Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मलेसिया गन्तब्य रोकिएपछि नेपालका तीन सय म्यानपावर संकटमा

\"malasya\"काठमाडौं । वैदेशिक रोजगारीमा जाने खाडी मुलुकहरुमध्येको मुख्य गन्तब्य मानिएको मलेसियाले आप्रवासी कामदारलाई रोजगारी नदिने घोषणा गरेपछि नेपालका झण्डै तीन सय म्यानपावर कम्पनीहरु संकटमा परेका छन् । अहिलेसम्मको तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी नेपाली जाने मुलुकमा मलेसिया पर्दछ । मलेसियामा वार्षिक झण्डै दुई लाखको हाराहारीमा नेपालीहरुले रोजगार पाउँदै आएका छन् । नेपालका अधिकांश म्यानपावर कम्पनीहरु पनि मलेसियाकै रोजगारदाता कम्पनीमा निर्भर छन् । नेपालमा झण्डै ८० प्रतिशत म्यानपावर मलेसियामै निर्भर रहेको वैदेशिक रोजगार ब्यवसायीहरु बताउँछन् । सरकारले मलेसियासहित ७ वटा खाडी मुलुकमा निःशुल्क भिसा र टिकटमा मात्रै मलेसिया जान सक्ने बाध्यकारी नियम लागू गरेको थियो । जसको आम नागरिकले सरकारको यो निर्णयको मुक्तकण्ठले प्रशंसा गरे पनि ब्यवसायीहरु भने सरकारको निर्णय कार्यान्वयन हुन नदिने न्वारनदेखिकै बल लगाए । दुई लाख नेपालीको रोजगार गुम्यो तत्कालिन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको अडानले यो निर्णय कार्यान्वयन भएरै छाड्यो । बरु रोजगारदाता मुुलुकहरुसँग छलफल गरी वैदेशिक रोजगारीको डिमाण्ड बढाउने भन्दै त्यसको पहल पनि गरियो । पूर्वमन्त्री गुरुङसहितको टोली ती मुलुकहरुमा गई छलफल पनि गर्यो । सबै मुलुक नेपाल सरकारको निर्णयप्रति सकारात्मक देखियो । मलेसियाले पनि नेपाली कामदार बढाउने आश्वसन दियो । तर मलेसियाले वैदेशिक कामदारलाई नलिने घोषणा गरेपछि झण्डै दुई लाख बेरोजगार नेपालीको रोजगार गुमेको अवस्था छ । मलेसियामा वैधानिक नेपाली कामदार मात्र नभई अवैध रुपमा लुकिछिपी रहेका कामदार पनि उत्तिकै छन् । अवैध कामदारलाई फिर्ता पठाउँन मलेसिया सरकारले पनि केही तदारुपता देखाएको थियो भने पछिल्लो समय अवैध कामदारहरुलाई वैध बनाउने प्रक्रियामा समेत मलेसिया रहेको थियो । मलेसियामा रहेका अवैध कामदारलाई वैध बनाउनु भन्नु नै अब अन्य कामदार नलिनु भन्ने अर्थमा ब्यवसायीहरुले यसअघि नै बुझिसकेका थिए । मलेसियाले अवैध रुपमा रहेका विदेशी कामदारलाई बैध बनाउने घोषणासँगै कामदारको लेवीसमेत बढाएको थियो । मलेसियन सरकारले नै गरेको निर्णयमा आफूले केही गर्न सक्ने अवस्था नभए पनि सरकारले यस विषयमा गम्भीरता लिनुपर्ने बताउँछन्, वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव रोहन गुरुङ् । बंगलादेश झनै संकटमा मलेसिया सरकारको यो निर्णयसँगै नेपालीहरुको रोजगार मात्र गुमेको छैन, बंगलादेश झनै संकटमा परेको छ । केही समयअघि मात्रै मलेसिया सरकारले १५ लाख बंगालादेशी कामदार लिने लिखित सहमति गरेको थियो । मलेसिया सरकारको यो घोषणापछि १५ लाख बंगलादेशी कामदार लिने लिखित निर्णय के आउँछ भन्ने पर्खाइमा बंगलादेश रहेको छ । बंगलादेशसंग संझौता भएको केही दिनपछि नै मलेसियाका उपप्रधानमन्त्री डा. अहमद जाहिद हामिदीले  विदेशी कामदार नलिने घोषणा गरेका छन् । मलेसियाका नागरिकलाई नै रोजगारी दिने सरकारको योजनाअनुसार यस्तो घोषणा गरिएको हो । विदेशी कामदार रोकेर स्थानी कामदारलाई नै प्राथमिकता दिने मलेसिया सरकारको योजना देखिन्छ । अबैध विदेशी कामदारहरु वैध प्रक्रियामा नआए मलेसिया सरकारले नै पक्राउ गरेर सम्बन्धित देशमा पठाइदिने पनि बताईसकेको छ । मलेसियामा अहिले झण्डै आठ लाख नेपालीहरुले रोजगार पाइरहेका छन् भने हजारौं नेपाली अबैध रुपमा रोजगार गर्दै आएका छन् । प्रक्रियामा रहेका कामदारसमेत अन्यौलमा मलेसियाले आप्रवासी कामदारलाई नलिने घोषणा गरेपछि मलेसिया जाने प्रक्रियामा रहेका नेपालीहरु पनि अन्यौलमा परेका छन् । मलेसियाका रोजगारदाताहरुले प्रक्रियामा रहेका कामदारहरुलाई भने मलेसिया आउने अनुमति दिन माग गरेका छन् । मलेसियाको टे«ड यूनियन महासंघले आप्रवासी कामदारहरुको आपूर्तिवारे अध्ययन गर्न ‘रोयल कमिशन’ गठन गर्न सरकारसँग माग गरेको छ । मलेसियाको यस्तो निर्णयले नेपालको वैदेशिक रोजगार व्यवसायमा ठूलै हलचल मच्चाएको छ  भने वैदेशिक रोजगार ब्यवसायको आडमा सञ्चालित केही मिडियाहरु समेत संकटमा परेका छन् । सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई रोक्ने त्यस्तो कुनै प्रभावकारी योजना ल्याउन सकेको छैन । वैशाखमा गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका लागि नेपालमै लाखौं कामदारको खाँचो छ तर त्यसतर्फ पनि सरकारले वैदेशिक रोजगारमा जानबाट रोक्ने योजना ल्याउन सकेको देखिदैन । त्यसैले सरकारले वैदेशिक रोजगार प्रवर्द्धनमा जोड दिने कि स्वदेशमै रोजगारीको ब्यवस्था मिलाउने भन्ने मुख्य प्रश्न बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: