Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

करणी एवम् बलात्कारसम्बन्धी कडा कानुन बनाउन माग

भक्तपुर। नयाँ संविधानमा जबर्जस्ती करणी एवम् बलात्कारसम्बन्धी कडा कानुन बनाउन ‘काठमाडौँ स्कुल अफ ल’ का विद्यार्थीले माग गरेका छन् । आज पत्रकार सम्मेलन गरी भक्तपुरस्थित काठमाडौँ स्कुल अफ ल नीति तथा कानुन अनुसन्धान केन्द्रले तयार पारेको ‘अन्तर्राष्ट्रिय मानवअधिकारका मापदण्डसँग सामञ्जस्यताको माध्यमद्वारा नेपालमा यौनजन्य हिंसाको रोकथाम’ प्रतिवेदन सार्वजनिक गर्दै विद्यार्थीले यस्तो माग गरेका हुन् । कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता एवम् स्कुल अफ ल का प्रमुख डा युवराज सङ्ग्रौलाले नेपालको कानुनमा अझै पनि जबर्जस्ती करणीलाई सङ्कुचित रुपमा परिभाषित गरी दोषीलाई उन्मुक्ति दिन सजिलो व्यवस्था भएकाले यसको परिमार्जन जरुरी रहेको बताए । कानुनमा करणी र बलात्कारको फरक अर्थ लगाइएको टिप्पणी गर्दै उनले बलत्कार हुनुलाई पीडित महिलाको लुगा त्यातिएकै हुनुपर्ने, शरीरमा घाउचोट भएकै हुनुपर्ने, योनीमा चोट लागेकै हुनुपर्ने जस्ता मान्यतालाई कानुनमै हटाएर घाउचोट नभएको अवस्थालाई पनि कानुनले बलात्कारको मान्यता दिने व्यवस्था हुनुपर्नेमा जोड दिए । प्रतिवेदन सार्वजनिक गर्दै स्कुल अफ ल नीति तथा कानुन अनुसन्धान केन्द्रका संयोजक एवम् सहप्राध्यापक प्रदीप पाठकले व्यवस्थापिका–संसद्मा हाल विचाराधीन ‘अपराधसंहिता, फौजदारी कार्यविधिसंहिता र सजायसम्बन्धी विधयेक’मा रहेको प्रावधानको विश्लेषण गरी त्यसलाई परिमार्जन गर्नुपर्नेमा जोडदिए । एघार बुँदामा तयार पारिएको प्रतिवेदनमा बलात्कारको परिभाषामा घाउचोट हुनैपर्ने प्रावधानलाई हटाएर महिलाको शारीरिक मर्यादामा आँच पु¥याउने गतिविधि, संवेदनशील अङ्गमा हात पु¥याउने घटनालाई पनि बलात्कारमा समेटिनुपर्ने उल्लेख छ । त्यसैगरी बलात्कृत महिलालाई अन्तरिम क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने, हदम्यादको वर्तमान अवस्था खारेज गरी छ महिनादेखि एक वर्षसम्मको बनाउनुपर्ने, घटनाको सुनुवाइ बन्द इजलासमा हुनुपर्ने, गोप्यता सुनिश्चित हुनुपर्ने लगायत व्यवस्था गर्न माग गरिएको छ । अन्तर्राष्ट्रिय कानुनी आधार, मानवाधिकारको विश्वव्यापी मान्यता, नेपालको कानुन, वकिल, प्रहरी, न्यायपालिका, महान्यायाधिवक्ता, महिला तथा बालबालिका मन्त्रालय लगायत सरोकार भएका निकाय लगायतसँग अनुसन्धान गरी गरी विभिन्न व्यक्ति एवम् निकायसँगको छलफलबाट तयार पारिएको प्रतिवेदन सभामुखदेखि सांसदसम्मलाई सुझावका रुपमा दिइएको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies