Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

उपेन्द्र यादव भन्छन्– वैदेशिक मामिलामा ओली इतिहासमै असफल प्रधानमन्त्री

\"upendra\"काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासमै असफल प्रधानमन्त्री सावित भएको बताएका छन् । । रिपोर्टस क्लबले विहिवार काठमाडौमा गरेको साक्षात्कारमा फोरम नेपालका अध्यक्ष यादवले ओलीको भारत भ्रमण पूर्ण रुपमा असफल भएको बताए । यादवले दुई देशका प्रमुखको संयुक्त वक्तब्य नआउनुले उनको भ्रमण पूर्णरुपमा असफल भएको टिप्पणी गरे । प्रधानमन्त्री ओली भारत ६ दिने राजकीय भ्रमणबाट फर्किएको भोलिपल्ट मोर्चाका नेता यादवले भ्रमण पूर्ण रुपमै असफल भएको दाबी गरे । दुई देशका प्रमुखको संयुक्त वक्तब्य नआउनु दुई मुलुकबीच बिमति रहेको प्रष्ट्उने उनले बताए । पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले प्रधानमन्त्रीले नेपालीको शिर निहुँर्याएर आएको बताए । प्रधानमन्त्री ओलीले भारतविरुद्ध चीन र चीनविरुद्ध भारतको रणनीति अपनाउन खोज्दा असफल भएको यादवको भनाइ छ । मुलुकको यति ठूलो ब्यापार घाटाबारे प्रधानन्त्रीले कुनै कुरै नगरेको उनले बताए । परराष्ट्र मन्त्रालयको तयारीविना एजेण्डा विहिन भएर भारत गएको परिणाम प्रधानमन्त्रीको भ्रमण असफल भएको उनको भनाइ थियो । \"nepaliझण्डाको अपमान हुँदा समेत बोलेनन् गुजरातको भुजमा नेपालको राष्ट्रिय झण्डाको गलत प्रयोग गरिँदासमेत औपचारिक रुपमा आपत्ति नजनाएर प्रधानमन्त्री ओलीले स्वाभिमान र सम्मानमा नै आँच पुर्याएको फोरम अध्यक्ष यादवले आरोप लगाए । देशको बेईज्जत हुने गरी झण्डा बनाउँदा दिल्लीको नेपाली दुतावास मौन रहेकोमा पनि नेता यादवले आक्रोश ब्यक्त गरे । मुलुकको राष्ट्रिय स्वाभिमान कहाँ रह्यो उनले प्रश्न गरे । राजनीतिक समितिमा मोर्चा बस्दैन फोरम अध्यक्ष यादवले सरकारले हालै बनाएको राजनीतिक समितिमा मोर्चा सहभागी नहुने बताए । प्रधानमन्त्री ओलीले दिल्लीलाई देखाउने नियतले समिति गठन गरेको भन्दै देखाउनका लागि मात्रै बनाइएको समितिमा मोर्चा नबस्ने उनले प्रष्ट पारे । संघीयता र गणतन्त्रको विरोधी रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई संयन्त्रको संयोजक बनाइनु प्रहसन जस्तै भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: