफाई सप्ताह अभियान सुरु गरेका छन् । सरसफाईमा निकै कमजोर देखिएको मुसहर बस्तीका बालबालिकाले धुर्मुस सुन्तली सरसफाई अभियान अन्र्तगत बाल क्लब गठन गरेर अभियान सुरु गरेका हुन् । धुर्मुस सुन्तली सरसफाई अभियानलाई साथ दिन भन्दै मुसहर बालबालिकाले केहि समय अघि नवयुग बाल क्लब गठन गरेका थिए । क्लबमा समेल मुसहर बालबालिकाहरुले शनीबार हातहातमा कुच्चो लिएर बस्ती सफा गर्नुका साथै सडक बढारेका छन् । \"Dhurmus एकाबिहानै हातमा कोदालो बोकेर खेतखेतमा मुसाको दुलो खोज्दै हिँड्ने बस्तीका बालबालिका आफ्नो गाउँ सफा बनाउन लागि परेको नवयुग बालक्लवका अध्यक्ष अञ्जली सदाले बताएकी छिन् । शनिबार बस्तीका बालबालिका सरसफाइमा जुटेपछि वरिपरिका स्थानीयहरु चकित परेका मुसरहर बस्तिमा ट्युसन पढाउँदै आएका मञ्जय सदाले बताएका छन् । सरसफाइ र शिक्षामा सचेत हुनथालेपछि मुसहर बस्तीलाई छिमेकीले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको उनको भनाई छ । युवा पत्रकार तथा समाजिक अभियान्ता राजकरण महतोको पहलमा मुसहर बस्तीमा बाल क्लब गठन हुनुका साथै सरसफाई अभियान सुरु भएको हो । विद्यालयसमेत नजाने मुसहर बस्तीका बालबालिका धुर्मुस सुन्तलीले अभिभावकलाई सम्झाई बुझाई गरेपछि अहिले ट्युसनसमेत पढ्न थालेका छन् । मुसहर बस्तीमा सबै भन्दा बढि पढेका मञ्जय सदालाई धुर्मुस ( सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले हौसला प्रदान गर्न पुरस्कृत गरेपछि उनले आफ्नो बस्तीका करिब ६० बालबालिकालाई निःशुल्क ट्युसन पढाउदै आएका छन् । छोराछोरीलाई पढाउनु पर्छ भन्ने कुरा धुर्मुश र सुन्तलीले मुसहर समुदायका अभिभावकहरुको आँखा खोलिदिएको बस्तीकी मानकी सदाले बताएकी छिन् । यस्तै, धुर्मुस सुन्तली सरसफाई अभियान सफल बनाउन विभिन्न क्लब गठन हुनुका साथै संघ,संस्थाहरुले ऐक्यबद्धता जनाउने क्रम पनि जारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending