Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

बीबीसीमा ४० वर्षसम्म गुपचुप यौन दुर्व्यवहार, ८ जनामाथि बलात्कार, १३ जना माथि यौनआक्रमण

\"26022016084352DJ-SEville-1000x0-750\" एजेन्सी । चर्चित प्रस्तोता डिजे जिम्मी सेभिलका यौन दुर्व्यवहारबारे बीबीसीका कर्मचारीहरू विज्ञ भए पनि ‘डर’ का कारण शीर्ष व्यवस्थापनलाई त्यसबारे जानकारी नदिइएको एक स्वतन्त्र अनुसन्धानबाट खुलेको छ । उच्च अदालतका पूर्वन्यायाधीश डेम जेनेट स्मिथले छानविनका क्रममा सेभिलबाट यौन दुर्व्यवहार गरिएका ७२ जना पीडितको पहिचान गरेका छन् । जसमध्ये ८ जनामाथि त बलात्कारै भएको थियो । डेम जेनेटको प्रतिवेदनअनुसार अर्का प्रस्तोता स्टुवार्ट हलबाट यौन दुर्व्यवहार खेप्नेचाहिँ २१ जना भेटिएका छन् । उनको त्यस्तो व्यवहारबारे पनि बीबीसी व्यवस्थापन जानकार थियो । बीबीसी ट्रस्टका अध्यक्ष रोना फेयरहेडले संस्था पीडितहरूको रक्षा गर्न असमर्थ भएको प्रतिक्रिया दिएकी छन् । ‘यसले ध्यानै दिएनछ, जब कि राम्ररी हेर्नुपर्थ्यो। जसले यसमाथि विश्वास गरे उसैको रक्षा गर्न सकेन,’ उनले सेभिल र हलको दुर्व्यवहार काण्डबारे भने । १३ जना किशोरीमाथि यौनआक्रमण गरेको स्वीकार गरेपछि हल सन् २०१३ मा जेल चलान भएका थिए । पूर्वन्यायाधीश जेनेटका अनुसार सन् २०११ मा मरेका सेभिल र हाल जेल जीवन बिताइरहेका हल ‘सिरियल सेक्सुअल प्रिडेटर’ हुन् । उनीहरूको यस्तो रबैया रोक्ने ५ वटा अवसर बीबीसीले फुत्काउन पुग्यो । बीबीसीले अनुसन्धानका लागि ६५ लाख पाउन्ड खर्च गरेको थियो । यसको प्रतिवेदनमा हजार पाना छन् । तीनवटा भोलुममा छ । यसैबीच, बीबीसीकै अर्का प्रस्तोता टोनी ब्ल्याकवर्नले आफूविरुद्धको आरोपको खण्डन गरेका कारण आफूलाई बर्खास्त गरिएको दाबी गरेका छन् । रेडियो टुका प्रस्तोता उनले आफूलाई सफाइ मिलेको, एक १५ वर्षे किशोरीमाथि दुर्व्यवहार गर्नेमध्येको भनेर आफूलाई कहिल्यै सोधपुछ नभएको बताएका छन् । बीबीसीका महानिर्देशक टोनी हलले पीडितहरूसँग माफी माग्दै भनेका छन्, ‘हामीले रक्षा गर्नुपर्नेमा सकेनौं ।’ ‘एउटा शृंखलाबद्ध बलात्कारी र यौन दुर्व्यवहारकर्ता दशकौंसम्म बीबीसीभित्र लुकेर बस्न सक्यो,’ उनले भने, ‘यो आततायी अध्यायले के भन्छ भने प्रसिद्धि भनेको शक्ति हो, एकदमै बलियो शक्ति । अन्य सबै शक्तिजस्तै त्यसलाई पनि उत्तरदायी बनाइनुपथ्र्यो, जुन भएन ।’ ‘राक्षसी व्यवहार’ बीबीसीले सन् २०१२ मा सेभिल कार्यरत सन् १९६४ देखि २००७ सम्मको अवधिमा संस्थाभित्रको संस्कृति र अभ्यासबारे निष्पक्ष छानविन गर्न डेम जेनेटलाई जिम्मा दिएको थियो । सेभिल र हलप्रति लक्षित गर्दै जेनेटले भनेकी छन्, ‘यी दुवै पुरुषले बीबीसी सेलिब्रेटीका रूपमा आफ्नो प्रसिद्धि र ओहोदालाई संवेदनशीलहरूको शोषण गर्न दुरुपयोग गरे । यस्तो राक्षसी व्यवहारका लागि उनीहरूको भत्र्सना गरिनुपर्छ ।’ डेम जेनेटका अनुसार गुटबन्दी, प्रतिस्पर्धा र शत्रुताको संस्कृति बीबीसीका विभिन्न विभागमा रहेकाले एकातिर उठेका सरोकार अर्कातिर वास्ता गरिनन्थे । ‘कर्मचारीहरू आफ्ना म्यानेजरहरूसँग कुरा गर्न रुचाउँदैनथे किनकि त्यहाँ उनीहरूले अपनत्व महसुस गर्दैनथे ।’ डेम जेनेटका अनुसार सेलिब्रेटीहरूलाई अत्यन्तै विशेष मानिन्थ्यो र कोही नजिक पर्ने अवस्था हुन्थेन । जिमी सेभिललाई उनको जीवनकालभर अधिकांश मानिसले सन्काहा टीभी व्यक्तित्वका रूपमा चिनेका थिए । उनी बेलायतका ठूला स्टारमा गनिन्थे । उनका ‘टप अफ द पप्स’ र ‘जिम विल फिक्स इट’ नामक टीभी कार्यक्रम निकै चर्चित रहे । उनले बीबीसी रेडियो १ मा पनि कार्यक्रम चलाए । उनले परोपकारी प्रयोजनका लागि ४० करोड पाउन्ड उठाएर आफ्नो सन्तीय पाटोसमेत बनाउन खोजेको थिए । सन् २०११ मा उनको मृत्यु भयो । एक वर्षपछि उनीविरुद्धको आरोपहरू बाहिर आउन थालेका हुन् । उनलाई वास्तवमा बेलायतकै एकदमै बहुमुखी यौन आक्रमणकारीका रूपमा चिनिन थालिएको छ । उनले सयौं मानिस–केटा, केटी, महिला, पुरुष, खास गरी काँचा र कलिला किशोरीहरूमाथि शोषण गर्न आफ्नो हैसियतको दुरुपयोग गरे । डेम जेनेटले यौनआक्रमणका दर्जनौं घटनालाई लिएर छानविनका क्रममा ७ सय जनाभन्दा बढी मानिससँग प्रमाण संकलन गरेकी थिइन् । स्टुडियोबाट किशोरीहरूलाई सीधै घर लिएर गएको आरोपमा सेभिललाई सोधपुछ गर्ने दुई बीबीसी म्यानेजर पनि त्यसमा छन् । बीबीसीका सञ्चार संवाददाता डेभिड सिलिटोले सिनियर म्यानेजरहरू सेभिलको रबैयाबारे जानकार थिएरथिएनन् र कतिचाहिँ हल्ला मात्र हो भनेर ठहर गर्नु नै उक्त छानविनको मुख्य उद्देश्य थियो । सेभिलले सयौं वयस्क र बालबालिकालाई यौनदुर्व्यवहार गरेका थिए । उनले टेलिभिजन ड्रेसिङ रुमभित्रै बलात्कार गरेका घटनासमेत पर्दाफास भए । त्यसैगरी हस्पिटल, स्कुल, बालगृह र आफ्नै गाडीमा समेत सेभिलले यस्तो हर्कत गरेका थिए । सन् १९४० को मध्यदेखि नै सेभिलले यस्तो रबैया थालेको विश्वास गरिन्छ । जतिबेला उनी प्रारम्भिक युवाकालमै थिए । उनको यो उपक्रम सन् २००९ सम्मै चल्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending