Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

‘साउदीमा तत्काल महिला कामदार नपठाऊ’

\"saudi-arab\" काठमाडौं । नेपाल सरकारले साउदी अरबसँग श्रम सम्झौता प्रक्रिया अगाडि बढाइरहेकै बेला गैरआवासीय नेपाली सङ्घ एनआरएन साउदीले भने घरेलु महिला कामदार नपठाउन तथा यसबारे श्रम सम्झौता अघि नबढाउन आग्रह गरेको छ ।

पछिल्लो समय रोजगारीका लागि साउदी अरब आउने पुरुष कामदारले नै विभिन्न समस्या भोग्नुपरिरहेको अवस्थामा महिला कामदार पठाइए समस्या झन् जटिल बन्ने भन्दै सङ्घले सो प्रक्रिया अघि नबढाउन सरकारसँग आग्रह गरेको हो ।

सङ्घले त्यहाँ जाने घरेलु महिला कामदार शारीरिक, मानसिक तथा यौन हिंसालगायतका घटनाबाट प्रताडित बनिरहेकै अवस्थामा महिला कामदार पठाउनका लागि अघि बढाइएको श्रम सम्झौताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घले एक विज्ञप्ति जारी गर्दै वर्तमान अवस्थामा महिला कामदारका लागि साउदी अरब उपयुक्त गन्तव्य नभएको बताएको छ ।

सङ्घका अध्यक्ष नारायण पासवान तथा महासचिव तेज थापाद्वारा जारी विज्ञप्तिमा घरेलु महिला कामदार पठाउने कार्य तत्काल रोक्न र घरेलु महिला कामदारसम्बन्धी श्रम सम्झौता नगर्न भनिएको छ ।

साउदी अरबमा नेपाली महिला घरेलु कामदारका रूपमा ल्याउने प्रक्रिया र सम्झौता तत्काल अघि नबढाउन सङ्घले यसअघि श्रम मन्त्रालय, नेपाल वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय तथा साउदीस्थित नेपाली राजदूतावासलाई ध्यानाकर्षण पत्रसमेत बुझाइसकेको सङ्घका अध्यक्ष पासवानले बताए ।

सरकारले साउदी अरबसँग गर्न लागेको सामान्य पुरुष कामदार ९जनरल लेबर एग्रीमेन्ट तथा घरेलु महिला कामदार गरी दुवै खाले श्रम सम्झौता प्रक्रिया अगाडि बढेको जनाएको थियो ।

साउदी अरबमा घरेलु महिला कामदारमाथि शारीरिक, मानसिक तथा यौन हिंसाका घटनामा वृद्धि भएपछि सरकारले हाल साउदी आउन घरेलु महिला कामदारलाई प्रतिबन्ध लगाएको जनाए पनि दलालमार्फत गैरकानुनी बाटो भएर साउदी आउने क्रम रोकिएको छैन ।

आप्रवासी महिला कामदारलाई असुरक्षित, अमर्यादित काममा लगाइनु, तलब सेवा सुविधाबाट वञ्चित गरिनु तथा बन्दी जीवन बिताउनुपर्नेलगायतका समस्याका कारण अन्य देशले समेत महिला कामदार पठाउन बन्देज लगाएपछि हाल साउदी अरबमा महिला कामदारको ठूलो माग रहेको छ । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: