Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

सवारी साधनको अभावमा छटपटिदै ट्राफिक

भैरहवा । सवारी साधनको अभाव हुदा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीलाई ट्राफिक व्यवस्थापनमा समस्या परेको छ । सरकारले उपलव्ध गराएको सवारी साधन विग्रिए पछि मर्मत गर्न आर्थिक स्रोत नहुदा अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा रहेको एक मात्र बलेरो पनि थन्किएको छ । १० वर्ष पुरानो भैसकेको बलेरो मर्मत गर्न स्रोत नभए पछि ट्राफिक प्रहरीहरु अहिले पैदल र मोटरसाइकलको साहारामा ट्राफीक व्यवस्थापन गर्दै आएका छन् । ट्राफिक प्रहरीलाई सडक गस्ती गर्ने सवारी साधन नहुदा दुर्घटना स्थलमा समयमा पुग्न नसक्नु घाइतेको समयमा नै अस्पलात पुर्याउन कठिनाई हुनका साथै दुर्घटनामा संलग्न सवारी साधन र चालक फरार हुने जस्ता कामहरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको गुनासो रहेको छ । विक्रम सम्वत २०४६ सालमा स्थापना भएको यो ट्राफिक प्रहरी कार्यालयमा हाल प्रहरी निरिक्षकको कमाण्डमा ३१ जना दरवन्दी कायम रहेको छ । यस कार्यालय अन्तरगत ७ वटा ट्राफिक पोस्टहरु रहे पनि उचित जनशक्तिको अभाव रहेको छ । रुपन्देही जिल्लाभरी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनीकरण गर्ने जिम्मेवारी पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले उचित जनशक्ति र सवारी साधनको अभाव झेलिरहदा आर्थिक औद्योगिककरण रहेको रुपन्देहीमा सवारी साधनको सडक व्यवस्थापनमा समस्या देखिएको बुद्धिजिविहरु वताउछन् । युद्धस्तरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, महामानव गौतमवुद्धको जन्मस्थान लुम्विनी र नेपालको दोस्रो ठुलो भैरहवा भन्सार कार्यालयको सवारी सडक व्यवस्थापनको समेत मुख्य जिम्मेवारी पाएको रुपन्देही ट्राफिकमा गस्तीका लागी सवारी साधन नहुनु दुःखद पक्ष भएको सिद्धार्थनगर उद्योग वाणिज्य संघले जनाएको छ । हुलाकी सडक,सिद्धार्थ राजमार्ग,महेन्द्र राजमार्गका केही भाग र स्थानिय सडकहरुको समेत सवारी साधन व्यवस्थापन गर्ने रुपन्देही ट्राफिक अहिले पैदल र अरुको साधनको सहयोग मागेर आफ्नो कार्य सम्पादन गर्दै आएको छ । जिल्लामा कच्ची,ग्राभेल र पिचगरि कुल १९ सय ६६ किलो मिटर सडकमा हिडने सरदर दैनिक ४ हजार चारपाङग्रे तथा ठुला सवारीको व्यवस्थापन गर्ने ट्राफिक प्रहरीमा साधन स्रोतको अभाव हुदा चाहे जस्तो काम गर्न नसकेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय वुटवलका प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले सवारी साधन मर्मत गर्न नसकिएको भन्दै प्रहरी प्रधान कार्यालयमा मर्मत गर्न रकम माग गरेको वताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी बुद्धिराज गुरुङले सवारी साधन विग्रिएको जानाकारी आफुले पाएको भन्दै आवस्यक सहयोगका लागी पहल भैरहेको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सवारी साधन अभाव भए पनि चालु आर्थिक वर्षको माघ सम्ममा १८ हजार ४ सय ५० वटा ट्राफिक नियम उल्लघन गर्ने सवारी साधन कार्वाही गरि ५७ लाख ७१ हजार ८ सय रुपैया राजस्व संकलन गर्न सफल भएको देखिन्छ । आर्थिक वर्ष २०७०।०७१ मा ६३ हजार ५ सय सवारी साधन कार्वाही गरेको छ भने यस वाट १ करोड १४ लाख ७ हजार १ सय राजस्व असुली गरेको छ । गत आर्थिक २०७१ ।०७२ मा ५८ हजार ९ सय ५० सवारी साधन कार्वाहीमा परेका छन् भने यस वाट १ करोड ४७ लाख ६७ हजार ६ सय ५० रुपैया जनिवाना वाट राजस्व उठेको जिल्ला ट्राफिक कार्यालयको रेकर्डमा देखिन्छ । ट्राफिक प्रहरीले मापसे,ओभरलोड, सवारी चालक अनुमतीपत्र प्राप्त नगरि सवारी चलाउने र चलाउन दिने, मोटरसाइकलमा तिनजना सवार, विना हेलमेट मोटर साइकल चलाउने,नव्वर प्लेट केरमेट तथा अस्पस्ट भएका सवारी, वसको छतमा यात्रु राख्ने, सवारी साधनको स्वरुप परिवर्तन गरि चलाउने ,तिव्रगती सवारी चलाउने लगाएतका कसुरमा कार्वाही गर्ने गरेको छ । रुपन्देहीमा यो आर्थिक वर्षको माघ सम्ममा दुर्घटना वाट २७ जना को मृत्यु भएको छ भने ६७ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले जनाएको छ ।आर्थिक वर्ष २०७० ।०७१ मा दुर्घटना वाट ४२ जनाको मृत्यु भएको छ भने ६७ घाइते भएका छन् ।आर्थिक वर्ष २०७१ ।०७२ मा दुर्घटना वाट ४५ जनाको मृत्यु भएको छ भने ६३ घाइते भएका छन् । तिव्रगतीमा र मापसे गरी सवारी चलाउदा दुर्घटना रुपन्देहीमा दुर्घटना वढिरहेको देखिन्छ । रुपन्देही ट्राफिक प्रहरीले हाल सवारी दुर्घटना न्युनीकरण तथा ट्राफिक व्यवस्थापन गर्न जनचेतनामुलक कार्यक्रम,छाडा चौपाया नियन्त्रण, स्पष्ट नम्वर प्लेट नभएका सवारीमा नम्वर प्लेट लेख्ने जस्ता कार्यहरु गर्नुका साथै नगरक्षेत्रलाई व्यवस्थीत गर्न विभिन्न स्थानमा सरोकारवाला निकाय संग समन्वय गरि एकतर्फी पार्किकको व्यवस्था,रिक्सा र टयाक्सी पार्किङको व्यवस्था मिलाएको छ । सार्वजनिक सवारी साधन वाट जथाभावी यात्रु चढाउने र ओराल्ने कार्यलाई निरउत्साहित पार्न विभिन्न स्थानमा वस पकेट तोकि सोहि ठाउ वाट यात्रु चढाउने र ओराल्ने कार्यलाई निरन्तरता दिएको देखिन्छ । ट्राफिक प्रहरीलाई अहिले अव्यस्थित शहरीकरण,साधुरा,निर्माणधिन सडक, छाडा चौपाया,वढदो सवारीको चाप जस्ता कारणले समस्या निम्ताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies