Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

नयाँ शक्तिले सञ्चार उपकरण लुटेको भन्दै पत्रकार महासंघको विरोध

\"FNJ\"काठमाडौं । एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति गठन अभियानमा लागेका डा. बाबुराम भट्टराई समूहले सञ्चार उपकरणहरु लुट्ने काम गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । एमाओवादीको मुखपत्र ‘जनादेश’ साप्ताहिकको कार्यालयमा रहेका कम्युटर लगायतका सामग्रीहरु ‘नयाँ शक्ति’को प्रचार प्रसार कार्यालय चलाउन भनी नयाँ शक्ति नेपाल अन्तरिम केन्द्रीय परिषदका प्रवक्ता खिमलाल देवकोटा नेतृत्वको टोलीले कब्जा गरेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । जनादेशका सम्पादक मनऋषि धिताल तथा पत्रिकाकी संचालक सरिता ढकालका अनुसार शंखमूलस्थित कार्यालयमा प्रवेश गरी देवकोटाले महत्वपूर्ण कागजात र कार्यालयको साँचोसमेत कब्जामा लिई कार्यालय कब्जा लिएको महासंघले जनाएको छ । महासंघले यो घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भन्दै भत्र्सना गरेको छ । ‘नियन्त्रण गरिएका सम्पूर्ण सामग्री फिर्ता गरी प्रेसको संवैधानिक अधिकारलाई सम्मान गर्न महासंघ सम्बन्धित पक्षको गम्भीर ध्नाकर्षण गराउँदछ,’ महासंघका महासचिव उजिर मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जनादेश कार्यालयमा सञ्चार गृह चलाउँदैनौं ः देवकोटा नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले भने जनादेश कार्यालयमा नयाँ शक्तिको सञ्चार गृह सञ्चालन गर्ने कुनै योजना नरहेको बताएका छन् । देवकोटाले आइतबार विज्ञप्ति जारीगर्दै पत्रकार महासंघले जारी गरेको विज्ञप्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । नयाँ शक्तिलाई जनदेश पत्रिकासँग जोडेर कसैको निजी स्वार्थपूर्ति गर्नु अर्थ नभएको उनले जनाएका छन् । ‘जनादेशको स्वामित्वको विवाद आफनो ठाउमा होला तर जनादेशको नाममा प्रेस काउन्सिल जस्तो जिम्मेवार निकायसंग सम्वद्ध व्यक्ति नया शक्तिवाट खतरा छ भनी विदेश पलायन हुनु विदेशमा शरणार्थीकालागि याचना गर्नु र सोही वाहानामा आफनो प्रवेशाज्ञा सुनिश्चित गर्ने नियतले पत्रकार महासंघ जस्तो प्रतिष्ठित एवं मर्यादित संस्थाको दुरुपयोग गरी झुठा सुचनाका आधारमा विज्ञप्ती जारी गर्न लगाई नया शक्तिको वदनाम गर्ने गराउने कार्यले कसैको पनि हित गर्दैन ।’ देवकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जनादेशका सम्पादक धिताल प्रेस काउन्सिलका सदस्य समेत हुन् । स्रोतका अनुसार उनी अष्टे«लियाको पीआर लिने योजनामा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: