Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

\"Sag-winner\" काठमाडौँ। भारतमा हालै सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत जुडोमा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नेपाल जुडो सङ्घले नगदसहित सम्मान गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले नगदसहित सम्मान गरे। जसमा स्वर्ण पदक विजेताले रु ५० हजार, रजत विजेताले रु ३० हजार र कास्य विजेताले रु २० हजार प्राप्त गरे ।

स्वर्ण पदक जित्ने खेलाडीमा फुपूल्हामू खत्री, रजत प्राप्त गर्नेमा लीला अधिकारी र मनिता श्रेष्ठ प्रधान रहेका छन् । त्यस्तै कास्य पदक हासिल गर्नेमा सरिता चौधरी, गङ्गा चौधरी, पुनम श्रेष्ठ, ईन्द्रबहादुर श्रेष्ठ, रमेश मगर र शिवबहादुर बराम रहेका छन् ।

त्यसैगरी, प्रशिक्षकद्वय दलबहादुर गुरुङ र ईन्द्र डङ्गोललाई जनही रु २० हजार र व्यवस्थापक देवु थापा र गङ्गाबहादुर खड्कालाई जनही रु १५ हजार प्रदान गरियो ।

साथै, जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले आफ्नो व्यक्तिगततर्फबाट विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई करिब रु एक लाख चार हजार बराबरको ‘कार्पेट’ प्रदान गरे । सोही अवसरमा प्रमुख अथितिसमेत रहनुभएका राखेप सदस्यसचिव विष्टलाई मायाको चिनो स्वरुप ‘कार्पेट’ प्रदान गरिएको थियो ।

सदस्यसचिव विष्टले स्वर्ण पदकको सङ्ख्यालाई हेर्दा नेपाल कमजोर देखिएपनि समग्रमा सबै खेलाडीले आफ्नो खेल कौशललाई पूर्णरुपमा प्रयोग गरेकाले स्वर्णलाई मात्र महत्व दिएर अन्य खेलाडीलाई अन्याय गर्न नहुने बताए ।

स्वर्ण पदकधारी खत्रीले स्वर्ण जित्नु जीवनकै अविस्मरणीय क्षण रहेको भन्दै आगामी दिनमा राष्ट्रका लागि थप पदक प्राप्त गर्न लालायित भएको बताए । बाह्रौँ सागमा सहभागी आठ देशमध्येबाट छैटौँ स्थानमा चित्त बुझाएको नेपालले तीन स्वर्ण २३ रजत र ३४ कास्य गरी जम्मा ६० पदक प्राप्त गरेको थियो । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending