Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

विमान दुर्घटनामा मृत्यु हुनेकाे शव बिहिबार मात्र पोखरा ल्याइने

\"Tara काठमाडौं । म्याग्दीको दाना गाउँविकास समितिको सोलीघोप्टेमा जहाज दुर्घटनामा परी मृत्यु हुने यात्रुको शव बिहिबार मात्र पोखरा ल्याइने भएको छ ।

खराब मौसमका कारण आज शव ल्याउन सक्ने अवस्था नरहेको पोखरा विमानस्थल कार्यालयका प्रमुख दीपक बरालले राससलाई जानकारी दिए ।

उनका अनुसार अत्यन्त विकट भौगोलिक अवस्थितिमा रहेको सोलीघोप्टेको भिरमा शव टाढाटाढासम्म छरिएका छन् ।

दुर्घटनाग्रस्त क्षेत्रमा सुरक्षाकर्मीको टोली शव सङ्कलनमा सक्रियरुपमा लागिपरेको र भोलि बिहानमात्र शव ल्याउनसक्ने सम्भावना रहेको उनले बताए ।

दुर्घटनामा परेका व्यक्तिका आफन्त बिहानैदेखि दिनभर पोखरा विमानस्थल कार्यालयमा शोकाकुल अवस्थामा थिए ।

मौसम बिग्रिएपछि शव सङ्कलनको काम स्थगित

म्याग्दीको दाना गाविस–२ को सोलीघोप्टेको धुरीमा दुर्घटनाग्रस्त जहाजमा सवार भएकामध्ये शव फेला नपरेकाको खोजी र शव सङ्कलनको काम आजलाई स्थगन गरिएको छ ।

मौसममा आएको खराबी र रात परेका कारण सङ्कलन भएको शवलाई समेत तल झार्न र नभेटिएकाको खोजी गर्न कठिनाइ भएपछि आजका लागि खोजी कार्य स्थगन गरिएको हो ।

दुर्घटनास्थल निकै अग्लो डाँडाको खोँचमा रहेको र बाक्लो कुहिरो लागेसँगै चिसो बढेपछि खोजी र शव सङ्कलनको काम स्थगन गरिएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय दानाका प्रहरी जवान विजय शर्माले जानकारी दिए । दुर्घटनामा परेको जहाज पूर्णरुपमा जलेको छ भने केही हिस्सा पहाडमा ठोक्किएर छरिएका छन् ।

दुर्घटनास्थल म्याग्दी सदरमुकाम बेनीदेखि ४० किमी उत्तर दानाको काभ्रेदेखि पाँच घन्टाको पैदल दूरीमा रहेको छ । पोखराबाट जोमसोमका लागि उडेको ९ एनएएचएच ट्वीनअटर विमानमा दुई बालबालिकासहित २० जना यात्रु र चालक दलका तीन जना सदस्य सवार थिए । जहाजमा सवार २३ जनामध्ये १९ जनाको शव फेला परेको छ । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: