Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

बीबीसीमा ४० वर्षसम्म गुपचुप यौन दुर्व्यवहार, ८ जनामाथि बलात्कार, १३ जना माथि यौनआक्रमण

\"26022016084352DJ-SEville-1000x0-750\" एजेन्सी । चर्चित प्रस्तोता डिजे जिम्मी सेभिलका यौन दुर्व्यवहारबारे बीबीसीका कर्मचारीहरू विज्ञ भए पनि ‘डर’ का कारण शीर्ष व्यवस्थापनलाई त्यसबारे जानकारी नदिइएको एक स्वतन्त्र अनुसन्धानबाट खुलेको छ । उच्च अदालतका पूर्वन्यायाधीश डेम जेनेट स्मिथले छानविनका क्रममा सेभिलबाट यौन दुर्व्यवहार गरिएका ७२ जना पीडितको पहिचान गरेका छन् । जसमध्ये ८ जनामाथि त बलात्कारै भएको थियो । डेम जेनेटको प्रतिवेदनअनुसार अर्का प्रस्तोता स्टुवार्ट हलबाट यौन दुर्व्यवहार खेप्नेचाहिँ २१ जना भेटिएका छन् । उनको त्यस्तो व्यवहारबारे पनि बीबीसी व्यवस्थापन जानकार थियो । बीबीसी ट्रस्टका अध्यक्ष रोना फेयरहेडले संस्था पीडितहरूको रक्षा गर्न असमर्थ भएको प्रतिक्रिया दिएकी छन् । ‘यसले ध्यानै दिएनछ, जब कि राम्ररी हेर्नुपर्थ्यो। जसले यसमाथि विश्वास गरे उसैको रक्षा गर्न सकेन,’ उनले सेभिल र हलको दुर्व्यवहार काण्डबारे भने । १३ जना किशोरीमाथि यौनआक्रमण गरेको स्वीकार गरेपछि हल सन् २०१३ मा जेल चलान भएका थिए । पूर्वन्यायाधीश जेनेटका अनुसार सन् २०११ मा मरेका सेभिल र हाल जेल जीवन बिताइरहेका हल ‘सिरियल सेक्सुअल प्रिडेटर’ हुन् । उनीहरूको यस्तो रबैया रोक्ने ५ वटा अवसर बीबीसीले फुत्काउन पुग्यो । बीबीसीले अनुसन्धानका लागि ६५ लाख पाउन्ड खर्च गरेको थियो । यसको प्रतिवेदनमा हजार पाना छन् । तीनवटा भोलुममा छ । यसैबीच, बीबीसीकै अर्का प्रस्तोता टोनी ब्ल्याकवर्नले आफूविरुद्धको आरोपको खण्डन गरेका कारण आफूलाई बर्खास्त गरिएको दाबी गरेका छन् । रेडियो टुका प्रस्तोता उनले आफूलाई सफाइ मिलेको, एक १५ वर्षे किशोरीमाथि दुर्व्यवहार गर्नेमध्येको भनेर आफूलाई कहिल्यै सोधपुछ नभएको बताएका छन् । बीबीसीका महानिर्देशक टोनी हलले पीडितहरूसँग माफी माग्दै भनेका छन्, ‘हामीले रक्षा गर्नुपर्नेमा सकेनौं ।’ ‘एउटा शृंखलाबद्ध बलात्कारी र यौन दुर्व्यवहारकर्ता दशकौंसम्म बीबीसीभित्र लुकेर बस्न सक्यो,’ उनले भने, ‘यो आततायी अध्यायले के भन्छ भने प्रसिद्धि भनेको शक्ति हो, एकदमै बलियो शक्ति । अन्य सबै शक्तिजस्तै त्यसलाई पनि उत्तरदायी बनाइनुपथ्र्यो, जुन भएन ।’ ‘राक्षसी व्यवहार’ बीबीसीले सन् २०१२ मा सेभिल कार्यरत सन् १९६४ देखि २००७ सम्मको अवधिमा संस्थाभित्रको संस्कृति र अभ्यासबारे निष्पक्ष छानविन गर्न डेम जेनेटलाई जिम्मा दिएको थियो । सेभिल र हलप्रति लक्षित गर्दै जेनेटले भनेकी छन्, ‘यी दुवै पुरुषले बीबीसी सेलिब्रेटीका रूपमा आफ्नो प्रसिद्धि र ओहोदालाई संवेदनशीलहरूको शोषण गर्न दुरुपयोग गरे । यस्तो राक्षसी व्यवहारका लागि उनीहरूको भत्र्सना गरिनुपर्छ ।’ डेम जेनेटका अनुसार गुटबन्दी, प्रतिस्पर्धा र शत्रुताको संस्कृति बीबीसीका विभिन्न विभागमा रहेकाले एकातिर उठेका सरोकार अर्कातिर वास्ता गरिनन्थे । ‘कर्मचारीहरू आफ्ना म्यानेजरहरूसँग कुरा गर्न रुचाउँदैनथे किनकि त्यहाँ उनीहरूले अपनत्व महसुस गर्दैनथे ।’ डेम जेनेटका अनुसार सेलिब्रेटीहरूलाई अत्यन्तै विशेष मानिन्थ्यो र कोही नजिक पर्ने अवस्था हुन्थेन । जिमी सेभिललाई उनको जीवनकालभर अधिकांश मानिसले सन्काहा टीभी व्यक्तित्वका रूपमा चिनेका थिए । उनी बेलायतका ठूला स्टारमा गनिन्थे । उनका ‘टप अफ द पप्स’ र ‘जिम विल फिक्स इट’ नामक टीभी कार्यक्रम निकै चर्चित रहे । उनले बीबीसी रेडियो १ मा पनि कार्यक्रम चलाए । उनले परोपकारी प्रयोजनका लागि ४० करोड पाउन्ड उठाएर आफ्नो सन्तीय पाटोसमेत बनाउन खोजेको थिए । सन् २०११ मा उनको मृत्यु भयो । एक वर्षपछि उनीविरुद्धको आरोपहरू बाहिर आउन थालेका हुन् । उनलाई वास्तवमा बेलायतकै एकदमै बहुमुखी यौन आक्रमणकारीका रूपमा चिनिन थालिएको छ । उनले सयौं मानिस–केटा, केटी, महिला, पुरुष, खास गरी काँचा र कलिला किशोरीहरूमाथि शोषण गर्न आफ्नो हैसियतको दुरुपयोग गरे । डेम जेनेटले यौनआक्रमणका दर्जनौं घटनालाई लिएर छानविनका क्रममा ७ सय जनाभन्दा बढी मानिससँग प्रमाण संकलन गरेकी थिइन् । स्टुडियोबाट किशोरीहरूलाई सीधै घर लिएर गएको आरोपमा सेभिललाई सोधपुछ गर्ने दुई बीबीसी म्यानेजर पनि त्यसमा छन् । बीबीसीका सञ्चार संवाददाता डेभिड सिलिटोले सिनियर म्यानेजरहरू सेभिलको रबैयाबारे जानकार थिएरथिएनन् र कतिचाहिँ हल्ला मात्र हो भनेर ठहर गर्नु नै उक्त छानविनको मुख्य उद्देश्य थियो । सेभिलले सयौं वयस्क र बालबालिकालाई यौनदुर्व्यवहार गरेका थिए । उनले टेलिभिजन ड्रेसिङ रुमभित्रै बलात्कार गरेका घटनासमेत पर्दाफास भए । त्यसैगरी हस्पिटल, स्कुल, बालगृह र आफ्नै गाडीमा समेत सेभिलले यस्तो हर्कत गरेका थिए । सन् १९४० को मध्यदेखि नै सेभिलले यस्तो रबैया थालेको विश्वास गरिन्छ । जतिबेला उनी प्रारम्भिक युवाकालमै थिए । उनको यो उपक्रम सन् २००९ सम्मै चल्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies