Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

मलेसिया गन्तब्य रोकिएपछि नेपालका तीन सय म्यानपावर संकटमा

\"malasya\"काठमाडौं । वैदेशिक रोजगारीमा जाने खाडी मुलुकहरुमध्येको मुख्य गन्तब्य मानिएको मलेसियाले आप्रवासी कामदारलाई रोजगारी नदिने घोषणा गरेपछि नेपालका झण्डै तीन सय म्यानपावर कम्पनीहरु संकटमा परेका छन् । अहिलेसम्मको तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी नेपाली जाने मुलुकमा मलेसिया पर्दछ । मलेसियामा वार्षिक झण्डै दुई लाखको हाराहारीमा नेपालीहरुले रोजगार पाउँदै आएका छन् । नेपालका अधिकांश म्यानपावर कम्पनीहरु पनि मलेसियाकै रोजगारदाता कम्पनीमा निर्भर छन् । नेपालमा झण्डै ८० प्रतिशत म्यानपावर मलेसियामै निर्भर रहेको वैदेशिक रोजगार ब्यवसायीहरु बताउँछन् । सरकारले मलेसियासहित ७ वटा खाडी मुलुकमा निःशुल्क भिसा र टिकटमा मात्रै मलेसिया जान सक्ने बाध्यकारी नियम लागू गरेको थियो । जसको आम नागरिकले सरकारको यो निर्णयको मुक्तकण्ठले प्रशंसा गरे पनि ब्यवसायीहरु भने सरकारको निर्णय कार्यान्वयन हुन नदिने न्वारनदेखिकै बल लगाए । दुई लाख नेपालीको रोजगार गुम्यो तत्कालिन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको अडानले यो निर्णय कार्यान्वयन भएरै छाड्यो । बरु रोजगारदाता मुुलुकहरुसँग छलफल गरी वैदेशिक रोजगारीको डिमाण्ड बढाउने भन्दै त्यसको पहल पनि गरियो । पूर्वमन्त्री गुरुङसहितको टोली ती मुलुकहरुमा गई छलफल पनि गर्यो । सबै मुलुक नेपाल सरकारको निर्णयप्रति सकारात्मक देखियो । मलेसियाले पनि नेपाली कामदार बढाउने आश्वसन दियो । तर मलेसियाले वैदेशिक कामदारलाई नलिने घोषणा गरेपछि झण्डै दुई लाख बेरोजगार नेपालीको रोजगार गुमेको अवस्था छ । मलेसियामा वैधानिक नेपाली कामदार मात्र नभई अवैध रुपमा लुकिछिपी रहेका कामदार पनि उत्तिकै छन् । अवैध कामदारलाई फिर्ता पठाउँन मलेसिया सरकारले पनि केही तदारुपता देखाएको थियो भने पछिल्लो समय अवैध कामदारहरुलाई वैध बनाउने प्रक्रियामा समेत मलेसिया रहेको थियो । मलेसियामा रहेका अवैध कामदारलाई वैध बनाउनु भन्नु नै अब अन्य कामदार नलिनु भन्ने अर्थमा ब्यवसायीहरुले यसअघि नै बुझिसकेका थिए । मलेसियाले अवैध रुपमा रहेका विदेशी कामदारलाई बैध बनाउने घोषणासँगै कामदारको लेवीसमेत बढाएको थियो । मलेसियन सरकारले नै गरेको निर्णयमा आफूले केही गर्न सक्ने अवस्था नभए पनि सरकारले यस विषयमा गम्भीरता लिनुपर्ने बताउँछन्, वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव रोहन गुरुङ् । बंगलादेश झनै संकटमा मलेसिया सरकारको यो निर्णयसँगै नेपालीहरुको रोजगार मात्र गुमेको छैन, बंगलादेश झनै संकटमा परेको छ । केही समयअघि मात्रै मलेसिया सरकारले १५ लाख बंगालादेशी कामदार लिने लिखित सहमति गरेको थियो । मलेसिया सरकारको यो घोषणापछि १५ लाख बंगलादेशी कामदार लिने लिखित निर्णय के आउँछ भन्ने पर्खाइमा बंगलादेश रहेको छ । बंगलादेशसंग संझौता भएको केही दिनपछि नै मलेसियाका उपप्रधानमन्त्री डा. अहमद जाहिद हामिदीले  विदेशी कामदार नलिने घोषणा गरेका छन् । मलेसियाका नागरिकलाई नै रोजगारी दिने सरकारको योजनाअनुसार यस्तो घोषणा गरिएको हो । विदेशी कामदार रोकेर स्थानी कामदारलाई नै प्राथमिकता दिने मलेसिया सरकारको योजना देखिन्छ । अबैध विदेशी कामदारहरु वैध प्रक्रियामा नआए मलेसिया सरकारले नै पक्राउ गरेर सम्बन्धित देशमा पठाइदिने पनि बताईसकेको छ । मलेसियामा अहिले झण्डै आठ लाख नेपालीहरुले रोजगार पाइरहेका छन् भने हजारौं नेपाली अबैध रुपमा रोजगार गर्दै आएका छन् । प्रक्रियामा रहेका कामदारसमेत अन्यौलमा मलेसियाले आप्रवासी कामदारलाई नलिने घोषणा गरेपछि मलेसिया जाने प्रक्रियामा रहेका नेपालीहरु पनि अन्यौलमा परेका छन् । मलेसियाका रोजगारदाताहरुले प्रक्रियामा रहेका कामदारहरुलाई भने मलेसिया आउने अनुमति दिन माग गरेका छन् । मलेसियाको टे«ड यूनियन महासंघले आप्रवासी कामदारहरुको आपूर्तिवारे अध्ययन गर्न ‘रोयल कमिशन’ गठन गर्न सरकारसँग माग गरेको छ । मलेसियाको यस्तो निर्णयले नेपालको वैदेशिक रोजगार व्यवसायमा ठूलै हलचल मच्चाएको छ  भने वैदेशिक रोजगार ब्यवसायको आडमा सञ्चालित केही मिडियाहरु समेत संकटमा परेका छन् । सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई रोक्ने त्यस्तो कुनै प्रभावकारी योजना ल्याउन सकेको छैन । वैशाखमा गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका लागि नेपालमै लाखौं कामदारको खाँचो छ तर त्यसतर्फ पनि सरकारले वैदेशिक रोजगारमा जानबाट रोक्ने योजना ल्याउन सकेको देखिदैन । त्यसैले सरकारले वैदेशिक रोजगार प्रवर्द्धनमा जोड दिने कि स्वदेशमै रोजगारीको ब्यवस्था मिलाउने भन्ने मुख्य प्रश्न बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies