Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

वाइसिएलको नयाँ रणनीति : ‘पहिला संगठन त्यसपछि हस्तक्षेप’

\"yclकाठमाडौं । एकिकृत नेकपा माओवादीको सहायक संगठन वाइसिएल नेपालले गत माघमा सम्पन्न प्रथम राष्ट्रिय भेलापश्चात आफ्ना संगठनात्मक गतिविधिलाई तिव्र बनाईरहेको छ । वाइसीएलका अध्यक्ष आरसी शर्मा ‘विज्ञान’का अनुसार अहिलेसम्म ५ वटा प्रदेश समितिहरु गठन गर्नुका साथै झण्डै ४० जिल्लामा बैठक तथा भेलाहरु सम्पन्न भईसकेका छन् । वाइसीएलका वरिष्ठ उपाध्यक्ष लक्षमी चौलागाई शैलेन्द्रका अनुसार –पुराना कमिटिहरुको भेला तथा बैठकहरुमार्फत नगरकमिटि तथा गाविस कमिटिहरुलाई ३ महिनाभित्र सक्रिय गराइनेछ । फागुनको २५ सम्म ७५ वटै जिल्लाका बैठकहरु सम्पन्न गरिसक्ने र त्यसपछि पदाधिकारीको बैठकपछि हस्तक्षेप मुलक कार्यक्रम निर्माण गरिने अर्का उपाध्यक्ष युवराज दुलाल ‘शरद’ बताउँछन् । सामाजिक विकृति, विसंगति, भ्रष्टाचार तथा कालोबजारीका विरुद्ध फागुनको अन्तिम साताबाट वाइसीएल सशक्त रुपमा उत्रिन लागेको अध्यक्ष शर्माले बताए । शर्माले खबरडबलीसँग कुरा गर्दै भने, ‘मधेसमा समेत हामीले राम्रोसँग संगठनात्मक कामलाई लगिरहेका छौं । मधेसका बारा, पर्सा, सिरहा, धनुषा र महोत्तरीमा भव्यरुपमा जिल्ला भेला तथा बैठक सम्पन्न भएको छ भने कर्णालीका जिल्लाहरुमा समेत गति पैदा भएको छ । आम मानिसको अपेक्ष झै चैत्रबाट वाइसीएलले हस्तक्षेपमुलक भएर उपस्थिति जनाउँछ ।’ तीन महिनाको बिचमा १ लाख सदस्यता वितरण गर्नु वाइसीएलको अर्को लक्ष्य हो । दुलाल भन्छन्–हामी यो काम लक्ष्यभन्दा अगाढी नै सम्पन्न गर्छौ । यसअघि वाइसीएललाई हराएको, निधाएको तथा कालोबजारी तथा भ्रष्टाचारका विरुद्ध नबोलेको आरोप लाग्दै आईरहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: