Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

प्रधानमन्त्री ओली आज भारतको उत्तरखण्ड जाँदै

\"oliनयाँदिल्ली। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री आज उत्तराखण्ड जाँदैछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आइतबार विश्वकै लामो मध्येको एक उत्तराखण्डस्थित भगिरथी नदी नजिकको एक हजार मेगावाटको तेह्री जलविद्युत् बाँधको अवलोकन गर्नेछन् । प्रधानमन्त्री ओली आजै नयाँदिल्ली फर्केर यहाँस्थित राजनीतिक दलका नेतासँगको भेटघाटमा व्यस्त रहने बताइएको छ । उनले आज यहाँस्थित नेपाली दूतावासमा नेपाली समुदाय र सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले आफ्नो उद्देश्यअनुरुप दुई देशबीचको सम्बन्ध सुधार भएको बताएका छन् । गएराति भ्रमण दलका सदस्यहरुसँग आफ्ना भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल र भारतबीच केही समययता देखिएको चिसोपना हटेको र आपसी मित्रता अभिवृद्धि भएको तथा संविधानबारे देखिएको भ्रम अन्त्य भएको उल्लेख गरे । प्रधानमन्त्रीले भारतसँग भएका सम्झौता नेपालको हितमा रहेको जनाउँदै भारतसँगको राजनीतिक सम्बन्ध पुनः स्थापित भएको उल्लेख गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । प्रधानमन्त्री ओलीले भ्रमणको मुख्य उद्देश्य राजनीतिक सम्बन्ध सुधारमा केन्द्रित रहेकाले भ्रमण त्यस अर्थमा सफल रहेको दाबी गरे। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भ्रमण दुई देशको राजनीतिक सम्बन्ध र आर्थिक विकासका सन्दर्भमा उपलब्धिमूलक रहेको बताएका थिए । छ दिने भ्रमणको दोस्रो दिन शनिबार हैदरावाद हाउसमा भएको आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता, दुई पक्षीय छलफल, केही सम्झौतामा हस्ताक्षर, भारतका राष्ट्रपति प्रणव मुखर्जीलगायत उच्चपदस्थसँगको भेटबाट आपसी सम्बन्ध सुदृढ भएको मानिएको छ । दुई देशबीचको उच्चस्तरीय वार्तापछि नेपालको भूकम्पपछि पुनःनिर्माण, तराईको सडक पूर्वाधार विकासलगायत सात विषयमा सम्झौता हुनुका साथै मुजफ्फरपुर–ढल्केवर प्रसारण लाइन उद्घाटन भएको थियो । प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले भारतीय समकक्षी नरेन्द्र मोदी र दुई पक्षीय वार्ताबाट प्रधानमन्त्री ओली सन्तुष्ट देखिए । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि प्रधानमन्त्री ओलीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुधारमा सघाउ पुगेको धारणा राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: