काठमाडौँ । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको तयारीका लागि सात जिल्लाका २० निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छान्न बाँकी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
तराईका धनुषा, महोत्तरी, पर्सा र बारा एवम् हिमाली जिल्ला रसुवा र दार्चुला तथा पहाडी जिल्ला म्याग्दीका गरी २० निर्वाचन क्षेत्रबाट महाधिवेशन छान्न बाँकी रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिए।
“महोत्तरीका चार क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भए पनि दुई क्षेत्रको बाँकी छ, धनुषा, बारा र पर्सामा पनि केही क्षेत्रको अधिवेशन बाँकी छ, एउटै क्षेत्र भएका रसुवा, म्याग्दी र दार्चुला जिल्ला अधिवेशन नभएकाले महाधिवेशन प्रतिनिधि छनोट हुन सकेको छैन”– सचिव श्रेष्ठले भने ।
काँग्रेसको विधानअनुसार क्षेत्रीय अधिवेशनबाट समानुपातिक प्रतितिधित्वसहित केन्द्रीय महाधिवेशनका लागि एक क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापति पदेन गरी एक निर्वाचन क्षेत्रबाट १२ जना महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।
दुई हजार ६४० प्रतिनिधिको नाम वेभसाइटमा
क्षेत्रीय अधिवेशन बाँकी रहेका सात जिल्लाका २० निर्वाचन क्षेत्रबाहेक २२० निर्वाचन क्षेत्रका दुई हजार ६४० महाधिवेशन प्रतिनिधिको नाम र सम्पर्क नम्बर पार्टीको वेभसाइटमा राखिएको केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले बताए ।
पार्टीका केन्द्रीय पदाधिकारी एवम् केन्द्रीय सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिको नाम राख्न बाँकी रहेको उनले जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: