Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

किन गरिन् संगीताले आफ्नै बाबुको हत्या ?

\"hatta-1\"काठमाण्डौं । टोखामा दुई साताअघि २० वर्षीय संगीता पाण्डे ९महर्जन०ले माइतीको सम्पत्ति हात पार्न भाडाका अपराधी प्रयोग गरी बुबाको हत्या गरिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । प्रहरीले पक्राउ गरेपछि उनी भन्छिन्, ‘बुबा मारेकोमा मलाई कुनै पश्चाताप छैन ।’ अनुसन्धानमा आबद्ध महानगरीय अपराध महाशाखाका डिएसपी दीपक रेग्मीले संगीता निर्मम युवती भएको बताए । ‘यस्तो किसिमको जब्बर युवती अहिलेसम्म भेटिएको थिएन, सम्पत्तिका लागि युवतीले आफ्नै बुबा मारेको खुल्दा विश्वासै लागेन,’ उनले भने । जबततब आमा र दाजुको पनि हत्या योजना संगीताले २० माघमा भाडामा अपराधी लगाएर घरेलु हातहतियार प्रयोग गरी बुबाको हत्या गरेकी हुन् । सोही दिन आमा र दाजुको समेत हत्या गर्ने योजना उनको थियो । तर, भाडामा लिइएका युवकहरू डराएर भागेपछि उनको योजना पूरा भएन । हत्याको २० दिनपछि प्रहरीले संगीता र उनका श्रीमान् सन्तोष पाण्डे र अन्य पाँचजना अभियुक्तलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । संगीताले दुई वर्षअघि नुवाकोट सुन्दरादेवीका सन्तोष पाण्डेसँग परिवारको सहमतिविना प्रेम–बिहे गरेकी थिइन् । तर, माइतीसँग दाइजोस्वरूप पैसा माग्दै आएकी थिइन् । पटक–पटक माग्दा पनि पैसा नपाएपछि उनले माइतीका आमा, बुबा र दाजुको हत्या गरी सम्पत्ति हात पार्न खोजेको डिएसपी दीपक रेग्मीले बताए । टोखाको धमलटारस्थित माइतीको चार आना जग्गा र घर हात पार्न उनले हत्या योजना बनाएकी थिइन् । माइतीबाट पैसा नपाएपछि संगीताले माइतबाट बुबाको जग्गाको लालपुर्जासमेत चोरेर लगिन् । तर, धितो राखेर पैसा निकाल्न सकिनन् । प्रहरीका अनुसार ब्युटिपार्लर खोल्न उनले बुबासँग पैसा माग्दा आएकी थिइन् । जग्गा बेचेर पैसा दिने आश्वासन बुबाको थियो । तर, पछिल्लो समय ‘भागेर गएकी छोरीलाई जग्गा दिन्नँ, छोरालाई चाहिन्छ’ भन्ने जवाफ बाबुले दिएपछि उनले हत्याको योजना बनाएकी हुन् । यसरी सुरु गर्‍यो प्रहरीले अनुसन्धान टोखाको साङलेखोलानजिकै बगरमा २१ माघमा ४३ वर्षीय माइला महर्जनको शव भेटिएको थियो । रिसइबीमा उनको हत्या भएको हुनसक्ने आँकलनसहित प्रहरीले अनुसन्धान थाल्यो । अघिल्लो दिन संगीताले नै घर निर्माणको कामबारे छलफल गर्न भनेर बुबालाई लगेको थाहा भएपछि प्रहरीले छोरीबाटै अनुसन्धान सुरु गर्‍यो । संगीताले पछिल्लो समय घन्टौँ कुरा गर्ने एक युवकको नम्बर प्रहरीले पत्ता लगायो । ‘त्यो नम्बर कसको हो नानी भनेर सोध्दा, खोइ मलाई थाहा छैन भनिन्,’ डिएसपी रेग्मी भन्छन्, ‘हरेक दिन लामो समय कुरा हुने व्यक्तिबारे नै थाहा छैन भनेपछि हामी चकित भयौँ ।’ प्रहरीले संगीतासँग सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी थाल्यो र विक्रम लामालाई पक्राउ गर्‍यो । लामाले प्रहरीलाई सबै कहानी बताइदिए । प्रहरीले संगीतालाई फेरि पक्राउ गर्‍यो । त्यसपछि पनि उनले आफूलाई केही थाहा नभएको भन्दै रुखो जवाफ फर्काइन् । पक्राउ परेका अभियुक्तले ‘तिमीले नै सुरुमा बुबाको मुखमा धुलो छर्केको होइन रु मेरो हातबाट हम्मर झरेपछि तिमीले टिपेर मलाई पैसा नदिने तैँ होइन भन्दै टाउकोमा हानेको होइन रु’ भनेर सोधेपछि संगीता ढाँट्ने अवस्थामा भइनन् । तर, पश्चाताप पनि गरिनन् । बरु आमा र दाजुको हत्या योजनामा असफल भएकोमा बेखुसी देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार छोरीकै मिलेमतोमा श्रीमान्को हत्या भएको आशंका आमाले पहिले नै गरेकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: