Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मध्य र पूर्वी तराईमा आतंक मच्चाउने धर्ती सिंह समूहका सात जना पक्राउ

\"gun_with_blood\"काठमाडौं । धनुषाका विनोद गोइतमान तथा गत माघ २२ गते धनुषाको बालाबखरमा गोली प्रहार गरी हत्या गरिएका राजेन्द्र प्रसाद यादवको हत्यामा एउटै समूहको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । गत माघ २२ गते राति करिब पौने नौ बजेको समयमा धनुषा बालाबखर वडा नम्बर ४ बैरिया टोलस्थित सडकखण्डमा गोली प्रहार गरी हत्या गरिएका राजेन्द्र प्रसाद यादवको हत्याकाण्ड अनुसन्धानको क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मध्य र पूर्वी तराईमा भूमिगत संगठनको नाममा आतंक मच्चाएका चन्द्रदिप यादव उर्फ धर्तीसिंह नेतृत्वको जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका सात जना कार्यकर्तालार्ई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा गरेको अनुसन्धानमा यादवको हत्यामा चन्द्रदिप यादव उर्फ ‘धर्ती सिंह’ समूहको नेतृत्वको संलग्नता देखिएपछि उक्त घटनामा संलग्न रहेको आरोपमा सात जनालार्ई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी दिवेश लोहनीले जानकारी दिए । एसपी लोहनीका अनुसार पक्राउ पर्नेहरुमा सिराहा राजपुरका अजय भन्ने रामरिझन यादव र जसलाल यादव, धनुषा गणेशमान चारनाथ–२ का अनिल डाक्टर भन्ने जोगीन्द्र महतो, प्रमोद कुमार पुर्वे, नागे शाह, दिलिप भन्ने शुभ नारायण यादव र सिरहा मिर्चैयाका बेचन पासवान रहेका छन् । पक्राउ परेका सातै जनालार्ई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको एसपी लोहनीले बताए । पक्राउ परेकामध्ये रामरिझन यादव गोली प्रहार गर्दा प्रयोग गरिएको मोटरसाइकलको चालकको भूमिकामा देखिएको खुल्न आएको छ भने बाँकी अन्य अभियुक्तहरु उक्त भूमिगत समूहको लागि सूचना संकलन गर्ने, फिरौती उठाएर चन्द्रदिप यादवसम्म पु¥याउने, टेलिफोनबाट धम्क्याउने घटनामा संलग्न रहेको खुल्न आएको धनुषा प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार यादवको हत्या जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका चन्द्रदिप यादवको निर्देशनमा भएको र गोली प्रहार गर्ने सुटर चन्द्रदिप समूहकै पृथ्वीसिंह भन्ने कैलाश ठाकुर रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्यामा संलग्न सात जना कार्यकर्ता पक्राउ परे पनि मुख्य योजनाकार चन्द्रदिप र कैलाश हाल फरार छन् । ‘पक्राउ परेकाहरुको बयानबाट चन्द्रदिप यादव र कैलाश ठाकुरको संलग्नता रहेको खुल्न आए पनि उनीहरुलार्ई पक्राउ नगरी घटनामा उनीहरुको संलग्नताबारे एकीन भन्न नसकिने धनुषा प्रहरी प्रमुख एसपी रामदत्त जोशीले बताए । अर्कोतर्फ माघ २३ गते बिहान करिब ९ बजेको समयमा धनुषा गणेशमान चारनाथ नगरपालिका–४ स्थित वीरेन्द्र बजारमा अवस्थित नगरपालिका कार्यालयअगाडि नसिव राइन मियाँमाथि भएको गोली प्रहार र धनुषाकै कमला नदीको पुलमा सिराहा बडहरामालका राम सोगारथ महतोमाथि गोली प्रहार भएको घटनामा समेत सोही समूहको संलग्नता रहेको अनुसन्धानको क्रममा खुल्न आएको ब्युरोले जनाएको छ । प्रहरी स्रोतका अनुसार विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको धनुषा जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रदिप यादवले २०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा सोही पार्टीको तर्फबाट धनुषा क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फ संविधानसभा सदस्यमा उम्मेदवारी दिएका थिए । उक्त चुनावमा पराजित भएका उनी विभिन्न आपराधिक घटनामा आबद्ध रहेको खुल्न आएपछि त्यसलगत्तै फरार भएका थिए । धनुषाका तत्कालीन प्रहरी प्रमुख एसपी उत्तमराज सुवेदीको नेतृत्वमा भएको अनुसन्धानमा अरुण सिंघानिया हत्याकाण्ड र विनोद गोइतमानको हत्यामा समेत चन्द्रदिप मुख्य योजनाकारको रुपमा देखिएपछि धनुषा प्रहरीले उनीविरुद्ध धनुषा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो । तत्कालीन समयमा प्रहरीले जनकपुर बमकाण्डको अनुसन्धान सुरु गरेलगत्तै फरार भएका उनी भारतको जयनगरमा बसेर पूर्वी तथा मध्यतराईमा आपराधिक घटना घटाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । हालका उपप्रधानमन्त्री विजय कुमार गच्छदार र जनकपुर बमकाण्डमा मुख्य योजनाकारको आरोपमा पक्राउ परेका संजय टकलासँग अत्यन्तै निकट सम्बन्ध रहेका उनी तराईमा रहस्यमय रहेका थुप्रै घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुल्न आएको स्रोतको दाबी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: