Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

देउवा र पौडेल दुवैसँग ब्ल्याकमेलिङ गर्दै खुमबहादुर

\"khum-Bhadur-Khadka\"काठमाडौं । नेपाली कांग्रेसभित्र आफ्नो छुट्टै पकड बनाएका कांग्रेस नेता खुमबहादुर खड्काले पार्टीको महाधिवेशन नजिकिदै गर्दा सभापतिका दुई आकांक्षी नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग ब्ल्याकमेलिङ थालेका छन् । नेपाली कांग्रेसको तेस्रो धारका रुपमा स्थापित खुमबहादुरको पक्षको एउटा बलियो जमात हरेकाले देउवा र पौडेल दुवैले उनको साथ खोजिरहेका छन् । खुमबहादुरले पार्टीमा हिन्दु राज्यको वकालत गर्दै आएका छन् । पार्टीमा आफ्नो छुट्टै अस्तित्व कायम गर्दै आए पनि विगतमा खड्काले देउवालाई नै साथ दिँदै आएका थिए । विगतमा देउवालाई साथ दिँदै आए पनि उनले पछिल्लो पटक आफ्नो छुट्टै धार खडा गरेकाले कांग्रेस कार्यबाहक सभापति पौडेलले खुमबहादुरको साथ लिने प्रयास गरेका हुन् । देउवा र पौडेल दुवैले आफ्नो साथ खोजेपछि खुमबहादुर दुवै नेतासँग ब्ल्याकमेलिङ थालेको स्रोतको भनाइ छ । महाधिवेशन नजिकिदै गर्दा कांग्रेस केन्द्रीय सदस्य खड्कालाई भेटेरै बरिष्ठ नेता शेरवहादुर देउवा र कार्यबाहक सभापति रामचन्द्र पौडेलले आफूलाई साथ दिन आग्रह गरेपछि दुवै नेतासँग छलफल गर्न आफ्नै नेतृत्वको वार्ता टोली बनाएका छन् । खुमबहादुरले आफ्नै नेतृत्वमा बनाएको वार्ता टोलीमा सांसद शंकर भण्डारी र केन्द्रीय सदस्य तथा पूर्वसांसद पुष्पा भुसाल रहेकी छन् ।  देउवासँग नजिक रहेपछि खड्काले कसलाई साथ दिने भन्नेमा पासो थापेका छन् । खड्काले बुधबार मात्रै आफ्ना पक्षका नेताहरु, जिल्ला सभापति र महाधिवशेन प्रतिनिधिहरुसँग छलफल गरेका थिए । १२ औं महाधिवेशनमा पनि खड्काले संस्थापन र देउवा पक्षसँग बार्गेनिङ गरी आफ्ना पक्षका पूर्णबहादुर खड्कालाई महामन्त्री र चित्रलेखा यादवलाई कोषाध्यक्ष बनाउन सफल भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: