Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

किशोरी शिक्षामा भ्रष्टाचार भएको खुलासा

\"Capture\"धनुषा । धनुषा जिल्लामा विद्यालय नगएका किशोरीका लागि सञ्चालित किशोरी शिक्षामा व्यापक भ्रष्टाचार भएको खुलासा भएको छ । विद्यालय जानबाट वञ्चित रहेका १० देखि १६ वर्ष उमेरका किशोरीलाई शिक्षा दिने उद्देश्यले गत वैशाखदेखि सञ्चालनमा ल्याइएको किशोरी शिक्षा अपेक्षाकृत रुपमा प्रभावकारी हुन नसकेको पाइएको छ । दलित, मुस्लिम, जनजातिसहित विद्यालय जानबाट वञ्चित किशोरीलाई आधारभूत तहअन्तर्गत अनौपचारिक शिक्षाका रुपमा किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । तर कार्यक्रम सञ्चालनको जिम्मा पाएको संस्था लाइफ नेपालले बजेट दुरुपयोग गर्दै शिक्षा कार्यालयलाई जानकारी नै नदिई कागजी रुपमा कार्यक्रम चलाइरहेको जिल्ला शिक्षा कार्यालय धनुषाका कार्यक्रम अधिकृत शशी यादवले बताए । युनिसेफको सहयोगमा लाइफ नेपालले जनकपुर उपमहानगरपालिकासहित जिल्लाका ३० स्थानमा किशोरी शिक्षा सञ्चालन गरे पनि पछिल्लो समय नियमित रुपमा कक्षा सञ्चालन नहुँदा योजना प्रभावकारी नभएको जिशिका धनुषाले जनाएको छ । जिल्लाको फुलगम्मा र तारापट्टी गाविस, क्षिरेश्वरनाथ नगरपालिका र जनकपुर उपमहानगपालिकासहित ३० स्थानमा सञ्चालन गर्नुपर्ने कक्षा संस्थाको लापरबाहीका कारण नियमित हुन सकेको छैन । कार्यक्रम सञ्चालन सम्बन्धमा उक्त संस्थाले जिशिका र सम्बन्धित गाविस सचिवलाई जानकारी दिनुपर्ने हुन्छ । तर लाइफ नेपालले कार्यक्रम सञ्चालन भइरहेको बताए पनि सम्बन्धित स्थानीयवासीले कार्यक्रम सञ्चालन नरहेको बताएका छन् । कुल रु ३९ लाख ४८ हजार ७०० को बजेटमध्ये कक्षा नै सञ्चालन नगरी लाइफ नेपालले जिशिका र जिविस धनुषामार्फत १७ लाख ३३ हजार ९३३ रुपैयाँ भुक्तानी गरिसकेको छ । शिक्षा कार्यालयलाई यसबारे कुनै जानकारी नै नरहेको धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी मिहिलाल यादवले बताए । अनुगमनमा गएको समयमा केही किशोरीलाई जम्मा गरेर कक्षा सञ्चालनको नाटक मञ्चन भए पनि नियमित कक्षा सञ्चालन नभएको पाइएपछि परियोजनाको उद्देश्य पूरा नहुने निश्चित देखिएको सहायक जिशिअ यादवको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending